केकी (रानी)को पात्रले दर्शकलार्इ कमसेकम फिल्ममा इन्गेज गराउछ जुन पहिलो हाफले गर्न सकेको थिएन र अन्तसम्म आइपुग्दा चलचित्रले लय पकड्छ । त्यसपछिको क्लाइमेक्स निक्कै दमदार छ, जसले गर्दा हलबाट दर्शक निस्कदा चित्त बुझाएर निस्कनछन् ।
रमेश उप्रेतीले गत बर्ष चलचित्र "ब्रासलेट"बाट कम्ब्याक गरेपछि यो बर्ष थप दमदार शैलीमा चलचित्र "ऐश्वर्य"बाट दर्शकहरुको मन जीत्न आइसकेका छन् । “स्टुपीड मन” फेम दिवाकर भट्टराईले निर्देशन गरेको यो चलचित्रको “तिमि रोएको पल” बोलको गीतले रिलिज पुर्व नै राम्रो चर्चा बटुली सकेको छ । छठ पर्वको दिनमा रिलिज भएको यो चलचित्रले दर्शकको मन जीत्न सक्ला त ? कस्तो बनेको छ चलचित्र "ऐश्वर्य" ? आउनुहोस जानौं चलचित्र ऐश्वर्यको समीक्षामा ।
प्लट
ऐश्वर्य अनाथ आश्रम, समीर अर्थात रमेश उप्रेतीको बुवाको सपना हो, तर त्यसलाई खालि गराएर त्यहाँ होटेल खोल्ने सपना बोकेका छन् राघव (प्रशान्त ताम्राकार)ले । रमेश उप्रेतीले कुनै पनि हालतमा त्यसो हुन दिदैनन् । अब सुरु हुन्छ दुर्इ सफल ब्यापारीहरु बीचको ऐश्वर्यको लडाई । रमेश उप्रेतीको प्रेम दिपिका (दिपिका प्रसाई)लार्इ प्रयोग गरेर जब प्रशान्तले ऐश्वर्य पाउन खोज्छन तब के के हुन्छ, त्यसको लागि यँहाहरुले चलचित्र "ऐश्वर्य" हेर्नपर्ने हुन्छ ।
कथा, पटकथा र संवाद
दुर्इ सफल ब्यापारी बीचको लडाई, नेपाली चलचित्रहरुमा अहिलेको समयमा एउटा फरक चिज हो । पैसाको खेल, खुट्टा तान्न हुने राजनीति र रमेश उप्रेतीको केकी र दीपिका संगको प्रेम सम्बन्धमा चलचित्र "ऐश्वर्य"को कथा बुनिएको छ । कथा अवश्य दर्शकलार्इ पृथक लाग्न सक्छ । तर चलचित्रको पटकथामा थुप्रै कमजोरी छ । चलचित्रको पहिलो सिननै थुप्रै समस्या बोकेर सुरु हुन्छ । पहिलो सिनले थुप्रै प्रश्नहरु उब्जाउछन् जसको चित्तबुझ्दो उत्तर पछीसम्म खुल्दैन । त्यसपछि रमेश उप्रेती र प्रशान्त बीचकको टक्कर र रमेश-दिपिकाको प्रेम स्थापित हुदा दर्शकले रोचक खासै केहि पाउदैनन् । चलचित्रको पहिलो हाफ खासै केहि छैन तर दोस्रो हाफमा पटकथा केहि हदसम्म सुध्रिन्छ । केकी (रानी)को पात्रले दर्शकलार्इ कमसेकम फिल्ममा इन्गेज गराउछ जुन पहिलो हाफले गर्न सकेको थिएन र अन्तसम्म आइपुग्दा चलचित्रले लय पकड्छ । त्यसपछिको क्लाइमेक्स निक्कै दमदार छ, जसले गर्दा हलबाट दर्शक निस्कदा चित्त बुझाएर निस्कनछन् ।
चलचित्रको संवाद निक्कै निक्कै कमजोर छन् । धेरै जसो केकी र थोरै जसो प्रशान्तको संवादहरु बाहेक बाकि संवादहरु मानौ चलचित्रको दुश्मन भएका छन् । यी संवादहरुले धेरै दृश्यमा दर्शकलार्इ भट्काएको छ । निर्देशक भट्टराईले आफ्नो संवादमा थोरै मेहेनत गरेको भए चलचित्रको स्तर नै बेग्लै हुन्थ्यो ।
कलाकार
रमेश उप्रेतीले आफ्नो कामलार्इ न्याय त गरेका छन् तर उनि पनि कमजोर संवादहरुको शिकार भएका छन् । खासमा उनि मात्र हैन सबै कलाकारको अभिनयमा संवादहरु बाधक भएका छन् । त्यसबाहेक केकी अधिकारी चलचित्र "ऐश्वर्य"को सबै भन्दा राम्रो पक्षमा पर्दछिन् । उनको पर्फर्मेन्सले दोस्रो हाफ सम्हालेको छ । प्रशान्त ताम्राकारको काम तारिफयोग्य छ र नव कलाकार दिपिका प्रसाईले आफ्नो पहिलो काममा इम्प्रेस गर्छिन् ।
प्राविधिक पक्ष र संगीत
दुर्इ सफल ब्यापारीको कथा भएको यो चलचित्र निक्कै रिच हुनुपर्ने हो र त्यस मामिलामा निर्माण टिम चुकेको छैन, कला निर्देशन अव्वल छ । छायांकनपनि तारिफयोग्य छ । सम्पादन नि राम्रो छ । एक्सन ठिक छ तर ब्याकग्राउण्ड म्युजिक अझ धेरै दृश्यहरुमा मजेदार भने छैन, ठिकठाक छ ।
अर्जुन पोखरेलको "तिमि रोएको पल" गीत चलचित्रको अर्को राम्रो पक्ष हो, त्यसबाहेक चलचित्रमा केकी माथि छायांकन भएको एउटा अर्को गीत छ जसले भने खासै प्रभाव पार्दैन ।
निर्देशन
निर्देशक दिवाकार भट्टराईले आफ्नो काममा धेरै हदसम्म न्याय त गरेकै छन् । चलचित्रमा उत्कृष्ट क्लाइमेक्स दिन उनि सफल छन्, तर साना साना कुराहरुलाई भने उनले नजरअन्दाज गरेकै हो । उनको पात्रहरुको अंग्रेजी संवाद त्यति चित्त नबुझ्दो हुदाहुदै चलचित्रमा प्रशस्तै अंग्रेजी संवाद छन्, जसमा उनले रोक लगाउन सक्थे, आफ्नो पात्रहरु अझ मजाले स्थापित गर्नपनि निर्देशक भट्टराई चुकेका छन् ।
समिकरण
चलचित्र "ऐश्वर्य"लार्इ केकी अधिकारी र उत्कृष्ट क्लाइमेक्सले एकपटक हेर्न सकिने चलचित्र अवश्य बनाएको छ, चलचित्रको संवादले दर्शकलार्इ पहिलो हाफसम्म इन्गेज गर्न सफल भएको भए, चलचित्र निक्कै स्तरीय बन्न सक्ने थियो ।
Liked by: