Uphar Rahasya | Hamro Patro

ब्लग - साहित्य / बाल साहित्य

उपहार रहस्य




   संविद ढकाल - Mar 15 2024

परिचयः
प्रस्तुत उपहार रहस्य एउटा बाल उपन्यास हो । यसलाई कृष्णदीप सिग्देलले लेख्नुभएको हो । याे पुस्तक साङ्ग्रिला पुस्तक प्रा.लिद्वारा प्रकाशन भएको हो । उपन्यासको चित्राङ्कन समित श्रेष्ठबाट भएको हो । यस बालउपन्यासमा ९ वटा भागहरू छन् । यसको भाषा सम्पादन निर्मला चापागाईंबाट भएको हो । यस बाल उपन्यासमा पृष्ठको सजावट सम्मन श्रेष्ठबाट भएको हो। यो किताब निकै रमाइलो छ । किताबमा जासुस बन्न खोज्ने पात्र सरोजको बारेमा लेखिएको छ । यस किताबमा १११ पानाहरू छन् । मलाई यो पुस्तक निकै मन पर्यो ।

कथावस्तु
बिहान आमाको चस्मा हराउँछ । सरोज सरोजाले जताततै खोजे तर भेट्टाएनन् । अन्त्यमा सरोजले आफ्नो आइग्लासबाट हेर्दा आमाले राखेको ड्रेसिङ रुमको नजिक भएको आमाको कपालको रौँलाई बिरालोको रौँ देखेर बिरालोलाई दोष दिन्छ । तर अन्त्यमा बुबा र आमाको चस्मा साटिएको हुन्छ । सलोजाले सरोजलाई जिस्काई । सरोजको रिस मरेको थिएन । त्यसैले उनीहरू स्कुल जाँदा र आउँदा एकचोटि पनि बोलेनन् । केही समयपछि सरोज र सलोजाको वर्षे बिदा सुरु भयो । सरोज गृहकार्य धेरै भयो भनेर चिन्ता गरिरहेको थियो । उता दिदीले भने नियमित गृहकार्य गर्दागर्दै सिध्याउन थालिसकेकी थिई । मेला पनि सुरु भएको रहेछ । आमाले सरोज र सरोजलाई दुवैलाई रु.५०० दिनुभयो । दुवैजना मेलामा गए । सलोजाले विद्यालय परिचय पत्र ल्याएको हुनाले १० रुपैयाँ तिर्नुपर्यो र सर्लकले विद्यालय परिचय पत्र नल्याएको हुनाले उसलाई ५० रुपैयाँ तिर्नुपर्यो । सर्लक साथीभाइहरूसँग खेल्यो र सबै पैसा सकायो। दिदी भने राम्रा कुरा किन्न थाली । अन्त्यमा दूरबिन किन्ने बेलामा सर्लकलाई पैसा पुगेन । र उसले दिदीसँग पैसा माग्यो। दिदीले एउटा किताबको दुईटा भाग किन्ने बेलामा सर्लकलाई पैसा दिएर एउटा भाग मात्रै किनी र सर्लकले दूरबीन किन्यो । अर्को दिन सर्लकले एक्कासी खुत्रुके फुटायो। सलोजाले पैसा दिन भनेर भन्ठानी तर सर्लकले पछि दिउँला भनेर कुरा टार्यो। साँझ बुवा आइपुग्नुभयो । तर ढोकामा ताल्चा लागेको थियो । बुबा एकछिन त्यही कुर्नुभयो र सलोजा पनि आई । सलोजाले विद्यालयबाट छिटै आएको कुरा बताई ।

यो त बुबाले सबै तरकारीहरू मिसाएको जोगी तरकारी बनाउनुभयो । र आमा पनि आउनुभयो । अन्त्यमा सर्लक आयो । सबैले सर्लकलाई कहाँ गएको भनेर सोध्नुभयो । सर्लक खासमा दिदीको लागि जन्मदिनको उपहार तयार पार्न गएको थियो । उसले दिदीलाई सर्प्राइज दिन खोजेको थियो । उसले सरिता दिदीको औँठी नालीमा खसेको र त्यसलाई झिक्दा समय लागेको कुरा जोड्यो। र बिहे नगरेको सरिता दिदीलाई बिहे गरेको भनेर ढाँट्यो। निन्द्रामा भएको सर्लक घन्टीको टङटङ आवाजले बिउँझियो । दिदीको जन्मदिन भएको हुनाले उसले उल्टै दिदीलाई आशीर्वाद दियो। र केटा साथी (Boyfriend) को कुरा जोड्यो । अर्को दिन विद्यालयको प्रार्थना समयमा पुण्य गुरुबाले गुरुबाले सलोजाको लागि अपरिचित उपहार आएको र त्यो शुभचिन्तक भएको बताउनुभयो । गिफ्टसँग एउटा बधाई ज्ञापन पत्रसमेत थियो । त्यसपछि विद्यालयभरि खल्लीबल्ली मचियो । सबैले सलोजाको ब्वाइफ्रेन्ड भने र सलोजालाई जिस्क्याए । सलोजामा उपहारमा के छ भन्ने कौतुहलता थियो । तर उसले घरमै गएर खोल्ने सोची । पुण्य गुरुबाले सबैलाई सरोजहरूले जिस्काएको कुरा थाहा पाउनुभयो र सबैलाई सम्झाउने बुझाउने गर्नुभयो। सलोजा निकै दुःखी थिइन् बाटोमा पनि उनले सरोजसँग बोलिनन्। र घरमा गएपछि सबैजना मिलेर त्यो उपायलाई खोले। त्यो उपहार त सलोजाले मेलामा किन्न खोजेको किताबको भाग दुई रहेछ। बुबाआमाले पनि त्यो सन्देश पढ्नुभयो । अन्त्यमा सलोजाले सोची सलोजाले एक त किताब किनेको कुरा कुनै पनि कक्षाका केटाहरूलाई थाहा थिएन। अर्को त उसको कक्षामा कसैले पनि यसरी सन्देशमा केरकार गर्दैनन् र अर्को कुरा त उसको कक्षामा यति धेरै अशुद्ध लेख्ने कोही पनि थिएन । अन्त्यमा सलोजालाई सरोजपति शङ्का लाग्यो। अन्त्यमा सलोजाले सरोजसँग गिफ्ट मागी । त्यही गिफ्ट हो भन्दा कुरा फुस्कियो । र त्यसपछि भाइब जासुस बन्न खोजेको तर दिदी जासुस भनेको कुरा प्रष्ट भयो ।

पात्रहरूः

यस कथाका मुख्य पात्र सरोज र सलोजा हुन् । अन्य सहायक पात्रहरू सन्तोष, फुलमाया, झुमा, पुण्य गुरुबा, सरिता, सिर्जना, जनक, जानकी, अनिल, मिना, नरेश, न्युटन सर, रमिला, चम्पाकली, जयराम, सपना, आदि हुन् । बिरालो भने मानवेतर पात्रको रूपमा आएको छ। यस बाल उपन्यासमा जयराम सरोज र सलोजाको बुबा र सपना सरोज र सरोजाको आमाको रुपमा आएका छन् । र अन्य सबैजना सरोज र सरोजाको साथीहरू र शिक्षक रहेको साथी रहेको बताइएको छ ।

मूलभाव/सन्देश

सलोजाको जन्मदिनमा सलोजाले उपहार प्राप्त गरेर कसले पठाएको भनेर थाहा नपाउनु र त्यसबारे खोज्दै गर्दा अन्त्यमा त्यो उपहार आफ्नै भाइले दिएको हुनु यस बाल उपन्यासको मुख्य मूलभाव र सन्देश हो । यस उपन्यासमा दिदीभाइको प्रगाढ माया प्रेमको बारेमा वर्णन गरिएको छ । दिदीले किन्न खोजेको पुस्तकका दुई भाग नकिनेर आधा भाग मात्रै किनी बाँकी पैसा भाइको लागि सहयोग गर्नु दिदी र भाइको प्रेमको अतुलनीय नमुना हो । त्यसैगरी भाइले पनि दिदीप्रतिको प्रगाढ स्नेह प्रकट गरेका छन् । उदाहरणको रुपमा भाइले दिदीको जन्मदिनमा मायाको चिनो स्वरूप थाहा नपाउने गरेर आश्चर्यमय ढङ्गले दिदीलाई उपहार प्रदान गर्नु यस कथाको अर्को मूलभाव तथा सन्देश रहेको छ ।

पुस्तकमा गरिएकाे नयाँ प्रयाेग
पात्रका कुरा, पात्रका गुनासा
कथामा भएका सबै पात्रहरूले जीवन पाइसकेको लेखकले दाबी गरेका छन् । उनले लेखकका गुनासाहरूलाई पनि कथामा प्रस्तुत गरेका छन् । सरोजले आफू बुद्धु भनेर लेखेको भन्दै गुनासो पोखेका छन् । सरिताले कहिल्यै बिहे गरेको छैन भनेर गुनासो पोखेकी छिन् । र अन्य विद्यार्थीहरूले आफूलाई नराम्रो भूमिकामा खेलाएको भन्दै रिस पोगेका छन्। र बिरालोले बिहे भएको छैन भनेको छ। र सरोज र सलोजाका बुवाआमाले नाम किन प्रष्ट नपारेको भन्दै गुनासो गरेका छन्। सलोजाले केही पनि गुनासो गरेकी छैनन्। पात्रहरूका कुरामा सर्लकले कसरी उपहार ठिक समयमा ल्याए भन्ने पनि खुलाएको छ । सर्लकले घरकै ल्यापटपमा चिठी टाइप गरेका रहेछन् र प्रिन्ट पनि घरमै गरेका रहेछन् । दिदीको जन्मदिनको अघिल्लो दिन सर्लकले पुस्तक प्रदर्शनीबाट किताब किनेका रहेछन् । उसले सर्भिसको अफिसमा गिफ्टको प्याकेट बुझाएको रहेछ । पैसा बढी लिए पनि र्भिसिङ अफिसले भनेकै ठाउँमा र भनेकै समयमा पुर्‍याएको थियो।

परिवेश
यस कथामा सरोजकोर सलाेजाको घर, विद्यालय जाने बाटो, सर्भिस अफिस, मेला भएको मैदान, भोजन गृह, विद्यालय आदि स्थलगत परिवेशका रूपमा आएका छन्। आमाको चस्मा हराउनु र बुबा र आमाको चस्मा साटिनु, मेलामा सर्लकले दूरबिन किन्नु, दिदीसँग सर्लकले पैसा माग्दा दिदीले एउटा किताबको दुईटा भाग किन्न नपाउनु, सर्लकले खुत्रुके फुटाउनु, विद्यालयबाट ढिलो आउनु र सरिता दिदीको औठी झिकेको भनेर ढाँट्नु, सलोजाको जन्मदिन आउनु र जन्मदिनमा शुभचिन्तकबाट उपहार पाउनु, विद्यालयका साथीहरू सबैले सलोजाको बोइफ्रेन्ड भएको भन्नु, सलोजा निराश हुनु, बुबाआमालाई भन्नु, बुबाआमासँगै बसेर सन्देश पढ्नु र गिफ्टको प्याकेट खोल्नु, सलोजाले मेलामा नकिनेको एउटै पुस्तकको अर्को भाग पाउनु, र अन्त्यमा सलोजाले धेरै प्रमाणहरू फेला पारेर सरोजले गिफ्ट ल्याएको थाहा पाउनु आदि सबै अवस्थागत परिवेशका रूपमा आएका छन् । यी सबै घटनाहरू दुईदेखि तीन साताको अन्तरालमा भएको अनुमान गर्न सकिन्छ । यसलाई कालगत परिवेशको रूपमा हेर्न सकिन्छ ।

भाषाशैली

यस कथामा सुन्दर भाषाशैलीको प्रयोग गरिएको छ। यस उपन्यासमा तत्सम तद्भव र आगन्तुक शब्दको सुन्दर संयोजन गरिएको छ । उपन्यासमा विभिन्न बिम्ब प्रतिक र कुशल अलङ्कारको कुशल व्यवस्थापन गरिएको छ । छोटामिठा वाक्यहरू राखिएको छ । त्यसैगरी विभिन्न उखान टुक्काको पनि प्रयोग गरिएको छ। पात्र अनुकूलको भाषाशैलीको प्रयोगले प्रस्तुत उपन्यास निकै गहकिलो बनेको छ ।

निष्कर्ष तथा सिफारिस

यस बाल उपन्यासमा बालबालिकाहरूको मनोविज्ञानलाई केलाउने प्रयास गरिएको छ । विद्यालय जीवनमा हुने विभिन्न खालका रोचक र रमाइला पक्षहरूलाई पनि यसमा चित्रण गर्ने कार्य गरिएको छ। विद्यालय तथा घरपरिवारमा हुने रोचक तथा घोचक पक्षलाई पनि यस उपन्यासमा सुन्दर तरिकाले चित्रण गरिएको पाइन्छ । दिदी र भाइ एक आपसमा कहिलेकाहीँ रिसाएता पनि उनीहरू बीचको सुमधुर सम्बन्धलाई अत्यन्तै सुन्दर ढङ्गले बयान गरिएको पाइन्छ । त्यसैले म यस पुस्तकलाई ५ देखि ६ कक्षाका भाइबहिनीहरूलाई निकै उपयुक्त भएको हुनाले एकपटक पढ्नका लागि सिफारिस तथा अनुरोध गर्छु ।

संविद ढकाल
कक्षा ६ ‘काब्रु’
डियरवाक सिफल स्कुल
पुस्तक समीक्षा: उपहार रहस्य



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.