सम्झिदा आफ्नै बिगत
ती च्यातिएको घाङ्गर
घुम्रीएको कपाल
महिनौद्खी नाङ्गिएको गोडा
रोकिएको पढाई
लुकिएको हासो
नचाहेरै बर्सिएको नयन
भो नसोध कोहि कहाँ कहाँ झर्छ आँसु ?
कुनै क्षण कामबाट ढिलो घर फर्कदा
आगनिको डिलबाट पैताला उचालिउचालि
नयनहरु घुमाउने आमाबाबा
आज पनि रुदै होलान,
मेरो छटपटाहटमा रुन्छ्न होला,
मेरो बेखबरमा रुन्छ्न होला,
कुनै दिन फोनको प्रतीक्षामा रुन्छन होला,
यदि सबै गाउँमा सुविधासम्पन्न कलेज
र रोजगार भएको भए
आज म तिनै आमाबाको काखमा हुन्थे होला
तर कस्ले सुन्छ हामीलाई ?
कस्ले बुझ्छ हामीलाई ?
त्यसैले त उता आमाबा
यता म विलाप गर्दै छु
अनि कसरी सोधु
ए आमा ए बाबा
कहाँ कहाँ झर्छ आँसु भनेर ?
यो विरानो शहर मतलबी मान्छे
माया कम घृणा धेरै
सत्य थोरै नाटक धेरै
विस्वास कम स्वर्थ धेरै
ज्याला कम कर्म धेरै
बसाइ मेरो घर अरुको
महिना बित्छ खल्त्ती रित्तो
नतिजा शुन्या
भो नसोध कोहि
कहाँ कहाँ झर्छ आँसु ??
आश लाग्दो हो ती बुढी आमालाई
छोरिले चोली फेर्देला कि भनी
आश गर्दा हुन ती बुढा बाबा
छोरिले नयाँ ढाकाको टोपी सिलाइदेला भनी
बाटो हेर्दा हुन ती साना साना भाइ बहिनी
दिदिले मिठाई लेराइदेला भनि
तर रित्तो खल्ती
सपनाको भणडार
भो नसोध कोहि कहाँ कहाँ झर्छ आँसु?
उत्तर आफैभित्र उकुसमुकुस भएको छ
भो कोहि नसोध कहाँ कहाँ झर्छ आँसु ??
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: