सुनसान रातको चिसो हावामा,
म आफैंलाई भेट्न खोज्छु,
व्यस्त शहरको भीडभाडमा,
म आफैंलाई हराउन दिन्छु ।
न कुनै आवाज, न कुनै साथ,
छायाँ मात्र मेरो संग छ,
मनका भित्ता टासिएका सपनाहरू,
टुक्रिएर बिलाइसके छन् ।
हासोहरूसँग सम्झौता गरेँ,
आँसुहरूसँग सन्धि गरें,
तर यो मुटु अझै सोधिरहन्छ,
किन यस्तो एक्लोपन भरेको छ ?
साथीहरू छन्, तर खै साथ ?
भीड छ, तर मन किन सुनसान ?
शब्दहरूले भर्ने खोजेँ यो खालीपन,
तर कविता आफैं टुहुरो बन्यो आज !
Liked by: