संसारमा धेरै कम मानिसहरु भेटिन्छन जसले संगीत रुचाउदैन , संगीतप्रेमी हामी मध्य जो कोही पनि छौ । बाताबरण मा आउने अरु जुन सुकै ध्वनिलाइ मानिसहरुले झर्को मान्न सक्छन तर संगीत लाइ झर्को मान्ने सायदै कोही हुन्छन ।
विश्वभरिनै संगीतलाई रुचाउने अनगन्ती जनसंख्याको मनमा राज गरेका एक व्यक्तित्व हुन् भारतीय सांगीतिक क्षेत्रका नक्षत्र ए आर रहमान । बहुप्रतिभासाली रहमान भारत मा मात्र हैन , भारतीय संगीतको निक्कै प्रभाव रहने नेपालमा मात्र पनि हैन संसारभरीनै निक्कैनै लोकप्रिय छन् । आज ६ जनवरी अर्थात् ए आर रहमानको जन्मदिन ।
आज भन्दा ५० वर्ष अगाडी दक्षिण भारतीय चलचित्रका म्युजिक कम्पोजर आर के शेखर र माता करीमा बाट जन्म भएको रहमानको असली नाम त्यसबेला दिलिप कुमार थियो। धेरै कम लाइ मात्रै थाहा छ हिन्दु भै जन्म लिएका रहमान ले आफ्नो बुवाको मृत्यु पश्चात परिवारमा कठिनाइ आएको कारणले धर्म परिवर्तन गरे। धर्म परिवर्तन गरेपछि कुनै बेलाका दिलीप कुमार पछी गएर आफ्नो आमा को धर्म अंगाल्दै अल्लाह रखा रहमान अर्थात ए आर रहमान बन्न पुगे ।
संगीत प्रेमी रहमान सुरुसुरुमा सानो जिंगल हरु कम्पोज गर्दथे , १९९२ मा दक्षिण भारतीय निर्देशक मणि रत्नम ले उनको काम बाट प्रभावित भएर उनलाई आफ्नो चलचित्र “रोजा” मा संगीत भर्ने अवसर दिए । रहमानले आफ्नो पहिलो प्रयासमै “ये हसिन वादिया” र “रोजा जानेमन” बोलका उत्कृष्ट गीत हरु सृजना गरेर थुप्रै श्रोता हरुको मन जीते ।
पहिलो फिल्मले पाएको अपार सफलता संगै रहमानले एक खुड्किला माथि उक्लिदै आफ्नो रेकर्डिंग स्टुडियो “पंचथन रेकोर्ड इन” सुरु गरे । रोजा बाट राष्ट्रिय अवार्ड समेत हात परेका रहमान त्यस पश्चात् थुप्रै दक्षिण भारतीय चलचित्र हरुमा आफ्नो संगीत को जादु चलाउदै गए । रहमानको करियर ले अर्को मोड तब लियो जव उनले फेरी मणि रत्नम को १९९५ को चलचित्र “बोम्बे” गरे । उक्त चलचित्र को गीत “तु हि रे” “केहेना हि क्या” “हम्मा हम्मा” सबै आज पनि श्रोता हरुले गुन्गुनाउछन् । सफलता ले प्रोत्साहित भएका संगीतकार ले त्यसपछि कहिले जीवन मा पछाडी फर्किनु परेन र केहि बर्ष पछी नै रहमान लाइ भारत कै अर्को बरिस्ठ संगीतकार आर डी बर्मन संग तुलना गर्न थालियो । रहमान को गाना हरु निक्कै नै भिन्न हुन्थ्यो मानौ उनले ले संगीत को नया पाटो श्रोता माझ पस्किएका थिए । सन् १९९५ मै आएको रंगीला ,१९९८ मा आएको दिल से र १९९९ को सुबास घाइ निर्देशित ताल को गानहरू को प्रभाव आजसम्म पनि श्रोतको मन मस्तिष्कमा छ । “छैया छैया” “ताल से ताल मिला” र “याई रे” सुन्न आज पनि संगीत प्रेमी रुचाउने गर्दछन ।
बहुप्रतिभासाली रहमान जति म्युजिक कम्पोजमा सफल छन् त्यति नै गायकी मा पनि , भारत को लागि संगीत क्षेत्र मा नया किर्तिमान राखेपछि २००८ मा भारत कै कथा मा आधारित बिदेशी चलचित्र स्ल्मडग मिल्यनिअर् उनको करिअर कै सफल फिल्म बन्न पुग्यो । आफ्नो देशको सम्माननीय अवार्ड हरु हात पारिसकेका रहमान लाइ उक्त चलचित्र को गीत “जय हो” ले अस्कर अवार्ड समेत दिलायो । भारत बाट अरु कसैले पाउन नसकेको अस्कर रहमान ले नै २००८ मा आफ्नो देश ल्याए . त्यसपछि रहमान बिदेशी चलचित्र हरुमा समेत निक्कै नै सक्रिय भै काम गरिरहेका छन् । उनका केहि बिदेशी प्रोजेक्ट भने १२७ घण्टा ,पेले , मिलियन डलर आर्म रहेका छन् ।
चेन्नई मा जन्मीएका रहमान आफ्नै राष्ट्र भाषा राम्ररी बोल्न जान्दैनन् । तर उनको गीत सुन्दा कहिले पनि श्रोतले त्यसको भनक समेत पाउदैनन। विभिन्न भाषा मा संगीत गरिसकेका रहमान संगीत लाइ भाषा चाहिदैन भन्ने भनाइ को उत्कृष्ट उदाहरण हुन् ।
आजकै दिन बाट ५० बर्ष पुगेका यी हस्तीलाई भाषा जसरि नै उमेर ले पनि नछेकोस । बिश्व कै थुप्रै व्यक्तिहरुको लागि प्रेरणा रहेका रहमान बाट हामीले अझै थुप्रै उत्कृष्ट संगीत हरु सुन्न पाई राखियोस् ।जन्मदिन को शुभकामाना रहमान
Liked by: