उम्दा कथा "काठमाण्डौ"को | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

उम्दा कथा "काठमाण्डौ"को




   Santosh Devkota - Oct 03 2018

नशा तथा रङगीन रात, शिक्षा अनि जीवनको फरक तीनकथा अथवा भनौं "कथा काठमाण्डौ"ले तीन फरक जीवनलार्इ प्रभावका साथ बयान गर्न कतै चुकेको छैन । एकनासले बग्ने पटकथामाथीको निर्देशन यति बलियो छ की चलचित्र जिवन्त बनिदिएको छ ।



सपनाको शहर काठमाण्डौ, जहाँ बिपनामा भेटिएका हरेक पात्रले छाडीजाने पदचापले एउटा कथा वाचन गरीरहेको हुन्छ । काठ्माण्डौका बन्द कोठा भित्रको तीन यस्तो सरल कथा जुन कथाबारे चलचित्र बुन्न सिल्भर स्क्रिनमा दशकौैं खारिएकी सङ्गीता श्रेष्ठलार्इ पनि दशकौं लाग्यो । सिधा अर्थमा काठमाण्डौको कथा बुन्ने हिम्मत जो कोहीले गर्ने गर्न सक्दैन त्यो काम सङ्गीताले गरेकीछिन् "कथा काठमाण्डौ" को नामले ।

वरिष्ठ कलाकार हरीवंश अाचार्य तथा बुलेट फ्लोको "मेरी माया वेलकम टू काठमाण्डू, वेलकम टू दी धूलमाण्डू" गीतले वर्तमान काठमाण्डौको चित्र बयान गर्न एक्लै काफि छ । स्वाँस भर्न शुद्ध हावा कम धूलो बढी, घाट कम लाश बढी यदी कुनै शहरको नियती यस्तो हुँदो हो त त्यहाँ सपना हेर्ने र बुन्नेको कथा कस्तो होला ? यहाँको सपनाको भीडमा दौडिनु भनेको हरेकपटक धेरै काठमाण्डौसंग ठोक्किनु पनि हो । सपना हेर्न त कुनै शुल्क तिर्नु पर्दैन तर अाँखा खोलेदेखि अाँखा बन्द हुञ्जेलसम्म काठमाण्डौले जुन गतिमा दगुराउँछ त्यो गतिले नै तय गर्छ सपना र बिपनाबिचको अन्तर यहाँ जसले त्यो गतिको सामना गर्नसक्यो त्यसले काठमाण्डौ जित्यो, घुँडा टेक्नेहरुका लागि काठमाण्डाैले थेगीराख्न सक्दैन ।

पहिलो दोश्रो र तेश्रो कथा रिले अन्दाजमा अघि बढेको छ हरेक कथाका एक पात्र अर्को कथासंग सम्बन्ध राख्छन् । यसरी रिले फर्म्याटमा जोडीएका पात्रहरु अनावश्यक देखिदैनन बरु सरप्राइजिङ लाग्छन् ।

पहिलो कथा नोरा (प्रियंका कार्की) र सौरम (प्रमोद अग्रहरी)को कथालार्इ बयान गर्छ । कथा यस्तो जसले बडो वास्तविक ढङ्गबाट काठमाण्डौभित्रको नशा ग्ल्यामर र रङ्गीन रातको बयान गर्छ । कसरी एउटा गाउँबाट अाफ्ना अनेक सपनाको कथा बुनेर नोरा काठमाण्डौ प्रवेश गर्छे र त्यही सपनालार्इ साकार पार्ने क्रममा उसले सामना गरेको सेतो पाउडर भित्रको कालो असरको लत तथा त्यो लतको लोभमा उसले भोग्नुपरेको शारीरिक तथा मानसिक बलात्कारको पीडा "कथा काठमाण्डौ"को ताकत हो ।

कसले भन्छ चलचित्र "कथा काठमाण्डौ" भल्गर छ ? वाहयात तर्क राखेर रङ्गीन रातभित्रको वास्तविकतालार्इ नकार्न सकिन्न । सुन्दर मुहार भित्र हिंसाले दिएको रातो दागलार्इ ग्ल्यामरले कसरी छोप्छ यो हो 'नोरा'को कथा । पहिलो कथाले तपाइलार्इ कहींकतै अल्मलिन दिनेवाला छैन । बिना संकोच परीवारका साथ बसेर हेर्न सकिन्छ 
"कथा काठमाण्डौ" । महिला हिंसाको फरक स्वरुपलार्इ निर्देशकले प्रभावकारी रुपमा पस्किन सफल भएकी छिन् ।

अब कुरो दोश्रो कथाको जहाँ काठमाण्डौको शिक्षाको मिठो स्वादका लागि राकेश (सञ्जोग कोइराला) ले महङ्गो तथा अाकर्षक एउटा कलेजमा ब्यवस्थापन संकाय पढ्नका लागि भर्ना हुन्छन् । कलेजको पहिलो दिन नै काठमाण्डौ भोगेका राकेशको सोझोपना कसरी उनको कमजोरी बन्छ र त्यो कमजोरीको भर्‍याङमा कसरी साथीहरु खलपात्रको रुपमा टाउकोमैं टेक्न खोज्छन् उनी कसरी अाफ्नो कमजोरीमाथी बिजय प्राप्त गर्छन ? यसका लागि चलचित्र हेर्नै पर्ने हुन्छ ।

अब पालो तेश्रो तथा 
"कथा काठमाण्डौ"को सबैभन्दा मनमोहक प्रेमकथाको । कथाले काठमाण्डौ जीवित पनि छ यहाँ साथीभाइका लागि, अाफ्नाका खोजीमा अर्काका निम्ति तथा जीवन जिउन अाशामा छोटो प्रेमका निम्ति अस्पतालभित्रको मनछुने कथा बयान गर्छ । तेश्रोकथाको २ मिनेटबाटै अवरुद्ध भएको गला चलचित्र नसक्किउञ्जेल सजिलो बन्दैन । अायूश (अायूश्मान देशमुख) तथा प्रेक्क्ष्या अधिकारी (शिखा)को यो जीवन संघर्षले बुनिदिएको प्रेमको कथा गज्जब ।

नशा तथा रङगीन रात, शिक्षा अनि जीवनको फरक तीनकथा अथवा भनौं 
"कथा काठमाण्डौ"ले तीन फरक जीवनलार्इ प्रभावका साथ बयान गर्न कतै चुकेको छैन । एकनासले बग्ने पटकथामाथीको निर्देशन यति बलियो छ की चलचित्र जिवन्त बनिदिएको छ ।

प्रियंका कार्की अब्बल छिन प्रमोद अग्रहरी उम्दा छन् सञ्जोग कोइराला सन्ध्या केसीले न्याय गरेका छन् अायूष्मान देशराज जोशी तथा प्रेक्क्ष्या अधिकारीको अभिनय प्यारो लाग्छ ।

---
समग्रमा चलचित्रलार्इ ४ स्टार (★★★★☆) 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.