चलचित्र 'तिन घुम्ती' | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

चलचित्र 'तिन घुम्ती'




   Suyog Dhakal - Jul 10 2016

एउटा प्रेम कहानीमा आधारित रहेको भएतापनि चलचित्रले त्यतिबेलाको समाज, सामाजिक द्घन्द र मुख्यरुपमा नारी संवेदेना अनि मातृत्वको भावनालाई राम्ररी चित्रण गरेको छ ।



विशेश्वर प्रसाद कोइरालाको कृती 'तिन घुम्ती'मा आधारित यस चलचित्र एउटा एतिहासिक चलचित्र हो, २०१५ पछिको राजनितिक पृष्ठभुमी अनि प्रजातन्त्र पूर्नवाहलीको नागरीक आन्दोलनसंग सम्बन्धित यस चलचित्रमा गरिमा पन्त, सुशान्त कार्की, ध्रुब दत्त आदिको मुख्य अभिनय रेहको छ । एउटा प्रेम कहानीमा आधारित रहेको भएतापनि चलचित्रले त्यतिबेलाको समाज, सामाजिक द्घन्द र मुख्यरुपमा नारी संवेदेना अनि मातृत्वको भावनालाई राम्ररी चित्रण गरेको छ । हामि यो चलचित्रलाई एउटा मस्ट वाच नेपाली चलचित्रकोलागि सुझाव दिनसकिन्छ र यस्का केही सबल र दूर्बल पक्षहरुलाई निम्न रुपमा व्याख्या गर्दछौं ।

निर्देशन
बाबुराम ढकालले निर्देशन गरेका यो चलचित्रमा निर्देशन पक्षलाई सफल मान्न सकिन्छ । अहिलेको भन्दा ४० देखि ४५ बर्ष अघिको सामाजिक, राजनीतिक, भाषिक र पहिरनीय परिवेश देखाउन र त्यस्लाई न्यायदिन निर्देशक सफल छन् तथापि चलचित्रमा कतिपय संवादहरूको उच्चारण, दृश्यहरुको गहिराई अनि छायाङ्कनका कुरामा चलचित्र राम्रो हुँदाहुँदैपनि चिप्लिएको छ । सिरक या कंबल (राडी पाखी) ओढ्ने प्रचलन भएको पुरानो नेपाली परिवेशमा कुनै कुनै दृश्यमा पुरानो घर, पुरानो मोडलको पलङ्ग तर पात्रहरुले प्रयोग गरेका चाइनिज ब्ल्यांकेटहरू, अनि केहि दृश्यहरुमा पसल देखाउँदा परबाट झुण्डिरहेका चाउचाउ लगाउत अरु झिलीमिली प्याकेटहरुले ४५ बर्ष पुरानो वास्तविक अनुभूतिलार्इ घरिघरि प्रश्नचिह्न खडा गर्दैजान्छ । बुनेको स्वीटर लगाउने, कबंल ओढेर हिँड्ने, ठूला स्वरूपमा भएका रेडियो सुन्ने, ग्रामोफोनमा गीत सुन्ने आदीजस्ता पुराना पुस्ताका लोभलाग्दा चलनहरुलाई चलचित्रले उत्ति ठाउँ दिनभने सकेकोछैन । पात्रहरुलाई स्थापित गर्न निर्देशन पक्ष सबल छ तथापि चलचित्रको अन्त्यतिर भने पुरुष संवेदनालाई उति राम्रो गरेर चित्रण गरिएको छैन् । पतिले आफ्नो पत्नीप्रतिको त्यो गुनासो या रिस अनि त्यस्ले उ स्वयममा स्थापित गरेको कथावस्तु अनुरूपको संवेदनालाई चित्रण गरिएको भए शायद् सुनयूक्त 'तिन घुम्ति' सुगन्धित हुने थियो । समग्रमा भन्ने हो भने चलचित्र हेर्न लायक बनेको छ र नेपालीहरुले एकफेर हेर्नैपर्छ एउटा अग्रज नेपाली पिढीको राजनितिक, सामाजिक परिवेशलार्इ अध्ययन गर्न ।

प्राविधिक पक्ष
प्राविधिक पक्ष सन्तुलित र सबल छ तिन घुम्तिको, यसको सबैभन्दा उत्कृष्ट पक्षहरुमध्ये यसको पाश्र्व ध्वनी अर्थात ब्याक-ग्राउण्ड स्कोरिगं हो । चाहेको बेला फिल ल्याउनसक्ने अनि पुराना ताल र बाजाहरुको प्रयोग गरिएको पाश्र्व ध्वनी तारिफयोग्य छ । सिनहरु झट्ट आएर गए जस्तो घरिघरि लाग्न सक्छ तर उपन्यासमा आधारित चलचित्रहरुमा यस्ता कुराहरु स्वभाविक र हेर्दा रसिलोनै हुनेगर्दछ । विपी कोइरालाको कृती तिन घुम्ती पढदै नपढेर हलमा जानेहरुलाई पनि यो चलचित्र उत्साहजनक र सरल छ । कुनै कुनै सिनहरु अनावश्यक लामो भएकाले डकुमेन्ट्रीजस्तो भान पनि हुन्छ, भान्साभित्रका अनुत्साहजनक सिनहरु जस्तै चुलेसीले तरकारी काटेको , खाना पकाएको आदिलाई धेरै समय दिइएको छ । ३ देखि ४ बर्षसम्म लामो हुनसक्ने घटना र परिघटना समावेश गरेर बनाइएको चलचित्रमा देखाइएको घर मा शुरुदेखि अन्तसम्म कुनै परिवर्तन नदेखिनु , राजनैतिक आन्दोलनको गहिराई र महत्वलाई दर्शाउन सकेको भए र मौसमका हिसाबले प्रस्तुत गरेर काठमाडौँको जाडो, बर्खा पनि समावेश गर्न सकेको भए यो चलचित्र आउने पुस्ताहरुले इतिहास बुझ्ने दस्तावेजका रुपमा लिन्थे होला । तर भन्न जति सजिलो छ त्यति गर्न गाह्रो पनि छ, चलचित्रका निर्माण समुहले धेरै न्याय गरेका छन् । बाग्मतीको कन्चन पानी र शान्त काठमाडौँको दृश्यहरु मनमोहक छन् । बच्चा रोएको , कुदेको अनि गरेका बाल सुलभ चकचकेपनाका दृश्यहरु जोडदार छन् , एउटा सानो बालिकालाई त्यतिसम् मगर्नसक्ने गरि तैयार गर्नु एउटा चुनौती भएकोमा यो कुरा चलचित्रमा एकदमै पर्फेक्ट छ । संगीत पक्ष पनि उत्तिकै सुदृढ छ ।

अभिनय
यस चलचित्रको खुलेर तारिफ गनुपर्ने अर्को पक्ष भनेको नै अभिनय हो । गरिमा पन्तले न्याय गरेको उनको जोड्दार अभिनयमा कहिं कतै केही खोट लाउने कसैले हिम्मत नगर्लान । नेपाली चलचित्रमा गरिमाले लिनेगरेको चुनौतीपूर्ण भूमिकाहरू जस्तैः 'झोला'मा सती जाने आमा पछिको 'तिन घुम्ती'को यो मुख्य पात्रको भूमिका, यि दुबैमा गरिमाले गरेको वास्तविक अभिनयले उनलाई एउटा अब्बल दर्जाकी नेपाली अभिनेत्री र 'तिन घुम्ति' सम्झनयोग्य बनाएको छ । सुशान्त कार्की र ध्रुब दत्तको अभिनय पनि तारिफयोग्य छ । अधिक्तर पात्रहरूको अभिनयमा कहिं कतै खोट नभएको एउटा वास्तविक चलचित्र हो 'तिन घुम्ति' । बलिउडका अपत्यारिला प्रेम कथा र ठूला-ठूला सेट अनि जोडदार अप्राकृतिक रंगहरुबाट दिक्क हुनुहुन्छ ? हलिउडका फ्रिक्सन र सुपरहिरोका सिक्वलबाट ब्रेक चाहनुहुन्छ ? 'तिन घुम्ती'ले तपाइलाई निराश गर्दैन, हाम्रो समाजको जरालाई देखाइएको छ 'तिन घुम्ती'मा जहाँ एउटी महिलाको जिवनमा आइपरेका तिनवटा महत्वपूर्ण घुम्ती र सँघारको चर्चा अाैपन्यासिक तवरमै प्रस्तुत गरिएको छ ।

कूल ५ अकंमा हामी तिन घुम्तीलाई ४ अकं प्रदान गर्दछौँ ।

Casts:
Garima Panta as Indra Maya
Sushant Karki as Ramesh
Dhruba Dutta as Pitambar

Genre:
 Love story drama
Production Banner: Karma Production
Directed by: Baburam Dhakal
Release date: 17 Ashad, 2073



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.