संगीता जी! बरु दुई फुल जोडेरै रोमान्स खिच्नुस | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

संगीता जी! बरु दुई फुल जोडेरै रोमान्स खिच्नुस





संगीता जी! दुइ फुल जोडाएर पनि त रोमान्स हुन सक्छ नि। सायद तपाइले आफु भन्दा एक या दुइ जेनेरेसन अघिका चलचित्रहरु हेर्नु भएन होला। यदि हेर्नु भएको भए, तपाईलाई ज्ञान हुनेथ्यो बलात्कारको दृश्य आकाशमा गड्याङ्ग गुडुंग देखाएर पनि दर्शकलाई बुझाउन सकिनेथ्यो।

आफ्नो पहिलो चलचित्र “कथा काठमाण्डौ”मा तपाइले “life” र “love”को स्टोरी त देखाउनु भयो। तर तपाइले नेपाल जस्तो ठाँउमा “Lust” सम्बन्धित कथा दर्शकमाझ प्रस्तुत गर्छु भनेर आट गर्ने हिम्मत चैं मान्नुपर्छ । अहिले पुरातन मेकिङमा रमाउनेहरुले पक्कै यहि सोचेको हुनुपर्छ ।

नेपाली टेलीभिजनमा हेर्नेलायक गुणस्तरीय सामाग्रीका लागि चिनिन्छिन, संगीता श्रेष्ठ । म्यूजिक भिडियो निर्देशनमा महिला निर्देशिकहरुको खडेरीबिचमा संगीता एउटा यस्तो अपवाद हुन जो चल्तिका म्यूजिक भडियो निर्देशक सरह पारीश्रमिक लिन्छिन् । संगीता श्रेष्ठद्वारा निर्देशित उनको पहिलो चलचित्रको ट्रेलर र गीतमा देखिएको प्रियंका कार्की र प्रमोद अग्रहरीबिचको अन्तरङ्ग दृश्यले पछिल्लो समय (खै किन हो ?) निक्कै चर्चा कमाएको छ। यूट्युबमा आएको "रातको कुरा" बोलको गीतको एउटा अंश रहेको त्यस दृश्यले महिलाका कुरा महिला निर्देशकको निर्देशनबाट कसरी अाउन सक्छ यो तारीफयोग्य छ । चलचित्रसम्बन्धी चाँसो रहने सबैमा यो कन्टेन्टले लगभग आगो नै लगायो र केहि समयपछि सार्वजनिक भएको ट्रेलरले त झन त्यो आगोमा घ्यू थप्ने काम गरिदियो ।

त्यसपछि त्यहि भयो जुन नेपालमा पछिल्लो समय सामाजिक सञ्जालमा मानिसहरुको संलग्नता बढ्ने कारण बन्न थाल्छ । भयो के भने केहि व्यक्तिहरुले ट्रेलरमा सार्वजनिक त्यस दृश्यलाई काटकुट गरेर यूट्युबमा आफ्नो च्यानलप्रति मानिसहरुको ध्यान आकर्षित गर्न त्यसलाई गलत मनसायसहित राखियो ।

यसरि केहि स्वार्थि व्यक्तिहरुले आफ्नो फाइदाको लागि गलत सामाग्री सम्प्रेषण गर्ने, सानो मुद्दालाइ नचाहिदो व्याख्या गरेर हिट गराउनैका लागि तल्लोस्तरको शिर्षक राखी त्यसलाई व्यापक रुप दिने कार्य भएको भने यो पहिलो पटक हैन । यस्ता गतिविधिमा थुप्रै चलचित्रकर्मीको बेलाबखत आपत्तिसहितका खबर सुनिराखिएको छ। यस विषयमा चलचित्र र चलचित्रकर्मीको विकास र प्रवर्धनको लागि गठित चलचित्र बिकास बोर्ड बेखबर हो या सुनेर पनि नसुनी बसेको हो यो भने अचम्म छ । चलचित्रसंग सम्बन्धित कलाकार निर्माता निर्देशक सङ्गीतकार र यस पेशालार्इ समाजको एेना बनाउन दिनरात नभनी लाग्नेहरुका लागि डरलाग्दो हो । कथा काठमाण्डाैको विषयमा पनि झण्डै यस्तै भय बनाउने काम भएको जस्तो की बोर्ड यूट्यूबमा अाधिकारीक च्यानल र त्यस च्यानलमा अपलोडभएका सामाग्री र चोरीएको सामाग्री अरुकुनै च्यानलमा अपलोड गरीएको फरक छुट्याउन सक्दैन ।

अहिले चलचित्र “कथा काठमाडौँ”को रिलिजको दुइ साता अघि आएर “हाम्रो” चलचित्र बिकास बोर्डले माथि उल्लेखित भएजस्तै एउटा गलत तत्वले बनाएको च्यानलको लिङ्क पठाएर चलचित्रको निर्मातालाई आफ्नो चलचित्रको प्रोमो हटा भन्ने अादेश दिन्छ नत्र... । जसका कारण यस चलचित्रसंगसम्बन्धीत सबै कलाकार निर्माता निर्देशकले ठूलै अपधार पो भयो की भन्ने थ्रेटको सामना गर्नुपरेको छ । यसलार्इ सम्बन्धित निकायले एउटा कुरा के बुझौं भने यस्तो प्रि-सेन्सरसिपको गतिविधिले यो क्षेत्रको मनोबल गिराएको छ । असोज १२ गते प्रदर्शनमा आउन लागेको यो चलचित्रको रिलिज अन्यौलमा परेको छ ।

हो, अहिले नेपाली समाजमा बढिरहेको यौनजन्य हिंसाले देशको अनुहारमा नराम्रो दाग लगाएको छ यो निक्कै संबेदनशील विषय हो तर एउटा सटिक प्रस्तुतिसहितको सामाग्रीले मानिसको सोंचमा केही न केही भूँइचालो ल्याउने ताकत राख्नसक्छ । फेरी अर्को जमात होलान जस अनुसार यस्ता सामाग्रीले समाजमा नकारात्मक सोंच बढाउन प्रोत्साहन गर्छ भन्नेहरुका लागि एउटा प्रश्न "इन्टरनेटबाट अाफूलार्इ मनलाग्दो सामाग्री सहजै हेर्न पढ्न र सुन्न सकिने देशमा बलात्कारीलाई प्रोत्साहन गर्न कथा काठमाडौँको त्यो दृश्यले कस्तो भूमिका खेल्छ ?" के चलचित्र बिकास बोर्डले "एटिएम" र "कथा काठमाडौँ" बीचको फरक छुट्याउन सक्दैन ? के चलचित्रको निर्माण पक्षले दर्ता गर्नु अघि यो चलचित्रको स्क्रिप्ट बिकास बोर्डमा पेश गरेन ? के नेपाली चलचित्रमा महिलाका विषय उनीहरुको समस्या पुरुषसोच अनुसार अायो अथवा एउटा पुरुषले पस्कियो भने मात्र स्विकार्ने ? सोंच बदलौं एक्लै एउटा मत लिएर अघि बढ्न सकिन्न महिला हिंसामा महिलाको पीडा महिला स्वयंमले सजिव वयान गर्नसक्छिन् यो काम अरु कसैले गर्नै सक्दैन । कसैबाट पनि मनोबल गिराउने कोशिस नहोस् ।

जे होस् सङ्गीता जी, महिला हिंसा र बलात्कारको दृश्यलाई प्रभावकारी ढंगमा प्रस्तुत गर्न खोजेको तपाइको प्रयासले तपाइको पहिलो चलचित्रलाई कहाँ सम्म पुर्याउछ त्यो जिम्मा दर्शकमाथी छाड्नुस् । बोर्डको अगूवा एउटा महिला नै हुनुहुन्छ र हामी विश्वस्त छौं वहाँले कन्टेन्टको मर्म अवश्य मर्न दिनुहुन्न वास्तविकता स्विकार्ने ताकत महिलामा हुन्छ । चलचित्र सफलताको शुभकामना !



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.