कहाँ पुग्थ्यो जिवनमा पानको पातले अल्झायो|
भुले आफ्नै लक्ष्य मधुर उन्कै बातले अल्झायो ||
सन्सार जित्ने अभिलाशाका पाखुरिहरु गले |
स्पर्शिमय कोमल तिनै तिम्रा हातले अल्झायो||
कोही साथी बिज्नेसमा माथि कोही डक्टर बने|
आफु भने खोइ के माया भन्ने जातले अल्झायो||
न उनलाई पाए न त गन्तब्य नै चुम्न सके|
बचेको बाकी समय बिस्वास घातले अल्झायो ||
असफलताले घेरा हाले पछी लाग्छ अहिले|
भोक न निन्द्रा गफिने ति सारा रातले अल्झायो ||
दुनियामै शिरोच्च हुन्थ्यो आज पिरतिमा नलागे|
यस्तै छ खबर,फूल मायाको मातले अल्झायो ||
Liked by: