"शत्रुगते" समीक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

"शत्रुगते" समीक्षा




   मन्दिप गाैतम - Mar 26 2018

बहुप्रतिक्षित "शत्रुगते" यो साताबाट देशव्यापी रुपमा प्रदर्शन भैरहेको छ । मह संचारको प्रस्तुति किरण के सीको यस चलचित्रले लामो समयपछी फेरी मह जोडीलाई ठुलो पर्दामा ल्याएको छ । जानौं के शत्रुगतेले दर्शकहरुको मन कति जीत्न सक्नेछ ? 

प्लट
पल शाह र आचल शर्मा एकै कोलोनीमा बस्ने छिमेकि हुन् र दुवै एकअर्कालार्इ प्रेम गर्छन् । उनीहरुको बिवाह पक्का छ तर पलका बुवा हरिबंश आचार्यलार्इ एउटा भ्रष्ट नेता रमेश रंजन झाको छोरी आचलसंग आफ्नो छोराको विवाह गराउनु छैन । बिवाह नजिकिदै हुन्छ र त्यहि कोलोनीमा बस्न आइपुग्छन् राहु ..राहुल अर्थात दीपक राज गिरि । दीपकको आगमनले कोलोनीमा के कस्तो हलचल मचाउछ, पल र आचलको विवाहलार्इ कुन मोडसम्म पुर्याउछ । यो सबै जान्न यहाँहरुले चलचित्र "शत्रुगते" हेर्नपर्ने हुन्छ । 

कथा, पटकथा र संवाद
हरिबंशको कथा, दीपकराज गिरि र निर्देशक प्रदीप भट्टराईको पटकथा र संवादमा फेरी हरिबंश र प्रदीप ।  "शत्रुगते" एउटा उत्कृष्ट लेखनको उदाहरण बनेको छ । हरिबंशको कथा पृथक लाग्दछ, प्रदीप र दीपकको पटकथा निक्कै फास्ट पेस र इन्गेजिंग छ । थुप्रै ठुलो नामहरुलाई ठुलो पर्दामा उत्तिकै महत्व दिन पटकथा सफल छ, तर पल र अचलको सुरुवातको रोमान्सका दृश्यहरु अलि थोरै भएको महसुस हुन्छ । त्यसै कारण पनि पलको उपस्थिति अन्य कलाकारको तुलनामा निक्कै कमजोर लाग्दछ । 
संवादहरु उत्कृष्ट छन् । रमाइलो संवादहरुले उत्कृष्ट पटकथालार्इ अझ अव्वल बनाएको छ । तर पहिलो हाफका धेरै संवादहरुमा अलि बढी नै मेहेनत गर्न खोजिएको प्रष्ट बुझिन्छ । फाटफुटका केहि संवादहरु भने निक्कै चिप हुन पुगेका छन् । 
समग्रमा थोरै समस्या भएता पनि "शत्रुगते"को लेखन यसको मुख्य नायक हो ।


पात्रहरु
मदन कृष्ण श्रेष्ठ, दीपाश्री निरौला, किरण केसी, बसुन्धरा भुसाल, राजाराम पौडेल सबैले कथाको माग अनुसार आफ्नो उपस्थितिले चलचित्रलार्इ थप सशक्त बनाएका छन् । पल, आचल ओझेलमा परेका भने छैनन् न त अग्रज कलाकारहरुको सामु कमजोर नै देखिएका छन् । आफ्नो काम धेरै हदसम्म राम्रो गरेर चलचित्रमा राम्रो योगदान दिएका छन् । शिवहरी पौडेल र रमेश रंजन झा उत्कृष्ट छन् त्यस्तै प्रियंका कार्कीले प्रभाव पार्दछिन् । हरिबंश आचार्यले एकपटक फेरी आफ्नो उत्कृष्ट कामहरुको लामो सुचीमा शत्रुगते पनि थपेका छन् । दर्शकहरुलाई हरिबंशको पात्रसंग प्रेम हुनेछ । 
चलचित्रमा बाकि सबै कलाकारहरुको प्रस्तुति अव्वल छ, कलाकारहरुको टोलीबाट सबै भन्दा उल्लेखनीय नाम भने दीपक राज गिरि रहेको छ । शत्रुगतेको सरप्राइज शत्रु, तर दर्शकहरुको मनमा धेरै लामो समयमा यो पात्र याद रहनेछ । पात्र नै उत्कृष्ट छ र दीपकले सहजताको साथमा त्यसलाई थप उत्कृष्ट बनाएका छन् । हुन त लामो समय अभिनयलार्इ खर्चीसकेका दीपक राज गिरिले अभिनयमा केहि बर्ष यता मारेको फड्को उल्लेखनीय छ ।

संगीत र प्राविधिक पक्ष
काली प्रसाद बास्कोटाको “पिरतीको बर्को” उत्कृष्ट छ , तर चलचित्रमा पल-आचलको प्रेम सम्बन्धमा धेरै समय नखर्चिएको कारण यस गीतको स्थानलार्इ भने न्याय अलि नभएको हो कि जस्तो अनुभव हुन्छ । यस गीतको नृत्य निर्देशन भने राम्रो छ । अर्को गीत “रुपी मोहनी” चलचित्र रिलिज हुनु अघि नै ब्यापक सफलता हात पार्न सफल भैसकेको छ । टंक बुढाथोकीको यस गीतले दर्शकहरुलाई नचाउने पक्का छ । 
दिर्घ गुरुङको छायांकन प्रसंशनीय छ । मित्र गुरुङको सम्पादन ठिक छ, चलचित्र सुरु देखि उत्कृष्ट फ्लोमा बग्दछ ...कता कता भने थोरै समस्या अवश्य देखिन्छ । सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर यसपटक भने मध्यम मात्र छ । 

निर्देशन
"जात्रा" फेम प्रदीप भट्टराईले आफ्नो पहिलो चलचित्रबाट नै आफ्नो खुबी दर्शकमाझ प्रस्तुत गरिसकेको छन् ।आफ्नो दोश्रो चलचित्रमै तीन पुस्ताका अत्याधिक रुचाइएका कलाकारलार्इ लिएर एउटा २ घण्टाको चलचित्रमा अटाउने उनको सोच तारिफयोग्य छ । अर्को तारिफयोग्य कुरा भनेको नेपाली दर्शकहरुले धेरै लामो समयदेखि एउटा राम्रो पारिवारिक ड्रामा हेर्न पाइरहेको थिएनन् । प्रदीपले शत्रुगतेलार्इ यो जनराको उत्कृष्ट चलचित्र बनाउन पनि सफल भए । उनको यो उत्कृष्ट कामले थुप्रै चलचित्रकर्मी युवाहरुलाई प्रेरित अवस्य गर्दछ । ठुलो काम गर्दा साना साना छुटपुट त भेटि हालिन्छ, केहि केहि ठाँउमा त्यो छुटपुट महसुस भने हुन्छ तर निर्देशक भट्टराईले चलचित्रलार्इ यस्तो बेगमा भगाएका छन् कि त्यो सबै कुराहरुमा कसैलाई सोच्ने फुर्सद नै रहदैन ।

समीकरण
समग्रमा भन्नुपर्दा, जुनसुकै वर्ग, जुनसुकै लिङ्ग, जुनसुकै उमेर समूहका मानिसहरुले जुनसुकै अवस्थामा हेर्दा पनि चलचित्र “शत्रु गते”ले मनोरञ्जन दिने पक्का हो । सिक्वलको चल्ती भैरहेको बेला अचम्म नहोला यदि यो टिम फेरी एकपटक केहि समय पछी “शत्रु गते २” लिएर दर्शा माझ उपस्थित भए । धेरै दर्शकहरुलाई प्रतीक्षा रहनेछ ।

रेटिंग : ४/५ 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.