म सम्झन्छु त्यो रात
जुन कालो थियो
तर काल थिएन
जुन बेहाल थियो
तर बुरिहाल थिएन
तिमि कुम्भकर्ण जस्तै मस्त निद्रामा थियौ
सायद उन्माद थियौ गजवार लगाएर
म चिसो भुइमा थोत्रो थाङ्नाको साहरामा
लडिबुडि खेल्दै थिए
चिच्याउथे कराउथे तर तिमिले सुनेनौ
सुन्नै चाहेनौ
कालकोठरि जस्तै लागेको थियो
मैले दिनदिनै पोत्ने कोठो पनि
किनकि मेरो पिडामा
धाप मार्न तिमि थिएनौ
तिमि संगै थियौ नजिकै थियौ
र पनि एक्लो थिए
छेवैमा अगेनामा निभ्न लागेको आगो
घरिघरि उज्यालो लिएर आउथ्यो
भुम्रो माथि परेको पुतलि
आफु बाच्नको लागि प्रयत्न गर्दा
पखेटाले उडाएको हावासंगै
हो म तेहि पुतलि जस्तै तड्पेको थिए
निभ्न लागेको भुम्रोको न्यानोपनमा
आफैलाई भुलाउथे
घरि कता कोल्टे फेर्थे
घरि बेस्मारि चिच्याउथे
तर सुन्ने कोहि थिएन
तिमि पनि आएनौ
भनेनौ प्रिया नआत्तिनु केहि हुदैन
हाम्रो प्रेमको निशानि हाम्रो खुशिको लागि
अलिकति पिडा दुख सहिदिनु भनेर
प्रसब पिडामा पनि आनन्दाभुति हुन्थ्यो
म अब पुर्ण महिला हुदैछु
मैले यो समाजको प्रश्नमा जवाफ दिदैछु
तर त्यो जवाफमा तिमिले सहि थाप्न सकेनौ
मसंगै एउटा अर्को जिवन संसार हेर्न आउदैछ
मैले पिडा सहनुपर्छ मैले दुख सहनुपर्छ
मनमनै आफैलाइ ढाडस दिन्थे मन बुझाउथे
तर तिमि आएनौ भनेनौ
प्यारि तिम्रो अलिकति पिडा हाम्रो लागि सहिदेउ
नआत्तिनु है
मनमा कुण्ठा थियो
रिसको दाग थियो
तर त्यो भन्दा फरक हाम्रो प्रेम
र रतिको अनुराग थियो
तिमीसंगको सामिप्यताको
एउटा नतिजा थियो
हामी दुईबाट एक भएपछिको
एउटा सपना तीन बनेर आउदै थियो
हर्षको पर्खाइमा म थिए
सिंगो परिवार थियो
अनि तिमि पनि
माया त औधि गर्छौ नि मलाई
थाहा छ तर
देखाउन जानेनौ है मनले यहि भन्छ
मेरो चिच्याहटमा एक्लै रोयौ होला नि ?
तर मेरो अगाडि आशु देखाएनौ है
माया भएर पनि देखाउन जानेनौ है
मेरो मनले यहि भन्छ
मनभरि माया भएर पनि छोरा मान्छे भएको
प्रमाण देखाउन आशु देखाएनौ है
तिमि निष्ठुरि त हैनौ थाहा छ
तर मायालुको प्रमाण पनि दिन सकेनौ है
निधार भरि अनगिन्ति गाठा पार्दै
निन्याउरो मुख लगाएर हेर्थ्यो
टिठ मानेर हेर्थ्यौ
तर कहिलै मेरो हात बटुल्ने प्रयास गरेनौ है
पुरातन परिवारको चंगुलबाट
मेरो ब्यथा जानेर पनि फुत्कन सकेनौ है
खैर केहि छैन
अब त तिम्रो र मेरो निशानि पनि
पखेटा हाल्न थालिसकेका छन
उडने बेला भएका छन
कति बेला मात्र कहिले उड्छन
भुर्र
हतास हुन्छु जब गुञ्जिन्छ
कति छाम पार्न सकेकि हो
त्यो कर्कश आवाज
कति दुख दिन जानेको हो
त्यो आक्रोस त्यो रिस
तर माया लाग्छ आमा
हजुरले जे भोग्नु भो तेहि भन्नु भो
आठ दश सन्तान जन्माएको हजुरलाई
यो पिडा सामान्य थियो होला तर मलाई थिएन
यो मेरो पहिलो पिडा थियो
सगै हजुरलाइ जवाफ पनि
हजुरको अगाडि कति पिडा लुकाए
सक्ने जति लुकाए
त्यहि आगोले उसको पखेटा जलाएको थियो
र पनि तेहि आगोमा भुनभुनाउदै जिवन खोजेको थियो
Liked by: