अब चलचित्र ‘राज्जा रानी’ गाउँगाउँमा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

अब चलचित्र ‘राज्जा रानी’ गाउँगाउँमा




सम्भवतः नेपालमा पहिलो पल्ट घुम्ती सिनेमामा फिचर फिल्म गाउँगाउँमा ‘राज्जारानी’ मैथिली भर्सन



नेपालमा सम्भवतः पहिलो पल्ट घुम्ती सिनेमामा फिचर फिल्म प्रदर्शन गर्न लागिएको छ । प्रदेश नम्बर २ र १ का मोरङ्ग देखि पर्सा सम्मका १० जिल्लाहरुका गाउँगाउँमा घुम्ती सिनेमा संचालन गरिन लागिएको हो ।

भोलि २६ फाल्गुण २०७४ देखि सप्तरी जिल्लाको तिरहुत गांउपालिका ५ को लोहजरा गाउँ बाट ‘राज्जा रानी’ मैथिली भर्सनको फिचर फिल्म मार्फत घुम्ती सिनेमा अभियानको शुभारम्भ हुदैछ । प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयको माननीय मन्त्री नवक किशोर साहको प्रमुख आतिथ्य र सोही मन्त्रालयको सचिव डा. किरण रुपाखेतीको विषेश आतिथ्यमा उक्त घुम्ती सिनेमाको शुभारम्भ गरिदैछ ।

घुम्ते सिनेमाको उद्देश्य
–सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक विषयवस्तुमा बनेको फिचर फिल्मलाई सुगम देखि दुर्गममा बसेका तथा सम्पन्न देखि विपन्नसम्मको पहुँचमा पुरयाउन
–सिनेमा हलको पहुँचबाट टाढा रहेकाहरुलाई सिनेमा देखाइ मनोरञ्जनमार्फत सामाजिक, सांस्कृतिक तथा आर्थिक रुपान्तरणको अभियानमा योगदान गर्न ।
– नेपाली सिनेमाको बजार बिस्तारमा मद्दत गर्न
– मैथिली सिनेमाप्रति आम जन समुदायको चासो र भोक जगाउन जसले भोलीको दिनमा गुणस्तरीय मैथिली सिनेमा निर्माण गर्न र सफल व्यापार गर्न मद्धत गर्नेछ ।
– राज्जा रानी मैथिली सिनेमाको घुम्ती सिनेमा मार्फत गाउँगाउँमा महिला पुरुषविचको दाइजो तथा महिला हिंसाविरुद्धको अभियानमा व्यापक जनचेतना फैलाउन ।

घुम्ती सिनेमा संचालन कसरी हुन्छ ?
– प्रदेश नम्बर २ र १ का मोरङ्ग देखि पर्सा सम्मका १० जिल्लाहरुका गांउ गांउमा घुम्ती सिनेमा संचालन गरिनेछ ।
– प्रत्येक जिल्लाका ६ देखि ८ स्थानलाई केन्द्र वनाई घुम्ती सिनेमा संचालन गरिने छ ।
– हरेक एक स्थानमा ३ देखि ५ शो सिनेमा प्रर्दशन गरिनेछ ।
– प्रत्येक शो मा ३०० देखि ४०० दर्शकलाई व्यवस्थित ढंगले उहाँकै टोलमा पुगेर सनेमा देखाइने छ ।
– सिनेमा प्रदर्शनमा प्रति टिकट रु ५०.०० (पचास रुपैया मात्र) को व्यवस्था गरिएको छ ।
– घुम्ती सिनेमा प्रदर्शनमा १० फिट र ८ फिटको प्रोजेक्टरको पर्दा र ४००० लुमेन्स फुल एचडी प्रोजेक्टर र दुई वटा हाई भलुमको साउन्ड सिस्टमको प्रयोग गरी गाउँ स्तरको घुम्तीमा सजिलो हुने गरी उच्चतम गुणस्तरमा सिनेमा प्रदर्शन गरिनेछ ।

– राज्जा रानी मैथिली सिनेमाको घुम्ती सिनेमाको लक्ष्य
 घुम्ती सिनेमा प्रदर्शन हुने जिल्ला : १० वटा (मोरङ्ग, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा)
 घुम्ती सिनेमा प्रदर्शन स्थान : ६०
 सिनेमा प्रदर्शन शो संख्या : ३००
 कुल अनुमानीत दर्शक संख्या : १२०,०००

दाइजो पिडितको सत्य घटनामा आधारीत भएर निर्माण गरिएको गुणस्तरीय, मनोरन्जनात्मक र सन्देशमुलक सिनेमा हो “राज्जा रानी” । नेपालको ईतिहासमै पहिलो पल्ट दुई भाषामा (नेपाली र मैथिली) निर्माण गरिएको यो सिनेमा हो । समाज परिवर्तनमा फिल्म महत्वपुर्ण माध्यम रहेका तथ्यलाई मध्यनजर गर्दै भोर कम्पनीले उक्त सिनेमालाई मैथिली भाषामा पनि तयार गर्ने निर्णय गरेको थियो ।


फिल्ममा नायक नाजीर हुसेन राज्जा र नायिका केकी अधिकारी रानीको भुमिकामा प्रस्तुत भएका छन् । आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनी प्रा. लि. को ब्यानरमा निर्मित तथा यम थापा निर्देशित यो फिल्मको सम्पुर्ण छायांकन बांके जिल्लामा गरिएको हो । सत्य घटनामा आधारीत दाइजो र महिला विरुद्ध हिंसा प्रमुख कथा रहेको राज्जा रानी लाई रमेश एमके पौडेल र राज कुमार महतोले निर्माण गरेका हुन ।


यस सिनेमाको मैथिली भर्सनको निमार्ण पक्ष भोर कम्पनी प्रा. ली.ले राज्जा रानी मैथिली सिनेमाको पुरै मुनाफा नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक समृद्धिमा योगदान गर्न अभियानमा खर्च गरिने निर्णय गरी सकेको छ । यस सिनेमाबाट आउने पुरै मुनाफा तपसिल बमोजिमका अभियानहरुमा मितव्ययी तथा पारदर्शी तवरले प्रयोग गरिने छ ।
- बाल विवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अभियान, नेपाल
- मोरङ्ग देखि पर्सा सम्मका १० जिल्लाका अति विपन्न परिवारका बालिकाहरुको शिक्षामा सहयोग
- वीरगंज देखि विराटनगर सम्मका कोरीडोरलाई मिथिला पर्यटन प्याकेज तयार, प्रर्वद्धन र सुदृढिकरण

यस कार्यको भौतिक तथा आर्थिक विस्तृत प्रगती भोरको कार्यालय, सामाजिक संजाल तथा बेबसाइटमा नियमित रुपमा सर्व साधारण र सरोकारवालाहरुको लागि उपलब्ध गराइने छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.