किन यति धेरै मिठाे लाग्छ, एकान्त मलाई किन यति धेरै न्यानाे लाग्छ, शून्यता मलाई म, मेराे श्वास र मेराे धड्कन श्वास-प्रस्वास काे मिठाे सरगम
किन यति धेरै मिठाे लाग्छ, एकान्त मलाई
किन यति धेरै न्यानाे लाग्छ, शून्यता मलाई
म, मेराे श्वास र मेराे धड्कन
श्वास-प्रस्वास काे मिठाे सरगम
काेही नहाेस, केवल म र मेराे मन
मेराे मसंगकाे अाफ्नाेपन, रित्ताे मन
खाली क्यानभास जस्ताे हाेस जीवन
म अाफै भर्न सकुं त्यसमा सुनाैलाे रंग
किन यति धेरै मीठाे लाग्छ, एकान्त मलाई
किन यति धेरै मिठाे लाग्छ, शून्यता मलाई
रहर रहर नै रहीरह्याे
मेराे स्वप्न शहर बहीगयाे
कलकल बग्ने मेराे ईच्छा
खाली सुख्खा बगर भईगयाे
जीवनपाष बाेझील सास भयाे
न उद्धेश्य न अास बाकि रह्याे
किन यति धेरै मिठाे लाग्छ, एकान्त मलाई
किन यति धेरै न्यानाे लाग्छ, शून्यता मलाई
म, मेराे श्वास र मेराे धड्कन
श्वास-प्रस्वास काे मिठाे सरगम
काेही नहाेस,केवल म र मेराे मन
मेराे मसंगकाे अाफ्नाेपन, रित्ताे मन
खाली क्यानभाष जस्ताे हाेस जीवन
म अाफै भर्न सकु त्यसमा सुनाैलाे रंग।।।
--
अाभा गाैतम
[email protected]
----
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः [email protected] | धन्यवाद ।
Liked by: