अख्तियार र डाक्टर के.सी. | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

अख्तियार र डाक्टर के.सी.





बिराज ध्वज थापा (अधिवक्ता)
हामी सानो छँदा नेपाली किताबमा एउटा टुक्का पढ्ने गर्थ्याैं “कागले कान लग्यो भन्दैमा, काग लाई लखेट्ने की आफ्नो कान छाम्ने ।" सानो छँदा चुट्किलाजस्तै लाग्ने उपराेक्त टुक्का, यस्तो साधारण कुरा पनि लेख्नु पर्छर भनेर खासै ध्यान दिइएन तर वास्तविक जीवनमा त्यस्तो कागको हावामा उड्ने चाहना रोक्न साह्रै गार्ह्राे हुँदो रहेछ । वास्तविकतामा आफ्नो भित्री संवेदनामाथि काबु राखी विवेकताकासाथ काम गर्नुभनेकै कागको पछाडी नभाग्नु हो । तर यो कुरा भन्न जति सजिलो छ व्यवहारमा ल्याउन त्यति नै गाह्रो हुँदोरहेछ । तपाईं हामि जस्ता साधारण नागरिकको त कुरै छाडौं राष्ट्रका संवैधानिक निकायका ठुला बडा हाकीमले समेत आफ्नो संवेदना माथी काबु राख्न सक्दैनन् । संवैधानिक निकायको धारणा सर्वसाधारण माझ ल्याउने जिम्मेवारी वहन गरेको एउटा प्रवक्ताले प्रेस विज्ञप्ती निकाल्दै नेताको निजी सचिवले जस्तो गाली-गलौजको जुहारी खेल्दा रहेछन् ।

डा. के.सी. एउटा आम नागरिक हुन् , उनले नत कुनै संवैधानिक निकायकाको पद धारण गरेका छन न त सरकारको काम काजको जिम्मेवारी लिएका छन् । उनी हामी जस्तै एउटा साधारण व्यक्ति हुन, एउटा आम नेपाली जनता जसले आफ्नो पेसामा देखाएको लगनशिलताको कारण सर्वसाधारणमाझ लोकप्रियता कमाएका छन् । तापनि सर्वसाधारण भएकाे नाताले उनको भनाइको अथवा माँगको कुनै कानूनी हैसियत छैन । उनी स्वतन्त्र छन् केही बोल्न, हामी सर्वसाधारणलाई स्वतन्त्रता दिएको छ संविधानले, हामीले बोल्न पाउछौ, तर त्यो बोलीको कुनै आधिकारीकता हुँदैन शायद त्यसैले नै होला जनताले बोल्न पाउने । नत्र डा. के.सी. ले भन्दैमा प्रमुख आयुक्तलाई महाभियोग लाग्ने हो वा उनले जिद्दी गरेर अनसन बस्दैमा सासंदले उनको कुरा मान्नु पर्ने ! व्यक्तिगत रुपमा डा. के.सी.को धारणा सबैलाई चित्त बुझ्नुपर्छ भन्ने पनि होइन । हो मलाई पनि कसैले नराम्रो भन्यो भने मन पर्दैन, चित्त दुख्छ । आफ्नो हाकिमकोबारेमा कसैले नराम्रो भनेकोमा रीस उठ्नु त स्वभाविक नै हो, तर रिसको झोकमा आफ्नो पदको मर्यादा नराख्नु कत्तिको वुद्धीमानी हो ? छिमेकीसँग झगडा गरे जस्तो 'पागल' भन्दै आरोप प्रत्यारोप लगाउने कार्यगरि एउटा संवैधानिक निकायको धारणा व्यक्त गर्नुभनेको लज्जास्पद कुरा हो । अख्तियारले मान्छेमा मनोरोग भएको या नभएको पनि निर्क्याैल गर्न थालेछ ? आफ्नो मुख्य काम बाहेक सबै गर्ने भयो अख्तियारले, अब वास्तविक भ्रष्टाचारीहरूको के हुने भयो यो देशमा ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोग भनेको एउटा संविधानिक निकाय हो । संविधानले नै यस आयोगको व्यवस्था गरेको छ । संविधानले आयोगलाई कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा कानून बमोजिम अनुसन्धान गर्ने वा गराउने अधिकार दिएको छ । के आयोगले डा. के.सी. को स्वास्थ परिक्षणको रिपोर्ट पाएको छ अथवा डा. के.सी. को स्वास्थको जाँच गर्ने कार्य आयोगको क्षेत्राधिकार भित्रको कुरा हो ? कुनै संवैधानिक निकायको प्रेस विज्ञप्ती भनेको उक्त निकायको आधिकारिक धारणा हो, आयोगले डा. के.सी. को मानसिक सन्तुलन ठिक नभएको धारणा जारी गर्न उनको मानसिक स्थिति कुन अनुसन्धानबाट ठम्याएको हो । उनको अभियान खोक्रो छ छैन यो सबैथोक पुष्टि गर्ने कार्य अख्तियारको होइन । यस प्रकारको कार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो संवैधानिक निकायको गरिमामा ठेंस पुर्याउँदछ ।

प्रेस विज्ञप्तीमा उल्लेखित् मेडिकल माफियाहरुसँग डा. के.सी.को सानिध्यता तथा संगठित अपराधी र भ्रष्टहरुसँग साँठ-गाँठ भएको अनुसन्धानबाट थाहा हुन आयको समेत भनिएको छ। यदी यो कुरा साँचो हो भने अनुसन्धान प्रक्रिया नै पुरा नगरीकन अनुसन्धान भई रहेको विषयमा विज्ञप्ती जारी गर्दै उक्त अनुसन्धानको प्रक्रियालाई नै धरासाही बनाउनु कत्तिको विवेकपूर्ण कार्य हो ? अथवा आवेशमा आएर डा. के.सी. लाई तर्साउने धम्काउन मात्र खोजिएको हो ? यसको जवाफ प्रवक्ताज्यूलाई नै थाहा होला तर हामीले बुझेको को त “काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने जस्तो भएको छ यहाँ । एउटा राष्ट्रिय जिम्मेवारी वहन गरेको संवैधानिक निकायले प्रेस विज्ञप्ती निकाल्दै कसैलाई लाञ्च्छना लगाउनु भनेको संविधानले कसैलार्इ दिएको अधिकारभित्र पर्दैन । संवैधानिक निकायकोतर्फबाट यस्तो गैर जिम्मेवारीपूर्ण विज्ञप्ती निकालेर हामि आउँदाका पुस्ताहरुसामू कस्तो उदाहरण राख्दै छौं प्रवक्ताज्यूले ध्यान दिनुपर्ने हो ।

साधारण जनताले जस्तो मनपरी बोल्ने र लेख्ने छुट संवैधानिक निकायलाई हुँदैन । आफ्नो इज्जत र प्रतिष्ठाको ख्यालै नराखे पनि आफुले ग्रहणगरेको पदको गरिमामा आँच आउननदिने जिम्मेवारी समेत आयोगका हरेक अधिकारीमा हुन्छ । राष्ट्रको कार्य गर्दा जनताले आरोप लगाउने कार्यमा वाधा पुर्याउने कुनै नयाँ कुरा त हैन तर कर्तव्यनिष्ठ राष्ट्रसेवक त्यस्ता लालच्छनाबाट प्रभावित हुनुभनेको आफ्नो कार्यसम्पादनमा असक्षम हुनुको लक्षण हो ।

प्रस्तुत लेख लेखकको निजी बिचार हो, सम्पर्क गर्न चाहनुहुनुले [email protected] मा इमेल गर्नसक्नुहुनेछ ।

---
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः [email protected] | धन्यवाद ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.