चिप्लिएर अचानक कोही
भुइँमा लड्दा
केही त्यो दृश्यमा
खित्काछाडी हाँसे
तर, एउटा अर्को भने
ऊनेर गएर
उसको सहारा बन्यो र
उसलाई उठाइ दियो
यो देखेर
पीडामा पनि
उसका आँखामा मुस्कान छायो
त्यो मुस्कान पढेर
सहारा दिनेको मन पनि
प्रसन्नतामा नुहायो
अनि, ऊ हाँस्यो मुसुक्क
मनमनै
एउटा हाँसो कसैको
व्यथाको उपज थियो
अर्को, कसैको प्रसन्नताको
फरक थियोे उही
जमिन- आकाशको।
Liked by: