हृदयको मधुसरी प्रीती तिमि घुम्टो हाली छुपाउँछौ
छ लाजको साजसज्जा र त गालामा लाली चढ्दछ
स्वर्गालु छन ति नजर त्यतै उतै हराउँ सरी कि अर्पण गरुँ तिम्रै निम्ती शब्द अनेक थरी थरी।
सभ्यता सँस्कार लक्षिण कि महालक्ष्मी
मनहरा मुस्कानमा लवजको मृदुलतामा छ स्वर्गको आभाष छ सृजनाको माधुर्यता
चोर नयन गाजलु जो दिल चोर्छन पत्तै नपाई र बस्छन फेरी पनि मुटुभित्र चालै नपाई
तिनै आँखा खेल्दछन लुकामारी मनको पहाडका थुम्का थुम्कामा बादल जसै
कुन झरना हो केशराशी जो बगेजसरी अविरल हरिया कन्दरा पहरामा
गुलाफी पत्र हुन कि अधर जो लाल छन लाली
कि झुम्छ्न भमरा पुष्प यिनै हुन कि भनी गर्दै उकाली ओराली
ए तिम्रो अनुपस्थितीमा प्रकृती के हाँस्दी हुन ए तिमि नहुँदा इन्द्रेणी के मुस्कुराउँदि हुन
कि नदी रुक्छिन कि फूल उदासी हुन्छिन तिमी नहाँसे त निस्ताउँदा हुन कि चखेवा पनि दिन भर
कि शर्माउँछिन जून पनि हेरी तिमिलाई हरेक प्रहर
कालिदासका कविताको पङ्क्तीभरी लहरिन्थ्यौ तिमी देवकोटाको यौटा महाकाव्य तिम्रै नामको हुन्थ्यो छैनन र पो कवि तिनै अहिले
कि तिमी भईनौ त्यो बेला पहिले
कुनै शिल्पी कलाकार की कृती सरी तिमी कुँदिएकी आकृती सरी सजिव भएर भावको सरोवर छातीभित्र समाहित गरेकी
तिमी सृष्टिकर्तालाई पनि अझै मन परेकी
गोला गोला नयन ती कस्ता उज्याला
नानी अझ आँखाका निरन्तर चन्चला
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: