घना जङ्गल भित्र
ओडारको बास बनाइ
बाच्ने सामर्थ्यता गर्दै छु म
कन्दमूलको गाँस बनाइ
बाटोहरु खुट्टाले बनाउछ
आराम दिनभरीको जङ्गल सफरले
निन्द्रा थकाइले लाग्दो रहेछ
अरुभन्दा फरक म ढुङ्गा मान्छे बोल्दै छु।
यी पाइलाले धुरीहरु छैनन
खोचहरुले सधै जिस्काइरहन्छन
गन्तव्य बीहिनको बेसुरे खोलाले
मृत्युको चेतावनी दिदै धम्काइरहन्छ
भित्ताबाट मुहान बनाएका , रसाएका पानीले
भन्छन प्यास लागे पिउन सक्छौं
लहराले नीउ खोज्दै अल्झाइ रहन्छ
म रिस कामुम राखी मुस्कुराउदै
रुखलाइ अङ्गालो मार्छु
रुख म सङ्ग रिसाउदै मेरो इज्जत माथी
दाग लगाउन नखोज भनेर धम्की दिन्छ
साना ठूला जीवहरु संयाेगले भेट हुदा
मज्जाले फाइदा उठाउन खोज्छ
मोहनी झारले यसरी मोहनी लगायो
नाथे काडाले मलाई हेप्दै नराम्री घोच्छ
अँध्यारो ओडारले बास त दियो
आफै उज्यालो खोजी राको छ
चट्टान झुक्केर ठोकिदा आगो बल्यो
स्वार्थी ओडारले न्यानो काख फिजारिदियो
ढुङ्गा माथी अडेस लगाइ
पर्स्याउलाको विस्तारा बनाइ
कन्दमूलको आहाराले
भित्ते रसाएका पानीले प्यास मेटी
नाथे जिन्दगीको हरेक पल बिताइ रहेको छु
अरुभन्दा फरक , कठिन र थकित म ढुङ्गा मान्छे बोल्दै छु।
Liked by: