बोकेर ठूलो बिचार म के गरुँ
खाली छ यो निधार म के गरुँ
सयसम्म पनि कमाइ छैन मेरो
अभाव माग्छ हजार म के गरुँ
बिजुली बनेर तिमी आएनौ
बनेर खम्बाको तार म के गरुँ
बैसाखी टेकेर हिड्दैछु आफू त
सुनेर कसैको गुहार म के गरुँ
जिउँन सक्दिनँ आवारा बनेर
काल गर्दैन स्विकार म के गरुँ
Liked by: