म विरगंज जाँदैछु अर्थात हम विरगंज जारहलछि बजिका भाषाको सानो उदहारण हो । राम्रो लाग्यो अर्थात अच्छा लगैह पनि वजिका भाषकै दृष्टान्त यी कथाकारले स्पष्ट सुनाए । वाग्मती से लमहा अर्थात वाग्मती खोलादेखि लम्हा खोलासम्म को विचको समथर भुभागमा वोलिने यो स्थानिय वजिकाभाषा न त कहिकतै दर्ता गरिएको छ न त यसका वारेमा कुनै फिल्म, डकुमेन्ट्री या मुलधारका सञ्चार माध्यमले अहिलेसम्म कुरा गरेका छन् ।
अहिले तपाईहाम्रो प्यारो मोबाईल एप्स हाम्रो पात्रोमा विश्वगीताका श्लोकहरु अडियो सहित प्रस्तुत गरिँदैआएको र उक्त गीताका अध्यायहरुले अत्यन्त चर्चा र प्रयोगकर्ताहरुको माया पाईरहेकोमा आज हामी उक्त विश्वगीताका अनुवादक अनि लेखक विश्वराज अधिकारीका बारेमा केही कुराहरु प्रस्तुत गर्न जाँदैछौ, केवल हाम्रो पात्रोमा ।
भागवत गीता, हिन्दुहरुको जिवनशैली अझ भनौँ जिवननिर्देशिका अनि त्यस्मा रहेका हितोपदेशषहरु मानव जिवनकालागी कत्ति सान्दर्भिक होलान ?
अघिल्लो पुस्ताले अर्थात हाम्रा हजुरवूवासम्मको पुस्ताले अक्षराम्भ गर्दा सप्तचण्डी पाठ अनि रामायण र गीताका श्लोकहरुवाट औपचारीक अध्यन शुरुगर्नु भएको थियो, पढ्नलाई गुरुकुल या वनारस लगायतका धार्मिक केन्द्रहरु जाने चलन थिए, मन्त्र र श्लोकहरु मुखाग्रे हुन्थे, घरघरमा गीताको पुस्तक हुन्थ्यो अनि मनमा तिन्का सारहरु । समय फेरियो, फेरिनुमा नराम्रो छैन, धाराप्रवाह समय निरन्तर वगिरह्यो, धुलोमा अक्षर कोट्याएर पढाइने चलन कालोपाटी हुँदै डिजीटल शिक्षासम्म आइपुग्यो, वनारस सरहका विश्वविधालय नेपालमै खुले, धर्मका नाममा झगडा र राजनिती नि भए तर सस्कार र परम्पराको विडो थाम्ने दुर्भाग्यशालीरुपले थोरैमात्र निस्किए ।
एउटा वाउले छोरालाई दश विग्घा खेतको सम्पती दिएर जालान तर एउटा पुस्ताले अर्को पुस्तालाई कला, साहित्य, परम्परा र धार्मिक अभ्यासहरुका दस्तावेज दिएर नजाने हो भने त्यो पुस्ता धनि त होला तर गौरवान्वित हुन सक्दैन ।
आज हामी भागवत गीतामा केन्द्रित भएर एउटा यस्ता श्रस्टाका वारेमा कुरा गर्न जाँदैछौ जस्ले विदेशमै भएरपनि सनातन सम्पती अनि अभ्यासको सरंक्षणकालागी प्रयास गर्नुभएको छ, तराइका मौलिक भाषहरु उत्खननका लागी अध्ययन अनि भ्रमण गर्नुभएको छ , वहाँको नाम हो विश्वराज अधिकारी ।
अमेरिकामा वसोवास गर्दै आउनुभएका यी प्रवासी नेपालीले केही समय अगाडी नेपाल आँउदा आफूले चलाउने प्रिय मोवाइल एप्स हाम्रो पात्रोको कार्यलय भ्रमण गर्नुभएको थियो ।
गीता परिवेश
गीतालाई हामीले पण्डित या पुरोहीतको पुस्तक भन्यौँ, ति पानाहरु नपल्टाइकन वर्षौवर्ष राख्यौँ । पूज्न पनि पूज्यौ तर चन्दन अनि फूलहरुले छोपेर अनि अविरले छर्केर राख्दा राख्दा कुहीन आँटेका ति पुस्तक भित्रका दिब्योपदेशहरु हामीले आत्मसाथ गर्न सकेका र चाहेका हैनौ । गीतालाई धर्मसँग मात्र भन्दा पनि दर्शनकारुपमा हेर्दा अझ मार्गनिर्देशनयोगी हुन्छ । दृष्टिविहिन राजा धृतराष्ट्रलाई महाभारतको यूद्ध दिब्यदृष्टिभएका सहयोगी सञ्जयले वर्णन गरेका हुन र यिनै घटनाक्रमलाई वेद ब्यासले शब्दचित्रमा उतारेका हुन्, गीता मार्फत । गीताले जिवन जिउने कला सिकाउदछ साथै जिवनलाई बुझ्न अझ सहज वनाउदछ । अहिले क्वान्टम फिजिक्स भनेर सुक्ष्म अणु, परमाणुहरुमा ब्यापक रिसर्च भइरहेको छ तर गीतामा हजारौ वर्ष अगाडीनै परमाणुनै इश्वर हुन र इश्वरिय शक्ति हरेक अणु र परमाणुमा ब्याप्त छ भन्ने उल्लेख छ ।
विश्वराज अधिकारीले सरल नेपाली अनि सस्कृत सहित गीताका १८ वटै अध्यायहरु र तिन्का अर्थ वेबसाइट धधध।दष्कजधयनभभतब।यचन मा राख्नुभएको छ, गीता वोधका लागी यो वेब ठेगाना तपाइकालागी सरल हुनसक्छ ।
हिन्दु धर्ममा कुराहरु पुस्तौपुस्ता हस्तान्तरण हुदै आँउदा धेरैकुराहरु अपब्याख्या र अब्यस्थित ब्याख्या पक्कै भएका छन् । केही नचाँहीदा रितीहरु पनि थुपरिएका छन्, जस्तै जातीय विभेद, मन्दिर प्रवेशमाथीभएका निराधार निशेधाज्ञाहरु अनि चोखो नितोका नाममा हुने आडम्बरहरु । मन्दिर प्रवेश सबैलाई सरल र सहज हुनपर्दछ किनकि भगवान र भक्त विचमा दुरि वनाउन मिल्दैन, भक्तले चाहेको समयमा मन्दिर जाने सरल र सहज वातावरण पाउनपर्दछ, धर्मलाई अझै सहन र सरल वनाँउनपर्ने तर्क दिँदै वहाले कुनै कुर्सि वस्न गाह्रो छ भनेँ त्यस्लाई वस्नयोग्य वनाएर वस्नसक्नुपर्दछ भन्ने उदहारण प्रस्तुत गर्नुभयो ।
संसारभरिनै गीता अनि पूर्विय दर्शनको एकप्रकारको लालसा अनि अध्ययन वढेर गएको छ । जर्मनमा सदियौँ देखि सस्कृत र हिन्दु दर्शनको ब्यापक अध्ययन गर्ने विश्वविधालयहरु प्रशस्त छन भनेँ भर्खरैजसो यूरोपका केही देशहरुले आफ्नो प्रारम्भीक विधालय पाठ्यक्रममै सस्कृत शिक्षा अनिवार्य राखेका खबरहरु पनि अइरहेको अवस्थामा नेपालीहरुले भनेँ गीतासारहरु त्रुझ्न अनि सस्कृत एवं सस्कृतीलाई माया गर्न अत्यन्त जरुरी छ ।
अमेरिका बसाई र कथा लेखन
अमेरिका लगायत विश्वभरिनै एउटा राष्ट्रको महिला र अर्को राष्ट्रको पुरुष, अथवा एउटा भाषा वोल्ने महिला र अर्को लवजको पुरुष लगायतको सहज विवाह र घरजम भएको पाइन्छ, यो एउटा राम्रो कुरा हो तथापि यस प्रकारको मिलनले कहिँकतै राष्ट्रियता, पहिचान अनि भाषीक मौलिकतालाई पनि एकैठाँउमा मिसाइदिन्छ, ग्लोवल भिलेज मल्टिकल्चरल आइडेन्टिटीमा आधारित छ । नेपालमा भने अझै पनि भाषा, सँस्कार र सभ्यतामा विशुद्धता पाइन्छ । कथालेखन को हिसाबले विदेशी र स्वदेशी पात्रहरुमा यही मल्टिकल्चरल एसपेक्टमा भिन्नता छ । डाएस्पोराको मुद्धामा कलम चलाउदा पात्रहरुको यस्तो विभिदता पाइन्छ, कथाहरुका माध्यमवाट नेपाल अनि नेपाली जिवनशैली चिनाउने प्रयास गरेका यी लेखकले आफ्ना कथाहरुका माध्यमवाट हिन्दुधर्मलाई पाठकहरुसँग सरल परिचय गराउने पनि वताए । अमेरिकामा रहेका अन्य देशका आप्रवासीहरुको डायस्पोरामा आधारित अग्रेजी कथासँग्रहक्ष् ध्बक ध्चयलन पनि लेखेका यि कथाकारले वगंलादेशी, भारती लगायत थुप्रै वास्तविक जिवनका पात्रका कथाहरु पाठकसामु ल्याएका रहेछन् ।
तराई मोह र बजिका भाषा
म विरगंज जाँदैछु अर्थात हम विरगंज जारहलछि बजिका भाषाको सानो उदहारण हो । राम्रो लाग्यो अर्थात अच्छा लगैह पनि वजिका भाषकै दृष्टान्त यी कथाकारले स्पष्ट सुनाए । वाग्मती से लमहा अर्थात वाग्मती खोलादेखि लम्हा खोलासम्म को विचको समथर भुभागमा वोलिने यो स्थानिय वजिकाभाषा न त कहिकतै दर्ता गरिएको छ न त यसका वारेमा कुनै फिल्म, डकुमेन्ट्री या मुलधारका सञ्चार माध्यमले अहिलेसम्म कुरा गरेका छन् । यी कथाकारले अहिलेसम्म धेरै समय लगाएर यो वजिका भाषाको अध्यन गरि बहलिया अर्थात गोरु गाडा चलाउने मान्छे , मधुर मिलन अनि रानीघाट नामका तिन कथा सँग्रह लेखिसकेका छन् । मधेशका पात्र र परिवेशलाई टपक्कै टिपेका यी कथासँग्रहहरु हामी क्रमश हाम्रो पात्रोमार्फत पाठकहरुसमक्ष प्रस्तुत गर्नेछौँ ।
हरेक पल्ट नेपाल आँउदा अधिकांश् समय तराईमा विताउने यी श्रस्टालाई विरगंज शहरसँग अत्यन्त लगाव रहेको कुरा यिन्ले आफ्नो फेसबुकमा शेयरगर्ने कविता र फोटाहरुले उजागर गरेको यो लेखकले पाएको छ । भाषा र सस्कृतीलाई यत्तिकाधेरै माया गर्ने नेपालीहरुलाई स्वदेशमा सँधैकालागी स्वागत गर्न पाए नेपालले दुबै हात फैलाएर स्वागत गर्नेछ, अर्कोपटक नेपाल आँउदा पनि हाम्रो पात्रो कार्यलय भेट्न आउनुहोला विश्वराज सर ।
म सुयोग ढकाल लगायत नेपाल प्रतिक्षारत छ ।
Liked by: