Chiso Yaad | Hamro Patro

ब्लग - साहित्य / 'हाम्रो कविता'

चिसो याद




   अनिल चौधरी - Feb 11 2021

म रोकिन्छु
यात्रा पनि रोकिन्छ
अघि सर्न मान्दिन म
साएद भुतकालले तर्साएर होला !
म तर्सिन्छु ।

तिमिबिनाको यो बाटोले मलाइ गिज्जाउछ
तिमिबिनाको यो यात्राले मलाइ सताउछ
मेरा दुई पाङ्गग्राहरु यहि मसितै थन्किरहेछन
यस्लाइ अघि बढाउ या यहि बिसाइदिउ ?
भन ! खै के गरु ?

आफ्नै प्रसनको उत्तरमा
अघि बढिरहेको मेरो प्रतिबिम्ब
फुलै फुल बर्सिदा ओझेल भैइदिन्छ ।
तिमिलाइ याद छ ?

बाल्यकालमा यहि फुलै फुलले सिङारेर
भबिस्यका हाम्रा घरहरु बनाएका थियौ
पछि जवानिमा यसैको सिरक बनाइ हामी ओढेका थियौ
तर आज यहि सादा चित्रजस्तै बनेकोछ

मेरो चलचित्र
म आतिन्छु , म झस्किन्छु
मुटु भित्र चिसिएर बसेका तिम्रा यादहरु
सम्झनाको रापले धुवाबनी छरिदिन्छ हरेक अंगभरी
मुख खोल्दा पनि तिम्रो याद बाफबनी निस्किदिन्छ
म के गरु ?

फुल केहीबेर बर्सिएर रोकिन्छ ।
म अघि बडछु ।
अह ! फेरि जान दिदैन मलाइ ।
एक झोका अदृश्य पर्दा उडिआइ मलाइ छोपिदिन्छ
म गुम्सिन्छु , म निस्सासिन्छु

के तिमिलाइ याद छ ?
हामी बाल्यकालमा यहि अदृश्य पर्दाभित्र
तिमी र म लुकामारी खेल्थ्यौ ।
अनि जवानिमा यहि पर्दालाई
पछेउरि बनाइ
हामी यसैमा एक हुन्थ्यौ
तर आज म एक्लैछु

एक्लै लुकामारी खेलिरहेछु
एक्लै पछेउरी बनाइ ओडिरहेछु
चिसिएका हरेक अंगहरुलाइ सेक्न खोजिरहेछु तर
कठोर मेरो शरीर झन जमेर बरफ बनिदिन्छ ।
लौन के गरु ?

हरेक चिसोमा
दाउरा जलाइ , चिया चुस्कीसङै हामी जाडो भगाउने गर्थ्यौ
आज दाउरा जस्तै जीवन पनि दन्दनी बलिरहेछ
अनि खरानी बनिरहेछन सुकेका काठझै मेरा सपनाहरू ।

तिमिलाइ पोलेको आलु ज्यादै मिठो लाग्थ्यो हगि !
म हाम्रै बारिको लोकल आलु पोलिदिन्थे
तिमी गुन्द्रुक बनाइ अझ मिठास थपिदिन्थ्यौ

तर आज वारि रित्तो छ
न गुन्द्रुक छ न आलु !
बूढो गोरुले एक्लै खेत जोत्न नसकिदो रहेछ ।

तिमी नदेखेपछी यो आकाश पनि भौतारिन्छ ।
तिमी नभएपछी यो बादल पनि रोइदिन्छ ।
यी हेर त आज पनि आकाशले मुख धोएको छैन
अनि यो बादल तिम्रो यादमा जोगि बनेकोछ ।
साच्चै तिमिलाइ अझै पनि धेरै सम्झिदा रैछन यिनिहरु ।
मैले जस्तै !

मेरो माया मसित छैन
मेरो छाया मसित छैन
भुल्न नखोजेको पनि हैन
तर तिमिबिना मेरो सास पनि चल्न मान्दैन ।
म हराउछु , आफैभित्र पनि हराउछु
हराउदा हराउदै कहाँ पुग्छु थाह हुन्न मलाइ
अचानक ! म देख्छु , तिमी पनि मलाइ पर्खेर बस्दी हो
मेरो यादमा तिमी पनि आँसु पुछ्दी हो
तर एक्कासी मेरा बिपनाले संख फुकेपछी
लाग्छ म यहि चिच्चाइरहेछु ।

तिमि गएदेखि मेरा खुसी पनि तिमिसितै गए
शरीर त छ तर मन भने तिमिसङै भैदिए
आज म छु । तिमी छैनौ ।
तिम्रो याद छ । तिम्रो साथ छैन ।

बिपना छ । सपना छैन ।
सम्झना छ । कलपना छैन ।
तिमिलाइ मेरो जिवनले मात्र हैन
जिन्दगीले पनि त्यतिनै खोजिरहेछ
पिर नगर म छिटै तिमिलाइ लिन आउदैछु

सधैभरिको लागि
तिमी पर्खि बस्नु है ।

------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.