सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् । पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवङ्गत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्न कालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्ड दान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्ड दान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।
वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको सुरुवातसँगै हरेक परिवार मा शान्ति, खुसीयाली कायम भइरहोस्, पितृहरूको आशिष् सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको वैकुण्ठ वास होस्
तृतीया श्राद्ध तिथिमा बैकुण्ठवास हुनुभएका पितृहरूको मोक्षको कामना ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस
यी छोराछोरी बढ्लान् कमाई गर्लान्
दूध–भात देलान् मलाई
बुढाबुढी भइसकेका आमाबुवाबाट छोराछोरीप्रतिको चाहना अनि अपेक्षा सामान्यतः यस्तै यस्तै हुने गर्छ हाम्रो समाजमा । साँझमा कामबाट थाकेर घर फर्कँदै गरेका बुवाले हातमा बोकेको प्लास्टिकको पातलो झोलाभित्र घरमा पर्खिरहेका छोराछोरीका लागि सानै सही तर केही कुरा भने लगिदिएका हुन्छन् ।
पृष्ठभूमि
१४ डिसेम्बर १९९० मा, संयुक्त राष्ट्र महासभाले १ अक्टोबरलाई वृद्ध व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस तोकेको हो । यो पहिले उमेर सम्बन्धी भियना इन्टरनेशनल प्लान अफ एक्सन जस्ता पहलहरू द्वारा गरिएको थियो ( जसलाई विश्व एसेम्बली अन एजिंगले अपनाएको थियो ) र त्यस वर्ष पछि संयुक्त राष्ट्र महासभाले हरेक वर्ष अक्टोबर १ लाई वृद्ध व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस का रूपमा अनुमोदन गर्यो।
ज्येष्ठ नागरिक
ज्येष्ठ नागरिक अर्थात् पाका उमेरका बृद्धबृद्धाहरू, प्रायः देशहरूमा ६० वर्ष पूरा भएका नागरिकलाई राज्यले ज्येष्ठ नागरिकको श्रेणीमा राखेको हुन्छ । उमेर ढल्कँदै गएपछि अरूहरूप्रति निर्भरता बढ्छ नै । जीवनशैलीको कष्ट अनि माया ममताको चाहलाई झर्को फर्को गर्दै नेपालमा बुवा आमालाई वृद्धाश्रम पठाउने अनि हेला गर्ने चलन पनि देखिएकै छ । स्मरण रहोस्, पछिल्लो पुस्तालाई हामीले देखाएको सम्मान र सदाशयताले नै आउने पुस्ताले हामीलाई दिने माया र सद्भाव निर्धारण गर्छ ।
उमेर ढल्कँदै गएपछि एक्लोपना बढ्दै जान्छ । आफ्ना मन मिल्ने साथीभाइको कमी अनि पुराना यादको बहावले बहकाउने गर्छ । मानव जीवन क्रममा यस अवस्था सबैभन्दा संवेदनशील अवस्था हो ।
नेपालमा ज्येष्ठ नागरिक
संसारभरि जस्तै नेपालमा पनि मानिसको सरदर आयु बढेको छ जसले गर्दा ज्येष्ठ नागरिकहरूको सङ्ख्या पनि बढ्दै छ । हाल संसारमा ६० वर्ष नाघेका मानिस ७६करोड छन् भने यो जनसङ्ख्या सन् २०५०मा दुई अरब पुग्नेछ । वि.सं. २०६८ को जनगणना अनुसार नेपालमा ६० वर्ष उमेर पुगेका मानिस कुल जनसङ्ख्याको ९ प्रतिशत (करिब २५ लाख) रहेको थियो र यो अनुपात बढ्दो छ ।
समाजको खुल्ला डबली अनि पलेँटीहरूमा ज्येष्ठ नागरिकहरूलाई बोल्न, अभिव्यक्त गर्न अनि अनुभव साट्न खुल्ला अवसरहरू प्रदान गरौँ । यहाँ पालोको पैँचो सबैले तिरेका छन् । हामी पनि कुनै दिन ज्येष्ठ नागरिक हुनेछौँ । त्यसो हुँदा ज्येष्ठ नागरिक मैत्री समाज निर्माण गरौँ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: