हजारौं सपना उड्छन् यहाँ यकै दिनमा,
फेरी मर्छन् पनि एकै छिनमा।
तेहिभित्रको एउटा,
सपना म पनि होला सायद,
भविष्य देखाउने नभएर हो कि,
खै मैले भविष्य नदेखेको हो,
या त सबैको रोजाइ नै बिदेश हो।
आफ्ना आफन्त सबै छोडी,
यक्लोपन्लाइ समाल्न जनिसकेको म,
जिम्मेवारी बोक्न जानेको म,
हाँस्न खोज्दा हासो,
नआउदा पनि झूठो हासो देखाउन जानेको म।
बस, मेरो सपना बाहेक,
सबै कुरा जानेको म।
हो,
सपना उड्छन् यहाँ यकै दिनमा,
मर्छन् पनि एकै छिनमा।
भविष्य देखाउने नभएर हो कि,
खै मैले भविष्य नदेखेको हो,
या त सबैको रोजाइ नै बिदेश हो।
यहाँ म मात्र होइन, हजारौंको भिड्ड छ,
बस, कमाईको लागि मात्र बिदेशीनलाई।
ती आशा, ती सपना, कोही बिलाइ जान्छ,
त कुनै फर्किन्छ।
आशा त हजारौं थिए तरपनि,
बन्दगी बनाउन बाध्य भयो।
गरिब हो सहायक रोजी रोटी कमाउन धम्म पर्छ,
त्यसैले होला आखिर सबैको,
रोजाइ पनि बिदेश नै त रहेछ,
बसौं भनेपछि कसरी बस्ने,
कमाईको रोजि रोटीले,
बस खानलाई पुग्छ।
यस्तो तालले हुदैन,
बस, मनमा गाथो कसेर, अबत बिदेशमा लाग्नुपर्छ,
बिदेशी लहर झन झन बढ्दै गाँस।
जागिर नभएको त ठिकै थियो,
अब त जागिर भएको रोजाइ पनि त बिदेश भास्छ।
बिदेश जाने युवाको लहर झन झन बढ्दै गाँस।
किन?
खै देशको हालत उस्तै छ।
बिदेश जान्छु भन्दा गोली चलाउछ,
मान्छे मार्छ।
मग्न भएर यहाँ यकै छिन सोच्छु।
अबत फेरि देशमा रानाको शासन आयो।
हो।
सपना उड्छन् यहाँ यकै दिनमा,
मर्छन् पनि एकै छिनमा।
भविष्य देखाउने नभएर हो कि,
खै मैले भविष्य नदेखेको हो,
या त सबैको रोजाइ नै बिदेश हो।
Liked by: