प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
साक्षरता दिवस
अन्तर्राष्ट्रिय साक्षरता दिवसको पृष्ठभूमि
सेप्टेम्बर ८, अर्थात् विश्व साक्षरता दिवस । सन १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रूपमा मनाउने घोषणा गरेको हो। विश्वभरिका विद्यालय, समुदाय र संस्थाहरूले साक्षरताकालागि जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्व स्फूर्त रूपमा मनाउने गर्दछन् । सबै जना साक्षर हुनु सबै जनाको दायित्व हो, नेपालको परिपक्ष्यमा डिजिटल युग अनि त्यसको उपयोगिताको प्रयोग गरेर डिजिटल शिक्षा अनि साक्षरताकालागि जनजागरण अझै अपुग्दो छ ।
वर्ष २०२२ को अन्तर्राष्ट्रिय साक्षरता दिवसको नारा
“Transforming Literacy Learning Spaces” यस वर्ष विश्व समुदायले साक्षरता थलोहरूको रूपान्तरणको पैरवी गरिरहेको छ ।
हात हातमा भएका मोबाइल अनि घरघरका ईन्टरनेटहरु शिक्षा र साक्षरता भन्दा पनि नचाहिँदा सञ्चार अनि समय व्यतित गर्ने फजुल माध्यम मात्र बन्न हुँदैन ।लेखिने अक्षरहरू र अकंहरुको महत्त्व एकदमै धेरै र अतुलनीय छ, विकसित समाजको परिकल्पना यी अक्षर र अङ्क हरूसँग सबै जना मानवको परिचय नगराई कन सम्भव पक्कै पनि छैन । साक्षरताले मानवको परिचय र उसको संस्कारलाई अझै वृद्धि गर्दछ । अक्षर र अङ्कको महत्त्व अनि शिक्षाको उज्यालो मानव कालागि एकदमै जरुरी छ, आज यदि हामीमा अक्षरको ज्ञान नभएको भए लेख्नेले लेख्न र पढ्नले पढ्न नसक्ने भए यो साक्षरता दिवसको पृष्ठभूमि हाम्रो पात्रोमा न त लेखिने थियो न पढिने थियो, अक्षरले भावना र जानकारी दर्साउँदछ र अङ्कले तथ्य अनि सम्बन्ध दर्साउँदछ ।
विश्व साक्षरता रिपोर्ट
साक्षरताको ग्लोबल मनिटर रिपोर्टका अनुसार संसारका प्रत्येक ५ मध्ये एक जना पुरुष र दुई तिहाइ महिलाहरू अझै पनि अ साक्षर छन् र धेरैको अत्यन्त न्यून स्तरको साक्षरता सीपहरू छन् । धेरै जना बालबालिकाहरू अझै पनि विद्यालय जान पाउँदैनन् र पाउनेहरू पनि दैनिक विद्यालय जान सक्दैनन्, पश्चिमी र दक्षिणी एसिया लगायतका देशहरू साक्षरता दरमा अझै कमजोर देखिन्छन् ।
सबैलाई साक्षर बनाउनु सबैको दायित्व हो ।साक्षरता प्रति सबैको दायित्व बोध होस् | ‘शिक्षा धनं सर्वप्रधानम"
विश्व फिजियोथेरापी दिवस
फिजियोथेरापी दिवस को पृष्ठभूमि
विभिन्न मांसपेशीजन्य समस्या, हाडको समस्या अनि कुँजोपनाले मानवलाई गतिशीलताको यो दक्षता र अभ्यास वाट विमुख गर्न सक्दछ, यही गतिशीलतालाई कायम राख्न फिजियोथेरापीस्ट हरूको सीप अनि अध्ययनको आवश्यकता पर्दछ । यसै आवश्यकतालाई ध्यानमा राखेर हरेक वर्षको सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस विभिन्न कार्यक्रम गरेर मनाइन्छ|
सन् १८१३ मा स्विस जिम्न्यास्ट हेनरिक लिगं ले रोयल ईन्सटिट्यूट अफ जिम्न्यास्ट खोलेर गरेका हुन् । त्यस संस्थाले विश्वमै सर्वप्रथम गतिशीलता र पीडा निवारणका लागि मसाज अर्थात् मालिस, सुधारात्मक व्यायाम अनि अन्य कसरतहरूको सुरुवात गरेको हो |
त्यसपछि सन् १८९४ मा बेलायत मा चार्टर सोसाइटी अफ फिजियोथेरापी खोलेको पाइन्छ भनेँ फिजियोथेरापीको प्रथम कलेज भनेँ अमेरिकाको वासिंगटनमा वाल्टर रीड आर्मी अस्पतालमा भएको हो । प्रथम विश्वयुद्ध ताका यस अस्पतालमा फिजियोथेरापी शाखाको सुरुवात भएको हो ।
नेपालमा फिजियोथेरापीको इतिहास
नेपालमा भनेँ फिजियोथेरापीको इतिहास कोट्याउँदा नयाँ चिकित्सा पद्धतिका रूपमा केही दशक अगाडी मात्र केही निजी अस्पतालहरूले औपचारिक सुरुवात गरेको पाइन्छ, सुस्तरी अहिले फिजियोथेरापी का सेवाग्राही र प्रदायकहरू बढ्दै गएका छन् । सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार पद्धतिहरू अनि केही भारतबाट तालिम प्राप्त स्वास्थ्यकर्मी मार्फत फिजियोथेरापी गरिने पाइन्छ । सन् १९८३ मा आईओएम ले फिजियोथेरापीलाई एसएलसी पछिको ३० महिने कोर्सका रूपमा औपचारिक मान्यता दिएको हो । यस क्रममा सन् १९९० सम्म करिब ५० जनाले तालिम लिएको इतिहास हामीले पायौँ तर पूनः सन् १९९० मा फिजियोथेरापी अध्यापन नेपालमा बन्द हुन गयो । तथापि विभिन्न अनौपचारिक तालिम र कार्यगत प्रशिक्षण भएको थियो । सन् २००२ पछि धुलिखेल मेडिकल ईन्सटिट्यूट ले फिजियोथेरापीलाई औपचारिक सुरु गरेको पाइन्छ, यस पछि क्रमशः नेपालमा पनि यस कोर्स अनि सेवा प्रदायक बढ्दै गएका हुन् ।
सशस्त्र द्धन्द पश्चात् विसं २०६३ पछि अगंभंग र घाइते सैन्य दस्ताको पुर्नवास र पूर्नस्थापनाका लागि सैनिक क्याम्प अनि अस्पतालहरूमा फिजियोथेरापीको प्रयोग अत्यधिक गरिएको पाइन्छ । नेप्टा भनेर नेपाली फिजियोथेरापीस्ट हरूको पेशागत सङ्गठनको उपस्थिति रहेको छ ।
Osteoarthritis and the role of physiotherapists भन्ने नाराका साथ यस वर्ष विश्वभरि फिजियोथेरापी दिवस मनाइदैछ । कम्मर र घुँडाको Osteoarthritis विश्वभरि हुने अपाङ्गताका कारणहरू मध्य ११ औँ प्रमुख कारणमा पर्दछ । जोर्नीहरूको पिडा र समस्यालाई केन्द्रमा राख्दै यस वर्ष फिजियोथेरापी दिवस को रूपरेखा तयार गरिएको छ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: