अरनिको स्मृति दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

अरनिको स्मृति दिवस





महान् कलाकार अरनिको स्मृति दिवस नेपाल र चीन दुवै देशमा विशेष महत्त्वका साथ मनाउने गरिन्छ । हरेक वर्षको पुस २३ गते मनाइने यो परम्परा विसं २०५८ सालदेखि भएको हो । यसरी महान् कलाकार अरनिकोको स्मृति दिवस मनाउने चलनले नेपाल कमर्सियल आर्टिष्ट सङ्घको अगुवाइमा सरकारी मान्यता दिलाइएको हो ।

अरनिकोको जीवनकाल
कलिलै उमेरमा तिब्बत र त्यसपछि चीन गएर बौद्ध वास्तुकलामा ख्यातिप्राप्त वास्तुकार थिए अरनिको को जन्म कतिपयले पाटनमा भएको उल्लेख गरेका छन्।

अरनिको राजा अभय मल्लको पालामा सन् १२४५ मा र कसै कसैले १२४४ भन्ने गरेका पाइन्छ । उनको मृत्यु भने १३०६ मा भएको थियो । राजा जय भीमदेव मल्लको पालामा ८० जना वास्तु कलाकारको नेतृत्व गर्दै अरनिको तिब्बत पुगेको तथ्य पाइन्छ ।

अरनिको प्यागोडाशैलीको मन्दिर निर्माणमा पोख्त थिए । उनले निर्माण गरेको श्वेत चैत्य चीनको बेइजिङमा पर्यटकको आकर्षणको केन्द्रबिन्दु भएर रहेको छ । नेपाली वास्तुकला र नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम अरनिकोले गरेका हुन ।
त्यसैले अरनिकोको चर्चा र प्रभाव नेपालमा झैँ चीनमा पनि उत्तिकै छ ।

चीनमा अरनिकोको सालिक
चीनमा अरनिको समाजको पहलमा अरनिकोको पूर्ण कदको प्रतिमा निर्माण र प्रतिस्थापन भइसकेको छ । महान् कलाकार अरनिकोद्वारा निर्मित प्रसिद्ध श्वेत चैत्य परिसरमा प्रतिस्थापित प्रतिमाले पुनः अरनिकोप्रति चीन लगायत विश्व समुदाय नै कृतज्ञ रहेको भान हुन्छ ।

चीनको बेइजिङमा अवस्थित श्वेत चैत्यलाई नेपाल–चीन पवित्र मित्रताको प्रतीकका रूपमा पनि लिइने गरिन्छ । अरनिकोले बनाएको श्वेत चैत्यलाई चीनमा महत्त्वपूर्ण सम्पदा स्थलका रूपमा लिइन्छ । हरेक वर्ष लाखौँ पर्यटकहरूले यस प्रतिमा भ्रमण गर्ने तथ्याकं छ । उक्त प्रतिमा नेपाली कलाकार के.के कर्माचार्यले तयार पारेको डिजाइन र उनकै निर्देशनमा मूर्तिकार ओम खत्रीले निर्माण गरेका हुन् । विसं २०५९ सालमा सो प्रतिमाको अनावरण गरिएको थियो ।

राष्ट्रिय विभूति अरनिको
विसं २०२४ सालमा नेपाल र नेपालीको गौरव बढाउने कार्य गर्ने १३ जना व्यक्तित्वलाई राष्ट्रिय विभूतिको रूपमा सम्मानको घोषणा गरिएको थियो । सोही घोषणाअनुसार कलाकार अरनिकोलाई राष्ट्रिय विभूतिको सम्मान प्रदान गरिएको थियो । हालसम्म उनलाई मात्रै राष्ट्रिय कलाकारका रूपमा मान्यता दिइएको छ । त्यसपछि नै अरनिकोको स्मृतिमा उनको पूर्ण कदको आकृति झल्किने हुलाक टिकट प्रकाशन गरिएको हो । त्यस्तै अरनिकोको अनुहार–आकृति झल्किने टिकट मालाको प्रकाशन गरिएको छ ।

राष्ट्रिय विभूति अरनिको लाई अनेक सम्झना, साधुवाद र सम्मान ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.