साधुको भेष लिएर,
दानव सरी बर्ह्मलुट गर्छ,
खोक्रो रक्षक हु भन्दै,
धाग, घमण्ड र आडम्बर,
लिएर सजिएको छ मेरो छिमेकी,
मुस्कान युक्त अनुहारमा,
एक चिम्टि चारो देखाउछ,
जसरी शिकारिले शिकारलाई,
पासो थापे सरह,
अनेकौं वचन प्रहार गरि,
आफू ठुलो र साहसि भएको दम्भ पेश गर्छ,
ऊ निर्लज्जाका साथ,
मेरो सीमानाको आठो मिच्छ,
अनि पुर्खाले आर्जेको माटोमा नयाँ पिलर जमाउछ,
क्षेत्र फराकिलो भए पनि,
साँघुरो मानसिकताका साथ,
मेरो बुबालाई दास सम्झिछ,
तर उसको माटोको रक्षा गर्ने,
मेरो भाइलाई बिर्सञ्छ ऊ ।
छेपाराले रङ फेरे सरह,
फेरिञ्छ उसको मन अनि बोलि,
र दानव रुपि नङग्रा गाडी,
आफूलाई बडो असल ठाञ्छ ।
ऊ बुद्ध मौन भएको सम्झञ्छ,
त्यसैले झम्टञ्छ बाज सरी मेरो स्वाभिमानमा,
तर बिर्सञ्छ कहिल्यै नघिएको खुकुरिको धार,
अनि सधैं अटल रहने चन्द्र सूर्य र सगरमाथा,
कहिले ऊ ताला लगाउछ,
नून र गुनको कुरा गरि,
मेरै पानीले प्यास मेटाई,
सबैलाई असल छिमेकी भन्दै,
खोक्रो झ्यालि पिटाउँछ मेरो छिमेकी ।
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्
Liked by: