बुवा आमा बिना,
म केही होइन,
शून्य सागर, उज्यालो बिहीन ।
जरा बिहीन रूख जस्तै...।
आमा,
तिम्रो काख
मेरो पहिलो मन्दिर हो,
जहाँ प्रेमको आरती जलिरहन्छ ।
तिम्रो ममता बिना जीवन शुन्य,
बिनासूर्यको दिनजस्तै अन्धकार रहन्छ ।
बुवा,
तिमी मेरै लागि जलिरह्यौ,
म बलियो बनुँ भनेर, आफैँ गलिरह्यौ ।
तिम्रो हरेक पसिनाको थोपा,
मेरो सपनाको खुड्किलो बनिरह्यो ।
बुवा-आमा,
मेरा भगवान हो, जसलाई म पूज्छु,
न मन्दिरमा,
न त कुनै मूर्तिमा,
तर,
मनको मन्दिरमा,
आत्माको उज्यालोमा,
जहाँ बुवा-आमाको छायाँ सधैँ रहिरहोस् ।
Liked by: