समाउनलाई अगाडि बढेका ति कोमल हात छुटे,
ए ... सुनन् !! भन्दै कुरा गर्नेहरूको बात छुटे।
जब देखि शून्यता मा पुगेँ आफ्नो भन्नेहरुको साथ छुटे ,
अब कसको आस गर्ने र खै? पोको पारी राखेको विश्वास टुटे।।
भन्न अब के नै रह्यो र सम्झना बाहेक सपनी मा चोपली मारेको सपना फुटे।
मनभरी सजाएका इच्छा चाहना झर्लम्म बजारिएको सिसा झैं फुटे ।।
अब कसको आस गर्ने र खै ? पोको पारी राखेको विश्वास टुटे।
Liked by: