छेडि पहाडबिचबाट झुलुक्क झुल्छ
विस्तार हुन्छ सुरुमा अनि विन्दु बन्छ ।
देखेर दाजु अनि भाइ रमेर हेर्छन्
ती सूर्यका किरणले अनुहार फेर्छन् ।।
धर्ती बल्याे झिलिमिली अब रम्न थाले
उत्साह दिन्छ नभमा नव त्याे प्रभाले ।
चिर्बिरका ध्वनिसँगै चरी उढ्छ फर्र ।
गद्गद् भई गगनले अनुहार फेर्छ ।।
ज्वाला छर्याे भुवनमा रविले प्रभात
बन्नेछ एकदिन विश्व अवश्य दीप्त ।
भर्दै सुभाव भवमा मनकाे निराशा
टाडा भई सुखसुखै दिलमा दिलाशा ।।
याे धर्ती चम्कन पुग्याे उसकै रवाफ
एकापसी सुहृद भाव रहेछ साफ ।
सारा तमाेगुण हटे सुभभाव बेर्छ
केही रजाेगुण दिई अनुहार फेर्छ ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: