म बुझ्छु
उसका ती मौनताका भावहरु
अनि गन्तव्य विहिन यात्राहरु
जीवन के हो ??
उसले नभोगेको होइन।
तर आज
उ लक्ष्य विहिन छ।
बाको फाटेको कोटले
अनि
आमाको च्यातिएको चोलीले
उसलाई रमाउन दिएको छैन।
मन बेचैनले भरिएको छ।।
आँखा घरि खाडी मुलुकको
बाटो हेर्छन।
घरि बुढा ती बा आमाको
अनुहार हेर्छन्।।
अनि सल्बलाउन छन्
कर्मशील ती हातहरू
दुई छाक नपुग्ने त्यो नाथे
जागीरको लागि।।
उसलाई कसैसँग केही
गुनासो गर्नु छैन्।।
बस साझा बिहान,
दुई छाक टार्न सके पुग्छ।।
बुढा ती बा आमाको अनुहारमा
खुसि भर्न सके पुग्छ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: