विजया एकादशी | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

विजया एकादशी





विजया एकादशी महात्मै श्लोक

जयं ददाति विजयं नृणा चैव न संशयस् ।
पुरातनं व्रतं ह्येतत् पवित्र पापनाशनम् ।।


यो एकादशीले पृथ्वीमा रहेका सबै प्राणीहरूको उपासना गर्न आव्हान गर्नुका साथै तुलसी पातको विशेष माग गर्छ । गोलोक धामका श्रीहरिको कृपा वर्षा गर्ने यो एकादशीमा व्रत लिने, फलाहार मात्र गर्ने र कीर्तन भक्ति गर्नेहरूलाई विजय प्राप्त हुने सङ्कल्प हुन्छ ।

महाभारत र रामायण बाट
विजया एकादशीले महाभारत र रामायण दुवै ग्रन्थमा स्थान पाएको छ । यो एकादशी व्रतले महाभारतमा पाण्डव अनि त्रेता युगमा भगवान् रामलाई विजयको शंखनाद गर्न शक्ति प्राप्त भएको मानिन्छ । विजयको फल दिने यो फाल्गुन एकादशीमा यहाँहरू सबैलाई स्वागत छ ।

श्रुति अनुसार, श्री कृष्णले युधिष्ठिरसँग यो एकादशीको व्रत गर्नाले सबैलाई विजय मिल्नेमा सन्देह छैन भन्नुभएको छ । अनि कृष्ण पनि स्वयंले यो एकादशीको महिमा नारद मुनीबाट जानेको र यसरी यस महिमा आफू पछाडि युधिष्ठिरलाई नै बताएको भन्नुभएको छ ।

यो एकादशीको महिमा वर्णन गर्दा रामायणमा चाहिँ योगी वकदालभ्यको चर्चा पाइन्छ । यी मुनीले रामलाई यो एकादशीको महिमा बताएपछि राम र उनका सेनाले लङ्का जाने समुन्द्र पार गर्न र विजय हासिल गर्न सफल भएको मानिन्छ ।

धेरै कालअघि भगवान् श्रीराम वनवास गएको बेला रावणले सीतालाई छलकपट गरी हरण गरे । सिता हरण गरी लगेपछि उनै सीतालाई खोज्ने क्रममा विभिन्न समस्याको समाधान गर्दै राम समुद्रको किनारमा पुग्नुभयो ।

त्यहाँ एउटा मुनिलाई दण्डवत् गरी आफ्नो सबै दुःख सुनाउँदा मुनीले विजया एकादशीको व्रत गर्ने उपाय बताइदिनु भयो र लङ्कामा विजया प्राप्त गर्नुभयो । यही कारणले यो एकादशीको नाम विजया एकादशी रहन गएको हो ।

अतः यस्तो प्रकारको विजया एकादशीको व्रत गर्नाले विजया मिलेको हो मान्यता हाम्रा धर्मग्रन्थ तथा श्रुतिहरूमा उल्लेख छ । यो दिन लक्ष्मी नारायणको प्रतिमामा विधिवत् यथाशक्ति एवं भक्तिका साथ व्रत गरेमा अवश्य भक्तले विजया प्राप्त गर्न सकिने कुरा श्री स्कन्द पुराणमा उल्लेख गरिएको छ ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.