माझी समुदायको लदीपूजा | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

माझी समुदायको लदीपूजा





माझी समुदायको लदी पूजा
जल को पूजा गर्ने चलन माझी समुदायमा परम्परागत रूपमा चलिआएको छ । हरेक पटक डुगांमा बस्नु अगाडि या माछा मार्ने जाल लिएर जलाशयमा पस्नु अगावै यस समुदायमा जल देवताको सम्झना गर्ने चलन छ । यसै चलनको एउटा संस्थागत अभ्यास र उच्चतम विश्वासको प्रतिरूपका हिसाबले लदीपूजालाई लिइन्छ ।

प्रकृतिमा आधारित परम्परागत माझी समुदाय
खोला किनारमा माछा मार्ने, कृषि र पशुपालन पेसा पनि अपनाउने माझी समुदायले प्राकृतिक विपत् नआओस् भनेर हिउँदको अन्ततिर गर्ने लदी पूजा गर्ने चलन छ । लदीपूजा पनि शिवरात्रिसँग जोडिएर आउँछ, शिवरात्रि सकिएपछि लदी पूजा गर्ने चलन रहेको पाइन्छ । कतिपय माझी समुदायमा शिवरात्रिकै दिन पनि लदीपूजा गर्ने रहेको छ यद्यपि सामान्यतया लदी पूजा फाल्गुन महिनाको साहिँलो मङ्गलवार अर्थात् फाल्गुनको तेस्रो मङ्गलवार यस लदी पूजा मनाउने चलन छ । माझी समुदायको सबैभन्दा ठुलो पर्वका रूपमा लदीपूजालाई लिइन्छ ।

लदीपूजामा के गरिन्छ ?
जनजाति समुदायको रूपमा रहेको माझीहरूको जीवन नदीजन्य उत्पादनसँग जोडिएको छ । उनीहरूको परम्परागत पेसा माछा मार्ने रहँदै आएको छ । त्यसैले उनीहरू देवको रूपमा नदीको पूजा र प्रार्थना गर्छन् । ३३ कोटी देवी देउताहरू भाकेर नदी किनारमा नै यस दिन पूजा गरिन्छ । यसरी पूजा गर्दा कृषि औजार, माछा मार्ने जाल, नदी खियाउने औजार लगायत सबै राखेर पूजा गर्ने र बलि पनि चढाउने चलन छ ।

नदी किनारको असुरक्षित बसोबाससँगै नदीमा माछा मार्ने व्यवसाय नै मुख्य पेसा भएकाले उनीहरूले आफ्नो र आफ्नो समुदायको सुरक्षाको कामना गर्छन् । सो समुदायले आफ्नो संस्कृति र रीतिरिवाजको जगेर्ना गर्ने मूल उद्देश्यका साथ यो पर्वको सामूहिक आयोजना गरिएको नेपाल माझी उत्थान सङ्घ ले जनाएको पाइन्छ ।

प्रकृतिका पुजारी माझी समुदायका सबै जनालाई लदीपूजाको हार्दिक शुभकामना छ । आगामी वर्षहरूमा लदीपूजा लाई राष्ट्रिय पर्वको सूचीमा सूचिकृत गराउने माझी समुदायको पैरवी साकार होस् भन्ने पनि शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.