सुयोग ढकाल
हाम्रो पात्रो
लुकामारी चलचित्र नितान्त रुपमा एउटा नयाँ पुस्ताकाे परिकल्पनाभित्रको नेपाली चलचित्र हो जसमा समेटिएका सम्पूर्ण घटना, परिघटना र उठाइएका मुद्दाहरु नेपाली समाज र सामाजिक यथार्थहरुलाई कुशलतापूर्वक समेटन सफल भएकोछ । समाजमा भइरकेका आपराधिक घटना र तिनका असरहरुमा आधारित यस चलचित्र हेर्नलायक छ तथापि चलचित्र 'लुट'को सफलतापछि अधिकाशं नेपाली चलचित्रहरुले अपनाएको अपराध र ब्ल्याकसाईडबाट माथी उठेर दर्शकहरुलाई नौलो धारको अनुभव भने पस्किन अझै नपुगेको अनुभव हुन्छ । पोस्टरमा सौगात मल्ल हातमा ग्याँसको सिलिन्डर र डेढो आँखा भएका मधेशी अवतारमा उभिएका छन् जुन अभिनयमा पनि जीवन्त छ र यहि मधेशी पात्रनै वास्तवमा चलचित्रको नायक हो । मधेशी पात्रहरुलाई सहायक र हाँस्य भुमीकामा धेरैजसो नेपाली चलचित्रमा पाइएपनि 'षडङ्ग' र 'लुकामारी'मा सौगात मल्लले मधेशी हाउभाउ, लवज लगायतका अत्यावश्यक कुराहरुलाई अभिनय मार्फत न्याय गरेकाछन् । यदि पोस्टर हेरेर त्यहि अनुसारको कथा बिषयवस्तुको अपेक्षा लिएर तपाई चलचित्र हलमा प्रवेश गर्ने योजनामा हुनुहुन्छ भने चलचित्रलाई नितान्त फरक र रोमाञ्चक पाउनुहुनेछ ।
निर्देशक श्रीराम दाहालको निर्देशन पक्ष र चलचित्रका संवादहरु साँच्चीकै लोभलाग्दा छन्, पात्रहरुलाई मज्जाले स्थापित गराउन चलचित्र एकदम्मै सफल छ यदाकदा ससाना त्रुटीहरु भने चलचित्रमा स्पष्ट देखिन्छ । अर्कोतर्फ चलचित्रले VFX को पाटोमा भने अपेक्षा अनुरुप नभएको कुरो चलचित्र हेर्दैजाँदा हामी सबैलाई खड्किन्छ । चाहे त्यो चलचित्रमा गाडी हाँक्दा स्टूडियो भित्रको क्यामराको काम या खलपात्रले आफू चढेको गाडी भीरबाट झारेको र झरेपछि पड्कीएको दृश्य प्राविधिक र नव पुस्ताको दर्शकका हिसाबले कामचलाउ काम गरेको स्पष्ट हुन्छ । काठ्माण्डौमा यसका वावजुद पनि चलचित्र लुकामारी सम्पूर्ण रुपमा पैसा वसुल चलचित्र हो ।
यसको संगीत पक्ष एकदमै सुदृढ रहेको छ, संगीतकार बिकास सिलवालको काम र नौलोपनाले एउटा नयाँ आभाष दिन्छ । गीतको (आभाष दिलायो कसैले) छायांकनमा भने नायक नायीकाले प्रस्तुत गर्ने एकैखालका पोज र मुभको रिपिटेशनले नृत्य निर्देशनको पाटो अत्यन्तै फिक्का लाग्नसक्छ । ब्याकगा्रउन्ड स्कोरमा पनि नयाँ नयाँ धुन र प्रयोगले चलचित्रको सस्पेन्सलाई मुर्तरुप नदिएको भन्न मिल्दैन । कतिपय दृष्य र घटनाहरुलाई अझै न्यायदिन सकेकोभए चलचित्र एउटा पर्फेक्ट पिस अफ आर्ट हुनसक्ने थियो ।
कलाकारहरुको अभिनय जोडदार छ बिशेषतः सौगात मल्ल र कर्माको अभिनय सम्झन योग्य छ । विक्रम सिंह थारूले उपस्थितिले पनि चलचित्रलार्इ रोचकता थप्छ । पहिलो हाल्फमा एकदमै राम्रो भएर पनि सेकेन्ड हाल्फमा दर्शकहरुलाई खिन्न बनाउने धेरै नेपाली चलचित्रको त्रुटीलाई यस चलचित्रले तोड्न र नयाँ आयाम दिन प्रयास भएकैछैन भन्दा फरक नपर्ला । सेकेन्ड हाल्फमा पनि चलचित्रले पहिलो हाल्फमा जस्तै ध्यान तानेरै राखेपनि चलचित्रको अन्त्यभने एक्कासी आए जस्तो तपाइलाई लाग्न सक्छ । कर्माले अभिनय गरेको पात्र यूनिक चा खलपात्रसंगको मुठभेडमा घाइते भई एकाएक अस्पतालमा होस आएको र भूमीका सक्किएको देख्दा पात्रको भूमीका अनावश्यक हराएको भान हुन्छ र ठिक त्यहि ठाउँबाट चलचित्रमा यूनिक चालाई सम्झिन सकिन्छ । कसैकसैलाई यस्ता खाले द इन्डिगं अझ उत्साहित लाग्न सक्छ तर सिक्वल बनाउनका लागी गरिएको यो प्रयास सफलनै देखिन्छ । लुकामारी हेरेपछि यदि यसको सिक्वल लुकामारी आएमा तपाइहामी पुनः एकपटक सिनेमा हलसम्म पुग्न सक्छौं । नेपाली चलचित्र जगतलाई माया गरौँ र सकेसम्म हलमै गएर चलचित्र हेरिदिने गरौं, हाम्रो पात्रोको यो अनुरोध ।
चलचित्रको सम्पूर्ण पक्षहरुलाई मुल्याकंन र अवलोकन गरिसकिएपछि हाम्रो पात्रो टिमले यस चलचित्र लुकामारीलाई कुल ५ अंकमा ३ अंक प्रदान गर्दछ । चलचित्रलाई शुभकामना ।
---
Featuring : Saugat Malla, Karma, Bikram Singh Tharu, Surabina Karki, Rista Basnet, Krishna Bhakta Maharjan, J.B. D.C., Pravan Bhusal, Kushal Bista, Basanta Bhatta, Prakash Paudel
Executive Producer : Col. Madan K.C.
Co-Producer: Sandeep Acharya, Bikram Bhandari, Tej Man Singh Bhandari
Production Manager : Narayan Chalise
Art Director : Ganendra Jimi
Action Director : Asta Maharjan
Makeup/SFX : Amrit Marahatta
Post- Production/VFX : Glaze Entertainment
Music : Bikash Silwal
Lyrics : Kiran Baral, Bikash Silwal, Bimal Gautam
Vocal : Dharmendra Sewan, Prabisha Adhikari, Bikash Silwal
Background Score : Bikash Bhujel
Choreographer : Renasha Bantawa Rai
Associate Director : Binod Khatiwada
Colorist : Rajendra Moktan
Editor : Krishna Bhandari
Screenplay : Binod Khatiwada
Cinematographer : Sushan Prajapati
Producer : Suraj Man Singh Bhandari
Story/Director : Shree Ram Dahal
Liked by: