राजा बिक्रमआदित्यले चलाएका संवतले अब केही दिनमा २०७५ औं वर्षमा पाइला टेक्दैछ, विक्रम संवत बुझ्ने ले यि राजालाई पनि चिन्न जरुरी छ ।
विक्रम र वेटलका कहानीहरु भारतमा लोकप्रिय छन् । उनी वास्तविक राजा हुन् वा काल्पनिक, पौराणिक भन्ने प्र्रश्न अभैm रहस्यमय छ । लख काटेरै केही कुरा भन्नपर्दा उनी दुवै हुन सक्छन्, वास्तविक पनि पौराणिक पनि । उनैको नामबाट सुरु भएको हो विक्रम सम्वत । हामी आज यी रहस्यमयी राजालाई सुष्म ढंगले केलाउने प्रयास गर्नेछौँ ।
विकिपेडियामा यसबारे खोज्दा, राजा विक्रमआदित्यको कालखण्ड १०२ बि सि देखि सन् १५ सम्म थियो भनिएको छ भने, त्यही वाक्यमा उनी भारतको उज्जेनका पौराणिक राजा हुन् र उनी उनको बहादुरी, साहस र विवेकलागि प्रसिद्ध थिए पनि भनिएको छ । यहाँ इतिहास कहाँबाट सकिन्छ र पुराण कथा कहाँबाट सुरु हुन्छ भनेर हामीमध्ये जोकोही पनि अलमलिन्छौँ । ५६ बि सि बाट विक्रम कालखण्ड सुरु भएको हो भन्ने इतिहास हामीले मान्दै आइरहेकाछौँ । यो सालमा राजा विक्रमआदित्यले उज्जेनमा हमला गर्न आएका मध्य एसियालीका “साका”हरुमाथि विजय प्राप्त गरेका थिए । विक्रम सम्बतको क्यालेण्डर विशेष गरी भारतको उत्तरी, पश्चिमी र नेपालमा नै प्रख्यात छ । यो हाम्रो औपचारीक संवत पनि हो । यो तिथिमा आधारित क्यालेण्डर अर्थात पात्रो चैत्र महिनामा पूर्ण चन्द्रमा उदाउँदा नयाँ वर्ष सुरु हुन्छ । सन् १९७८ देखि भारतले साका क्यालेण्डरलाई औपचारिकता दिँदै आएको भएपनि, नेपाल सरकारले भने विक्रम सम्बत्लाई नै आधिकारिक मान्दै आएको छ ।
विक्रम आदित्यका विवरणहरु “कथासारित सागर”मा विशेष रुपमा पाइने गरेको छ । कश्मिीरि पण्डित सोमादेव भट्टले सन्को १२ औं शताब्दीमा संस्कृतमा उनको व्याख्या गरेका थिए । इतिहासमा कश्मिीरका राजा अनन्तदेवकी रानी सूर्यमतीको मनोरञ्जनको लागि यो कथा लेखिएको भनि भनिएको छ । १८ वटा किताबहरुमा ३ सय ५० कथा, १ सय २४ भाग र २१ हजार गद्य तथा पद्य लेखिएको, यसलाई भारतीय कथाको सबैभन्दा ठूलो संग्रह पनि मानिन्छ । कथासारित सागरमा राजा विक्रमआदित्यको बारेमा लेखिएका उनका कथा तथा विवरणहरु उनको कालखण्डको १२ सय वर्षपछि लेखिएको हो । यसकारण पनि यसमा कुन वास्तविक इतिहास, कुन पौराणिक वा काल्पनिक कथा हुन् भनेर छुट्याउनु मस्किल काम हो । हुनसक्छ यसमा इतिहास र कथा दुवै मिश्रित छन् । विक्रम–वेटलका केही कथाहरुमा पनि उनको व्याख्या पाइन्छ ।
कथासारित सागरकाअनुसार, विक्रमआदित्य परामरा वंशका राजा महेन्द्रआदित्यका छोरा थिए । तर, इतिहासमा परामराको औचित्य सन् ८०० बाट मात्र सुरु भएको पाइन्छ । परामरा वंशका भोजा १ लाई यस वंशका मुख्य शासक मानिन्छ भने यसको राजधानी हालको धारानगरलाई रहेको बताइन्छ । कथासारित सागरका यी कथा र इतिहासले यहाँनिर मेल खाँदैन । तर फेरि, यही संग्रहमा भएको वेटलका कथाहरुसँग भने पहिलो शताब्दीका वास्तविक विक्रमआदित्यसँग मेल खान्छन् ।
भविष्य पुराणमा विक्रमआदित्यको बारेमा धेरै कुराहरु लेखिएका छन् । यसलाई १८ पुराणमध्येको एक मुख्य पुराण मानिन्छ र येशुको जन्म हुनुअघि वा सन् सुरु हुनु अगावै व्यासले यी पुराणहरु लेखेको मानिन्छ । भविष्य पुराणमा भविष्यमा हुने घटनालाई इतिहासजस्तै गरी लेखिएको र यो शिव, विष्णु, सूर्य आदि भगवानको महिमा गाएर सुरु भएको बताइन्छ । यो पुराणले येशु, मोहम्मद, संस्कृतको पतन, चन्द्रगुप्ता, अशोक, चैतन्य, अकबर, जयचन्द्र, बेलायती साम्राज्यवाद, हिटलर, आदिको बारेमा रहस्यमय तरिकाले लेखेको बताइन्छ । यी सब घटनाहरु पहिल्यै नै घटेजसरी वरण यसमा गरिएको छ ।
भविष्य पुराणकाअनुसार विक्रमआदित्य गन्धर्वसेनाका छोरा र भगवान् इन्द्रका नाति थिए । एक दिन, अप्सरा मोहिनी भगवान् शिवलाई भेट्न कैलाशकुटतर्पm जाँदै गर्दा विक्रमका पिता गन्धर्वसेनाले ती अप्सराको बाटो छेकिदिन्छन् । यो देखेर रिसले मुमुर्रिएका इन्द्रले आफ्नै छोरालाई गधामा परिणत गरिदिन्छन् । पिताको यो हाल हुँदा विक्रमआदित्य ५ वर्षका मात्र हुन्छन् ।
तर उनमा सानैदेखि असाधारण क्षमता र ज्ञान थियो । उनका जेठा दाजु भारतुहारीले सिंहासनबाट पद त्याग गरेपछि विक्रमआदित्यले राज्यशासन गर्न पाउँदछन् । राजा विक्रम न्याय, बहादुरी, विवेक, साहस, दयालुपन र उदारपनकालागि प्रख्यात भएको यसमा लेखिएको छ । सुन्दा मिथ्य नै लाग्ने यी पुराणका कुराहरु रहस्यमयी लाग्दछन् । उनका कथाहरु वेटाला पञ्चाभिमशति, सिंमहासन द्वात्रिमशिका, लगायतमा पनि पाइन्छन् । भारतले औपचारिक रुपमा प्रयोग गर्ने गरेको क्यालेण्डर साका क्यालेण्डर पैठानका राजा शालिवाहनाको नामबाट आएको मानिन्छ । उनै राजा शालिवाहनालाई विक्रमआदित्यको नाति मानिन्छ ।
नेपालमा यस पात्रोको प्रयोग आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरू भएको हो र त्यस भन्दा पहिले नेपालमा शक सम्बत तथा नेपाल सम्वत प्रयोग हुने गर्दथ्यो अनि शक सम्बत १८२३ मा त्यस शक सम्बतलाई आधिकारीक प्रयोगबाट हटाईयो र विक्रम सम्बतको १९५८ औँ सालमा यो नेपालको आधिकारिक पात्रो बन्न पुग्यो भन्ने कसै कसैको भनाइ छ तर लिछ्छवी , मल्ल काल , सेन वंश का कतिपय शिलालेखहरूमा तथा पृथ्वी नारायण शाह का प्रारम्भिक शिलालेखहरूमा विक्रम सम्बत रहेकोले यो कथन झुटो ठहरिन्छ भन्ने मतहरु पनि पाइन्छ । तर जेसुकै भएपनि आधिकारीक संवत भने विक्रम संवत अघि शक संवत र नेपाल संवत थियो, यसरी आफ्नै देशका संवतलाई त्यागेर विक्रम संवतलाई अपनाएको मा उतिबेला देखि अहिलेसम्म पनि बिरोध र यस संवतलाई आगन्तुक मान्ने चलन पनि पाइन्छ । सरकार र समुदायले विक्रम संवत लगायत नेपाल संवत अनि अन्य नेपाली संवतलाई पनि उत्तिकै महत्व भने दिनुपर्ने देखिन्छ । विक्रम संवत भित्रैका धेरै चाडपर्व अनि जात्राहरु अन्य संवतमा आधारित छन् ।
राजा बिक्रमआदित्यले चलाएका संवतले अब केही दिनमा २०७५ औं वर्षमा पाइला टेक्दैछ, विक्रम संवत बुझ्ने ले यि राजालाई पनि चिन्न जरुरी छ । राजा विक्रमआदित्यको बारेमा मेक्काको काबामा पनि केही कुराहरु कुँदिएको भेट्टाइएको पनि बताइन्छ । विक्रमआदित्यलाई पछि भारतका शासकहरुले उपनामको रुपमा प्रयोग गरेको पनि पाइएको छ जस्तै चन्द्रगुप्ता विक्रमआदित्य, हेमचन्द्र विक्रमआदित्य, आदि । उनको बारेमा तथ्यहरु फेला पर्न मुस्किलजस्तै नै छ । इतिहासमा स्थान बनाएपनि मिथ्यले भरिएका कथाहरुकै कारणले उनी रहस्यमय बन्न पुगेका हुन् ।
हाम्रो पात्रोका लागि सुयाेग ढकाल
Liked by: