अन्धकारमा जूनले संसार नियालेसरी अनि
चिस्याउँदै धर्ती सुस्केरा हालेसरि,हो त्यसैगरी
छिन छिन मा नजर चोर्दै, हेर्ने बानी बस्यो
सम्झियेर तिम्रा आँखा ,चित्र केर्ने बानी बस्यो
खै के लत बस्यो येस्तो चोरले सामान ढुके जस्तो,
कक्षाको भिडबाट हेर्छु तिम्रा आँखा
कति नसालु र गहकिला चरेस फुकेजस्तो।
त्यो फुकेको केश अनि कसियेको यौवन
परेली झन उस्तै राम्रा घायल भयो यो मन
यो तन तिम्रै वरिपरि घुमिरहन्छ आजकल घरिघरि
तिम्रा आखा नसा भए म मा प से गर्न तयार
येदि स्वर्गमा तिमी छौ भने नि म आजै मर्न तयार
तिमिले दिने छडके नजर मुटु चिरी जान्छ
घरी घरी किन हेर्छौ दिमाग कल्पना मा छिरी जान्छ
यो निकै नौलो अनुभूति भैरहेछ आजभोलि
थाहा छैन कुन बाटोमा गैरहेछु आज भोलि
मेरा नजर कहाँ मान्छन तिमिलाइ नहेरी बस्न भन्दा
सोच्दैनन एक पटक पनि पहिला
तिम्रो आखाको गहिराइ मा पस्न भन्दा
हो म मान्छु म खुलेर बोलेन होला
के थाहा म तिम्रो आँखाको नशामा डुब्दै थिएँ कि
तिम्रा तिर जस्ता नजर मेरो छातीमा चुब्दै थिए कि
म घायल थिएँ कि तिम्रो अदामा
म मग्न थिएँ कि तिम्रो मदमा
खै किन बोलिन तिमिलै गुमाउने डर थियो कि
या नबोली बस् चियाइरहने पो रहर थियो कि
जे थियो तिम्रै आँखाको कमाल थियो
जे थियो तिम्रै रूपको बबाल थियो
एउटा सिमाना छ गाजलुको अनि त्यसभित्र मेरो संसार
मेरो मुटु आयात गर्यौ आफ्नो देशमा नतिरी कुनै भन्सार
मेरो सपनीमा आउने जलपरी भन्दा पनि राम्री
निस्छल तिम्रा आँखाहरु तर मन्छे अलिक चाम्री
तिम्रा कोमल हात छोपी pull गरुँ जस्तो
लाग्छ तिमी हिड्ने बाटोभरी फूल छरूँ जस्तो
रानी बनाइ राख्न मन छ यो दिलको राजधानीमा
तिम्रै कारण आजभोलि सुधार आइराछ बानिमा
युद्धभूमिमा तड्पिएको सिपाही झैँ हालत भाछ
नपर्नु मायामा परिहालेँ मेरै कारण गलत भाछ
आँखा बन्द हुना साथ तिम्रा आँखा देख्ने गर्छु
मनका बह मध्येरातमा कवितामै लेख्ने गर्छु
प्रेम गर्नु अपराध भए म निकै ठुलो अपराधी हुँ
फुर्सद पाए तिमिलाई हेर्छु म साँच्चै आवसरवाधी हुँ
तिमी पनि घरीघरी जिस्किए हुन्थ्यो लाग्छ
कि आए हुन्थ्यो कि यसरि निस्किए हुन्थ्यो लाग्छ
मानौँ हाम्रो भेट कहिल्यै भएको थिएन
मेरो नजर तिम्रो आँखा तिर पनि गएको थिएन
तर यति सजिलो कहाँ छ र चाहेजस्तो
फेरि कहाँ पाउँछु यो अनुभूति अहिले पाएजस्तो
न म तिम्रो याद गुमाउन चाहन्छु
सम्झनामै भएपनी रमाउन चाहन्छु
बस चाहन्छु त तिम्रा आँखामा आँखा मिलाउन
मैले सिकिसकेँ च्यत्तेको मन सिलाउन
तिमी नभए पनि तिम्रो तस्बिर छ्ँदै छ
जसले मलाई हेरिरहन्छ अनि मुस्काउँछ
केवल हेरि नै रहन्छ मेरो मुस्कान फुस्काउँछ
तिम्रा आँखाले एकोहोरो हेरिरहन्छन
म हराउँछु त्यसैमा ,तिम्रा यादले घेरिरहन्छन
आखिर जे थियोे तिमिसङै थियो
न पाउनु न गुमाउनु सोँच कस्तो दशा थियो
आखिर जे थियो नि प्रिया तिम्रै आँखाको नशा थियो।
Liked by: