विन्ति गरुँ हजारै बार म देख्दैनन् काेहि पनि,
तिम्रै नामकाे भक्ति गरुँ बाेल्दैनन् देवतै पनि ।
श्रद्दा भावमा फुल चढाउँ चढ्दैन फुल कत्ति,
अगर् बत्ति राक भैसक्याे बाेल्दैनन् देवतै पनि ।
मन्दिर भित्र पसे सधैँ ईश्वरै छन पत्थरका,
हुन्छाै सफल भनी भिराइ दिए माला जन्तरका ।
श्लाेक पढि रहेछु तिम्रै, घुस्दैन कत्ति पनि,
तस्विर राखे मेरै अघि चल्दैनन् देवतै पनि ।
भाग्य बदलु भनी यहाँ उठाए सदैव हात,
पेटै पाल्न साराे भाे मलाई मिलेन कतै भात ।
मिल्छ कि काम भनी जपि रहे हजारै नाम कति,
आउँछन् कि हात् दिनै भने आएनन् देवतै पनि ।
भन्छाै सब हुन समान , छैनन मानवै किन,
राेजेरै बलि माग्छाै तिमी प्राणै छ र पाे दिन ।
अझुक पारी आउने यहाँ रच्ने रचियता पनि,
रक्त भाेगमा सामेल किन हुन्छाै देवतै पनि ?
खेलीरहेछन् काेहि यहाँ हर्षकाे विश्व खेलमा,
डुबी रहेछन् मानव सबै आँशुकाे यै भेलमा ।
उडाएरै लिन्छाै सधैँ खाडिमै तिम्राे घर छनि,
सन्दुककाे शव् दाह लिन आउँछन् देवतै पनि ।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: