मुल सडकको दुर गल्ली छेउ
म मेरो अव्यवस्थित शरीर समाल्दै
ज्युने र जियाउने प्रयासमा लागेको छु
दिनमा हैन रातमा हैन
कोलाहाल बिच मेरो निन्द्रा खुलेको छ ।।
दिनलाई सोच्दा सोच्दै रात सम्म पुर्याउछु
पिडालाई भाग लगाउन हृदय ढोका खुलाउछु
जहाँ एक खण्ड पिर अर्को खण्ड आँसु पाउछु
म दुबैलाई अंगालोमा लिई
रातको गहिरो खाल्डोमा पुरिएको पाउछु ।।
म त बूढो भएछु
जिर्ण यो शरीर भएछ
किनकी भारै भारले थिचिएछु
महंगीको महल छेउ सस्तो म
मारै मारले किचिएछु
खुल्ला आकाशले ओताउनु कति
गुनेगारको धारै धारले चुटिएछु
भो गल्ली देखि चिच्याए
महल सम्म स्वर पुग्दैन
झुप्रो ढल्यो महल उठयो
त्यसैले डरै डरले मिचिएछु ।।
जिर्ण द्वारबाट आशाका बिहानी किरण
सन्त्रास फैलिएको भित्तामा बज्रन्छ
एक अन्धकारले छोपेको कुनाबाट
एक जोडि परेवा उड्छन
शान्तीको सन्देश बोक्दै
फेरि महल ढल्छ
झुप्रो महलमा गनिन्छ ।।
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: