कति बस्नु नियतीको दास भई अब यहाँ
विखरिएको याद हरुलाई समेट्दै
साँझको सन्ध्या जस्तै अटल तिम्रो तस्बिर
सम्झनाले भरिएको उजाड भितामा टाँस्दै
कति सम्झी बस्नु भनी देउन क्षितिज अब
बिछोडिएको साँझ अनि बिहानीको मिलन हुने आस गर्दै
भनी देउन ए क्षितिज उसको माया कति लाग्छ भनी
याद हरुमा डुभी बस्दा देख्ने गर्थ्यौं तिमी
सुनाई देउन ए पहाड साक्षी तिमी थियौ
याद हरुको दासी बनी उनकै याद मा कति तड्पे भनी।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: