नमन् मेरा गुरुहरु
भनिन्छ,
गरु देवो भव:
अर्थात् "गुरु नै भगवान् हुन्"
आज दुई शब्द
ति
मेरा जिबनको उज्यालो दियोहरुलाई
जसलाई थाहा छ "आफु सिद्दिन्छु भन्ने"!
तर उज्यालो छर्न कहिल्यै छोड्नु भएन
सदैव आफू सकिएर अरुलाई पुर्ण बनाउनु भयो
जीवन देखि हरेस खायका अनगिनत नैरास्य ताराहरुलाई
आकाश ढाकिने गरि चम्काउनु भो
साच्चै
सम्पत्तिको अभावमा
अह! म सक्दिन भनी किताब कोप्चामा फालि
मुग्लान निस्केको मलाई -आधा बाटोबाटै
पर्दैन स्कुलको शुल्क तिर्न; आउ पढ! भन्ने सरलाई
अझै त्यहि स्कुलमा रु. १५०००मा पढाइरहेकोे देख्छु
अझै उस्तै जोश र जागरका साथ
कहिलेकाहीँ भेटहुदा, जिस्काउनु हुन्छ " मुग्लान कस्तो छ।"
गुरु,
जसले हामीलाई सफल बनायर गए
आज हामी सवैेले भुलि सकेका छौ, तितो अतीत जसरि
हामीलाई सफलताको सिखरमा पुरगाएर
आफू कतै अन्धमरकारमा हराउँदै हुनुहुन्छ
हामी स्टेजको सुसज्जित सोफामा बस्दा
हामीलाई ´ क,ख अनि A, B,C` पढाउने गुरु
पछाडी थोत्रो वेन्चमा बसेर फुलेको कपाल र दारिमा
मुसूक्क मुस्कुराउदै हुनुहुन्छ
हाम्रो सफलता देखेर।
गुरु
एक आदर्श हुन्
टिम्टिमाउदा ताराहरु बिचमा चहकिलो चन्द्रमा झै निश्चल
आफ्नोलागि भन्दा छात्र/छात्राको भविस्य सोच्ने
आफू जस्तोसुकै होस् तर शिष्यहरु महान वनेको हेर्न चाहने
शिक्षाक्षेत्रका मात्र नभएर
सम्पूर्ण प्रिय गुरुहरु एक पटक फेरि नमन्।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: