सर्वथा नांगा छालाहरुले
प्वाँखहरुको भुत्ले वस्त्र
पहिरिन थालेपछि
कलिला तिम्रा पखेटाहरु
केही वयस्क भएपछि
छोटो दूरीको उडानसँगै
दंगदास तिमी रमाइरहँदा
खूब हराउँथ्यौँ हामी
त्यो बालसुलभ मोहनीसँगै |
उड्ने अभ्यासमा
अभ्यस्त हुँदैजाँदा
हरेकदिन,
अलि पर, अल्लि पर.....
गर्दागर्दै अचानक
क्षितीजपारि पुग्यौ
आफैँमाथिको आकाश ओडेर
वायुवेगमा बतासिँदै
डाँडा, कान्ला, खोल्सी
पहराहरु नाघेर
खै, कुन्नि कहाँको
कुन धर्तीमा अडियौ ?
तिम्रै वियोगको पीडामा
अर्धविक्षिप्त र अर्धमुर्छित
आफ्नो बाबाको
अवसानमा समेत
जब
फर्किन बिर्सियौ नि,
लाग्यो-
अब तिमी यता
कहिल्यै फर्किने छैनौ |
त्यो
क्षितीजपारिको वाटिकासँग
आफ्नो रमणीय वनको
शीतलता साटेर
परदेशी माटोको
अनौठो गन्धसँग
यो माटोको सुवास
विस्थापित गरेर
त्यो अनन्त आकाशको
बानी परेपछि
आफ्नै आकाश
साँघुरिएछ तिमीलाई |
सहस्र व्यथा शिरान गरेर
उमेरअगावै बुढिएकी
एक्ली आमाका
उदास आँखाहरुमा
एक झिल्को खुशी
भर्न पनि जब
कन्जुस्याइँ गर्यौ नि छोरा,
त्यही दिन
थाह पाएकी हुँ
तिमी नितान्त बद्लिएछौ
पंक्षी-धर्म त्यागेर
साँच्चै, तिमी त
मान्छेजस्तै पो भएछौ |सर्वथा नांगा छालाहरुले
प्वाँखहरुको भुत्ले वस्त्र
पहिरिन थालेपछि
कलिला तिम्रा पखेटाहरु
केही वयस्क भएपछि
छोटो दूरीको उडानसँगै
दंगदास तिमी रमाइरहँदा
खूब हराउँथ्यौँ हामी
त्यो बालसुलभ मोहनीसँगै |
उड्ने अभ्यासमा
अभ्यस्त हुँदैजाँदा
हरेकदिन,
अलि पर, अल्लि पर.....
गर्दागर्दै अचानक
क्षितीजपारि पुग्यौ
आफैँमाथिको आकाश ओडेर
वायुवेगमा बतासिँदै
डाँडा, कान्ला, खोल्सी
पहराहरु नाघेर
खै, कुन्नि कहाँको
कुन धर्तीमा अडियौ ?
तिम्रै वियोगको पीडामा
अर्धविक्षिप्त र अर्धमुर्छित
आफ्नो बाबाको
अवसानमा समेत
जब
फर्किन बिर्सियौ नि,
लाग्यो-
अब तिमी यता
कहिल्यै फर्किने छैनौ |
त्यो
क्षितीजपारिको वाटिकासँग
आफ्नो रमणीय वनको
शीतलता साटेर
परदेशी माटोको
अनौठो गन्धसँग
यो माटोको सुवास
विस्थापित गरेर
त्यो अनन्त आकाशको
बानी परेपछि
आफ्नै आकाश
साँघुरिएछ तिमीलाई |
सहस्र व्यथा शिरान गरेर
उमेरअगावै बुढिएकी
एक्ली आमाका
उदास आँखाहरुमा
एक झिल्को खुशी
भर्न पनि जब
कन्जुस्याइँ गर्यौ नि छोरा,
त्यही दिन
थाह पाएकी हुँ
तिमी नितान्त बद्लिएछौ
पंक्षी-धर्म त्यागेर
साँच्चै, तिमी त
मान्छेजस्तै पो भएछौ |
Liked by: