९० सालको महाभूकम्प र सोमबारे औँसीको किस्सा
सोमबारे औँसीको एउटा प्रसङ्ग गएर विसं १९९० सालको माघ २ गतेको महाभूकम्पसँग गएर ठोकिन्छ, आउनुहोस् आज विसं १९९० को महाभूकम्पको दिन अनि तिथिलाई केलाएर सोमबारे औँसीको सन्दर्भ जोडौँ । विसं १९९० साल माघ २ गते ८ दशमलव ४ रेक्टर स्केलको भूकम्पले नेपाललाई छोप्यो, यस दिन पनि सोमबारे औँसी परेको थियो । त्यस दिन सोमबारे औँसी थियो। अनि त्यस दिन बेलुका मकर राशिमा सूर्य, चन्द्र, मङ्गल, बुध, शुक्र, शनि र राहु एउटै राशिमा थिए।
आज पनि सोमबारे औँसी हो। महाभूकम्प पछि सोमबारे औँसीलाई त्रास अनि भयका साथ पनि हेरिन थाल्यो, तर त्यसो हैन, सोमबारे औँसीको महात्मै अनि महत्त्व सदियौँ देखि अविच्छिन्न अनि अटुट छ ।
यो पर्व स्नान या भनौँ दान दिनका लागि शुभ मानिन्छ। आजको दिनमा स्नानको लागि मात्र विभिन्न तिर्थस्थलमा टाढा टाढाबाट भक्तजनहरू धाउने गर्दछन्। हिन्दु धर्मावलम्बी अनुसार आजको दिन "सोमबारे औँसी" को दिनको तिथि प्राप्त गर्न ठुलो संयोग या भाग्य चाहिने उल्लेख भएको छ। महाभारतका पात्रहरूले पनि आफ्नो जीवनकालमा आजको दिन अर्थात् सोमबारे औँसीको तिथि प्राप्त गर्न नसकेको भनाइ उल्लेख हुने गरेको बताइएको छ।
पौराणिक कालमा सोमबारे औँसी अत्यन्त कम पर्दथ्यो तर सुस्तरी कलियुगको सुरुवात सँगै धर्तीमा सोमबारे औँसीका तिथिहरू बढ्दो पर्न थाल्यो । कलियुगमा भक्तजनलाई मोक्ष अनि धर्मका लागि अधिक अवसर दिने हेतुले चन्द्रमानमा धेरै यस्ता औँसीहरू परेको बताइन्छ । ल है यस सोमबारे औँसीमा धर्म अनि उदारताका लागि के गर्ने, सोच्नुभएको छ नि ?
जुन सोमबारको दिन औँसी पर्दछ त्यही दिनलाई सोमबारे औँसी भन्दछ, हाम्रो क्यालेन्डर अनुसार हरेक सात दिनपछि एउटा सोमबार पर्दछ भने हरेक महिनामा एउटा औँसी। तर सोमवार र औँसी मात्रको संयोग भने कहिलेकाहीँ मात्र हुने गर्दछ। वर्षभरि एकचोटी या दुइचोटीसम्म सोमबारे औँसी पर्दछ।
हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ चलि आएको छ। सोमबार चन्द्रमाको दिन हो। चन्द्रमा मनको प्रतीक र सूर्य मस्तिष्कको प्रतीक पनि हो। सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र आजको दिन भगवान् शिवजी मै समर्पित छ।
सामाजिक न्याय दिवस
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) ले 10 जुन सन् २००८ मा निष्पक्ष विश्वव्यापीकरणको परिपक्ष्यमा सामाजिक न्यायको लागि ILO घोषणा सर्वसम्मतिले पारित गर्यो। यो अन्तर्राष्ट्रिय श्रम सम्मेलन द्वारा अपनाएको सिद्धान्त र नीतिहरूको तेस्रो प्रमुख सिद्धान्त थियो । सन् १९४४ को फिलाडेल्फिया घोषणा र सन् १९९८ को कार्य मा मौलिक सिद्धान्त र अधिकार सम्बन्धी घोषणा पछिको सबैभन्दा महत्त्वपूर्ण घोषणा मध्यको यस घोषणाले विश्वव्यापीकरणको युगमा आईएलओको जनादेशको समकालीन दृष्टिकोण व्यक्त गर्दछ।
आइएलओ लगायत अन्य धेरै सामाजिक न्यायमा कार्यरत संस्था र नागरिक समाजहरूको पैरवीलाई कदर गर्दै २६ नोभेम्बर सन् २००७ मा संयुक्त राष्ट्र सङ्घको ६३ औँ महासभाले हरेक वर्ष फेब्रुअरीको २० तारिखमा सामाजिक न्याय दिवस मनाउने घोषणा गरेको थियो ।
Overcoming Barriers and Unleashing Opportunities for Social Justice भन्ने नाराका साथ सन् २०२३ को सामाजिक न्याय दिवस मनाइँदै छ । अवरोधहरू हटाउँदै सामाजिक न्यायको अवसरहरू को खोजी भन्ने अर्थ राख्दछ ।
नेपालमा सामाजिक न्याय
नेपालमा सामाजिक न्याय र सुरक्षाका लागि ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग, पिछडिएको समुदाय, लोपोन्मुख आदिवासी÷जनजाति, बालबालिका आदिका नाममा सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको अवस्था छ । उक्त सामाजिक सुरक्षा भत्ता वितरणमा आर्थिक सामाजिक स्तरीकरण नहुँदा जोखिममा परेका समुदाय र सबल समुदायका व्यक्तिले समान रूपमा सो सुविधा उपयोग गरेको अवस्था छ । नेपालको सामाजिक सुरक्षाका कार्यक्रमलाई पुनरावलोकन गरी सामाजिक न्यायमैत्री बनाउनु उपयुक्त हुने देखिन्छ । यसै गरी नेपालको विकास कार्यक्रमहरूले मूलधारमा नभएका जनसमुदाय र भौगोलिक क्षेत्रलाई मूलधारमा ल्याउने गरी समावेशी विकास गरेको अवस्था नदेखिँदा पनि यस विषयमा व्यापक विश्लेषण गरी विकास व्यवस्थापनमा समेत पुनरावलोकन हुनु जरुरी देखिन्छ ।
आजको दिनको सबैलाई अर्थपूर्ण शुभकामना
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: