अहिले त नेपाली मुलधारका कलाकारहरु पनि भोजपुरी सिने क्षेत्रमा स्थापित भएर काम गर्दछन्, कपाल काट्ने पसल देखि अस्पतालका चिकित्सक अनि बडा बडा ओहोदामा पनि भोजपुरी भाषीहरु पुगेका छन् तर यसको भाषगत अनि कलात्मक संवेदनशीलतामा किन कोही बोल्दैनन ?
मोफसलमा थिए, यात्राको क्रममा ।
गीत घन्कीयो, गाडी भित्र
सैयाँ जी दिलवा मागले
गम्छा बिछाइएके
बडो उन्मत्त बैसको संकेत थियो गीतमा अनि दुई अर्थ लाग्ने अझ भनौं अश्लिल भाव नै थियो । गाडीका चालक अनि सहचालक गीतका शव्दहरुले बडो प्रभाव परेका र धेरै बेरपछि मेमोरी कार्डले शफल गरेर त्यो गीत आइपुगेको मा खुशी देखिन्थे । बुझ्ने अनि सभ्य भनाँउदाहरु लाई गीतका हरेक हरफहरु सियो झैं चुव्ने थिए । धन्न त्यहाँ कुनै नारी अधिकारका प्रवक्ता थिएनन्, अर्थ बुझ्नुहोला गीतको अनर्थ पनि अर्थमै समाहित छ ।
मैले अश्लिल के हो छुट्याउन लाई केही राम्रा र बिद्धान मान्छेहरुलाई जिम्मा दिएको छु । गाउने अनि लेख्नेलाई गाली गरेर के काम ? व्यवसाही बिश्वमा सुन्नेले जे सुन्न चाहन्छ त्यही लेखिने त हो ।
शायद यो गीत पनि अत्यन्त हिट गीत हुनपर्दछ । शिला कि जवानी आईएम सो सेक्सीमा ५ बर्षकी छोरी नाच्दा मोबाइलको क्यामराले भीडीयो अनि फोटो खिच्ने आमाबुवा भएका समाजमा शायद अब सभ्य गीतहरु सुनीनै छाड्ने हो कि भन्ने भय पनि छ । एउटा खराबले आधा बिश्व यात्रा गरिसक्दा पनि राम्रोले भने दुई कदम पनि चल्न सकेको हुँदैन्, शायद यो उखान भोजपुरी गीतहरुमा पनि लागु भएको छ । भोजपुरी गीतहरुको कुरा गर्दा धेरै पुराना चर्चित गीत अनि थेगोहरु यसै भाषावाट सापट लिइएको छ, अवध क्षेत्रमा शदियौ ंदेखि पुस्तौंपुस्ता यात्रा तय गरिरहेको भोजपुरी भाषा एउटा उच्चकोटीको भाषा हो जसको मौलिकताको आफ्नै इतिहास छ । तर यस समयमा भने आफ्ना अश्लिल गीत, शव्द अनि दुईअर्थ लाग्ने संवादका कारण यस भाषा नै स्वयम चपेटमा परेको छ , भोजपुरी गीतहरुमा अश्लिल शव्द किन ?
यहाँ आज म चाँही तपाईहरुको कान अनि आँखा केही बेर ध्यान सापट लिन चाहन्छु अनि चिच्याएर भन्न चाहन्छु कि गीतका शव्दहरुका आधारमा भाषालाई अश्लिलताको बिल्ला नलगाउ, सत्य फरक हुनसक्छ । सन् २००५ ताका साह्रै हिट थियो एउटा भोजपुरी गीत, ए गनेश के पप्पा भन्ने बोलको । यस सरल अनि सस्कारमय गीतमा पती पत्नी बिचको भांग पिस्ने कुरालाई लिएर भएको वार्ता अनि बार्तालापलाई वडो चित्ताकर्षक ढगंमा प्रस्तुत गरिएको थियो । आज १३ बर्षपछि फेरि अर्को हिट भोजपुरी गीत कानमा पर्दा म झसंग भए, यो मौलिक भाषाको संगीतवाट सभ्यता किन हरायो ?
अहिले त नेपाली मुलधारका कलाकारहरु पनि भोजपुरी सिने क्षेत्रमा स्थापित भएर काम गर्दछन्, कपाल काट्ने पसल देखि अस्पतालका चिकित्सक अनि बडा बडा ओहोदामा पनि भोजपुरी भाषीहरु पुगेका छन् तर यसको भाषगत अनि कलात्मक संवेदनशीलतामा किन कोही बोल्दैनन ?
किन कसैलाई वास्ता छैन ?
किन गम्छा, शल, अगं, यौन,बैसलाई मात्र भोजपुरी गीतले टपक्क टिपेर हिँडेको छ ?
लालीपप लागेलु देखि उपर के ३२ निचे के ३६ सम्मका गीतहरुमा नारीलाई नै शोकेस गरिएको छ । के यस्ता गीतहरुको चलन अनि चर्चा पुरुषप्रधान समाजको उपज हो त ?
गीतहरुमा यस्ता भाव छड्के रुपमा आउनु र घरि घरि आउनु सामान्य मान्न सकिन्छ । तर जब सम्पूर्ण गीतहरु नै एउटा अश्लिल कर्मको क्यान्भास हुन्छ तब समस्या पर्दछ । समाज कता जाँदैछ त ?
कम बजेटमा भोजपुरी चलचित्रहरु बन्ने गर्दछन अनि त्यसका उत्पादकहरु पनि खासै ज्ञान अनि भिजन नभएका कारणले यसो भएको हो भन्ने कुराको एउटा तर्क आयो । तर बिभिन्न मुलधारका चर्चित कलाकारहरुको भोजपुरी तर्फको आकर्षण, भोजपुरी कलाकारको बलिवुड अनि नेपाली कलिवुडमा सहज स्थान जस्ता तथ्यले भोजपुरी सिनेमालाई कम आँक्न अनि बजारको अभाव र भिजनको अभाव भन्न मिल्ने अवस्था छैन् । राम सीता अनि कृृष्ण स्वय पनि यस भोजपुरी भूमिवाट खासै पर भएका इतिहास हैन, तर किन यस पावन भूमिमा अभिव्यक्तिको लिलामी भइरहेको छ ?
बिभिन्न नेपाली अनि बलिवुडकै हिट चलचित्रमा पनि भोजपुरी गीतहरु छन् चाहे त्यो यमला पगला दिवानाको तिंकु जीया होस् या अन्य नेपाली चलचित्रहरुमा नै किन नहोस् ? हालसालैको चलचित्र राज्जा रानीमा त पिन्कु मीस नामक गीत नेपालमा पनि बडो चलेको मान्नपर्दछ । नेपाली सिने जगतमा भने मैथिली र भोजपुरी गीतको स्पष्ट फरक नभएको भने हो । गीत भनेको मन्त्र जस्तै हो, थाहै नपाई धेरैको मुखमा गाइने गर्दछ । समाजमा गीत संगितले तोड्ने हैन जोड्ने काम गर्न जरुरी छ । भोजपुरी संगित पनि नेपाली भाषा परिवारको एउटा महत्वपूर्ण पाटो हो, यसको सर्बधन अनि शुद्धता जरुरी छ ।
सुयोग ढकाल
Liked by: