साबुनको फोका जस्तो झिलिमिली दियो जस्तो..
साबुनको फोका जस्तो
झिलिमिली दियो जस्तो..
पिलिक्क-पिलिक्क जुनकिरा जस्तो
डोजरले माटो खेले जस्तो..
अनि आकासमा उदिरहने प्यारासुट जस्तो
उसलाई हेर्दा म कहिले पनि तृप्त हुन सक्दिनथें..
जति हेर्यो उति हेरु हेरु लाग्ने उस्को मुहार उफ
मलाइ येस्तो लाग्थ्यो..
उसलाई बनाएका कण-कणले कुनै जमानामा यी तारापुञ्ज बनेका होलान्
यी ग्रह नक्षेत्र बनेका होलान्...
म उसको रुपमा कला देख्थें
उसको कपालमा हावा नाचिरहन्थ्यो..
उस्को छुनुमुनुपनमा म समुन्द्रको छाल र किनारको रमझम देख्थें
उस्को अदा अदामा म सम्मोहित हुन्थें..
म हनुमान भएको भए, अरे! छाती चिरेर देखाइ दिन्थे कि तिमी मेरो मुटुमा बसेकी छ्यौ प्रिय् !!
....
कल्पनामानै !!
कल्पनामानै समय गुज्रियो।
लपन सपन अनि छक्का पञ्जा न जानेसि हैट..
येस्तै हुने रै'छ!!
यार येस्तै हुने रै'छ!!
: अनिल कोजू
[email protected]
भक्तपुर, नेपाल
Liked by: