मनश्वी सापकोटा · Feb २, २०२४
शून्यको मूल्य, डा. नवराज केसीले लेखेको एक पुरस्कार विजेता पुस्तक हो। यस पुस्तकको आवरणमा लेखिएको जस्तै सास, साहस स्नेहको कथाहरू यस पुस्तकमा उपस्थित छन्। यो पुस्तकले कर्णाली प्रदेशका महिलाहरूको सङ्घर्षको कुरा गरेको छ । यसको जटिलता र महिलाको राम्रो प्रतिनिधित्वको कारणले उत्कृष्ट शान्ति पुरस्कार जस्ता अवार्डहरू पाएको छ र यसले देशभर ख्याति कमाएको छ । यो पुस्तक गत वर्ष २०७९ मा साङ्ग्रिला बुक्स पब्लिकेशनले मङ्सिरमा प्रकाशित गरेको थियो । यस पुस्तकले पाठकहरूबाट ठूलो सकारात्मक प्रतिक्रिया पाएको छ। मलाई पनि लाग्छ कि यो वर्ष हामीले पढेका सबैभन्दा राम्रो पुस्तक अहिले सम्म यो हो ।
