काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस





आज अर्थात २८ अप्रिल सन् २०२३ मा बिश्व श्रम संगठन आइएलओको आव्हानमा श्रम र सुरक्षा समबन्धी बिश्वभरिका साझेदारहरुको संलग्नतामा काममा सुरक्षा र स्वास्थका बिश्वव्यापी दिवस मनाइदै छ । यसले आधारभूत महासन्धि नं। १५५ र नम्बर १८७ को विभिन्न प्रावधानहरूको कार्यान्वयन स्थितिमा अनुसन्धानका निष्कर्षहरू प्रस्तुत गर्न पनि पैरवी गरिँदै छ । स्मरण रहोस् सालल २०२२ को जुन महिनामा भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलन ले आइएलओ को आधारभूत सिद्धान्त र काममा अधिकारहरूको ढाँचामा सुरक्षित र स्वस्थ काम गर्ने वातावरणू समावेश गर्ने निर्णय गरेको थियो ।

वर्ष २०२३ को नारा
"Our aim zero harm" अर्थात हाम्रो लक्ष्य शुन्य हानी भन्ने हो । काममा सुरक्षाजन्य हानीहरुमा शुन्य दर रहोस् भन्ने पैरवी यस वर्ष गरिँदैछ । यो नाराले मजदुर र कामदारहरुको सुरक्षा र स्वास्थ्यको वकालत गर्दै सकारात्मक संस्कारको निर्माणमा जोड दिएको छ ।

काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवसको पृष्ठभूमि
काम गर्ने स्थलले एउटा छुट्टै अर्थ राख्ने गर्दछ । यो कामदारहरुको स्वास्थ्यसँग प्रत्क्षय सरोकार राख्ने विषय हो । विभिन्न सर्वेक्षण अनुसार विश्वमा प्रतिदिन ६३०० श्रमिकको मृत्यु कार्यसम्बन्धी जोखिमले हुने गर्दछ । यस हिसाबमा कार्यमा सुरक्षा र स्वास्थ्यको अवस्थाको कमीले वर्षभरिमा २३ लाख मान्छे मर्दछन्, जुन तथ्याकं भयानक हो । स्वास्थ्य र सुरक्षाको सम्झौताका कारण कहिले संक्रामक रोग फैलिने त कहिले कार्यस्थलमा दुर्घटना हुने जस्ता अप्रिय घटनाहरू घट्ने गर्दछन् । काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस सन् २००३ देखि सुरक्षित, स्वस्थ र सभ्य कामलाई बढावा दिनको मनाउदै आएको अन्तर्राष्ट्रिय अभियान हो। यस दिवसले कार्यस्थलमा हुने व्यावसायिक दुर्घटना र रोगहरुको रोकथामको लागि सचेनता फैलाउन उल्लेखनिय भुमिका खेल्ने गरेको छ ।

किन मनाइन्छ काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ?
सामान्यतया दैनिक ८ घण्टा कार्य गर्ने नियम छ जुन २४ घण्टाको एक तिहाइ समय हो । १० मा ८ दशमलव ८ अकं ल्याउने गरी विश्वभरिका कामदारको कार्य वातावरणमा सुधार गर्ने सन् २०३० सम्मको सहश्राव्दी लक्ष्य रहेको छ । कामदारहरुले ढुक्क भएर काममा जाने, काम गर्ने अनि फर्कन सक्ने वातावरण होस्, कामदारको स्वास्थ्य र सुरक्षामा कुनै कमी नहोस् भन्ने उद्देश्यका साथ यो दिवस मनाइन्छ ।

सुरक्षित र स्वस्थ कार्यस्थलले कामदारहरूलाई चोटपटक र रोगबाट बचाउने मात्र होइन, यसले चोटपटक र बिमारीको दर कम गर्न, कामदारहरुको अनुपस्थिती र काम नै छाडेर जाने अवस्था हटाउन, उत्पादकत्व र गुणस्तर बढाउन र कर्मचारीको मनोबल बढाउन सक्छ। अर्को शब्दमा, काममा सुरक्षा ब्यवसायका लागि राम्रो हुन्छ किनभने श्रमीकहरु बिना कुनै पनि ब्यवसायको भिवष्य छैन ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.