शिव वैकुण्ठ चतुर्दशी व्रत/पूर्णिमा व्रत | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

शिव वैकुण्ठ चतुर्दशी व्रत/पूर्णिमा व्रत





कार्तिक शुक्ल चर्तुदशीका दिन बैकुण्ठाधिपति भगवान् विष्णुको पूजा गर्ने चलन छ । कार्तिक शुक्ल चतुर्दशी मा एक चतुर्मासका लागि भगवान् विष्णुले सृष्टिको भार भगवान् शङ्करलाई सुम्पिनुहुन्छ भन्ने मान्यता छ । यी चार महिनामा शिवले मात्र ब्रह्माण्ड चलाउनुहुन्छ। चार महिना सुतेपछि देउथनी एकादशीका दिन भगवान् विष्णु उठ्ने र वैकुण्ठ चतुर्दशीको दिन भगवान् शङ्करले फेरि सृष्टिको भार भगवान् विष्णुलाई सुम्पिदिने विश्वास छ।

विना यो हरिपूजां तु कुर्याद् रुद्रस्य चार्चनम्।
वृथा तस्य भवेत्पूजा सत्यमेतद्वचो मम।।

रातभर पूजा गरेपछि दोस्रो दिन अर्थात् कात्तिक पूर्णिमा का दिन फेरि भगवान् शिवको पूजा गरी मात्र भोजन गर्नुपर्दछ । वैकुण्ठ चतुर्दशीको यो व्रत शैव र वैष्णवहरूको आपसी एकताको प्रतीक पनि हो।

यस दिनको हार्दिक शुभकामना

पूर्णिमा व्रत
यस वर्षको कार्तिक शुक्ल चतुर्दशी दुई दिन नै तन्किएको हो । आजका दिन पूर्णिमा तिथि पनि परेको छ ।

शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरुपमा गरिन्छ । सामान्यतया सत्य नारायण पुजा जहिले गरे पनि हुने कार्य हो यद्धपि पूर्णिमाको दिनमा गरिने यस पुजाको फल निकै धेरै पाइन्छ ।

वैज्ञानीक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्मशुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्याष्ट्रिक समस्याहरु हल भएर जाने र शरीरमा सकारात्मक उर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयवाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसंगै व्रत समापन हुन्छ ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.