किताबको बिक्रीबाट यति राम्रो आम्दानी हुने औसरलाई हामी त्येतिकै गुमाइ रहेका छौ। यथार्थमा भन्ने हो भने हामीलाई व्यापार गर्न नै आउँदैन। व्यापारको औसर पहिचान गर्न र त्यसबाट भरपुर फाइदा उठाउन नै आउँदैन। नेपाली समाजलाई मारवाडी समुदायले व्यापार नसिकाएको भए व्यापारको क्षेत्रमा नेपाल अझै पछाडि रहने थियो। बिराटनगर, बीरगंज, काठमाडौ जस्ता नेपालका ठूला सहरहरूमा व्यापारिक गतिविधिहरूको विकास गर्नमा मारवाडी समुदायको ठूलो योगदान छ। अहिले पनि नेपालका ठूला व्यापारीहरूको चर्चा हुँदा मारवाडी व्यापारीहरुको नाम पहिले आउँछ, उदाहरणका लागि विनोद चौधरी।
यो प्रश्नको उत्तर दिनु भन्दा पहिले विदेशमा किताब बिक्री-व्यवसायको स्थिति कस्तो छ त्यसबारे छोटो चर्चा गरौं र यस चर्चाकालागि एक प्रतिनिधि उदाहरण हेरौं ।
बेलायतकी प्रशिद्ध लेखक वा उपन्यासकार जे. के. रोलिंग (J K Rowling) ले सन् १९९७ मा लेखेको एक काल्पनिक उपन्यास “हैरी पोटर” अहिलेसम्म (सन् २०१६) मा ४५ करोड प्रति बिक्री भइसको छ । र यो किताब विश्वको ७३ भाषाहरूमा अनुवाद भइसकेको छ । जुन संसारकै सबै भन्दा बढी बिक्री हुने किताब त हो नै साथै किताब- बिक्रीको इतिहासमा यो सर्वाधिक बिक्री भएको र वहुचर्चित किताब पनि हो ।
संसारभरिमै चर्चा पाएको यो किताब, “हैरी पोटर”ले एउटा मानक पनि बनायो । त्यो के भने यदि किताबले कुनै नयाँ किसिमको विषय समेटेको छ, त्यसले पाठकको ध्यान तान्ने क्षमता राख्छ र किताबकोलागि बिक्री- बजार व्यवस्थित किसिमको छ भने असल बजार पाएर त्यस्तो किसिमको बिषय समेटेको किताबले संसारको नै बजार पाउन सक्छ । त्यस्तो किताब बिक्री हुन समस्या हुँदैन ।
यति धेरै बिक्री भएको किताबको लेखकलाई कति आम्दानी प्राप्त भएको होला ? यो कुराको अनुमान सहजै लगाउन सकिन्छ । किताबको लेखक मात्र होइन खुद्रा बिक्रेता, थोक बिक्रेता, प्रेस र अन्य सम्बन्धित व्यक्ति वा संस्थाहरूले पनि राम्रो आम्दानी प्राप्त गरेका होलान ।
मिगेल डि सरभन्टिसद्वारा लिखित किताब “डन क्विसोट” करोडौंको संख्यामा बिक्री भएको थियो । यसैगरी चार्लस डिकिन्सद्वारा लिखित किताब “टेल अफ टु सिटिज” पनि २० करोड प्रति बिक्री भएको थियो । ठूलो संख्यामा किताब बिक्री भएको उदाहरणहरू थुप्रै छन ।
नेपालमा किताबहरू बिक्री नहुने समस्याबाट सम्बन्धित सबै पक्षहरू पीडित छन् तर यस विषयमा कसैले पनि न त गहन अनुसन्धान गर्यो न त व्यवस्थित किसिमले अध्ययन नै । किताब बिक्री नहुने समस्याबारे न त चर्चा नै भएको पाइन्छ । आम्दानीको यति राम्रो श्रोतबारे कसैलाई पनि चाँसो छैन । किताबको बिक्रीबाट हजारौंले रोजगारी पाउँछन । धरैको घर गृहस्थी चल्छ तर पनि यो क्षेत्रले किन महत्व नपाएको होला ? कसैले भन्न सक्छ नेपालीहरूको क्रय शक्ति कमजोर भएर वा मुलुकमा गरिबी भएर किताबहरू बिक्री न भएको हो । यदि यस्तो हो भने नेपालमा रक्सी, चुरोट आदि कसरी ठूलो परिमाणमा बिक्री हुन्छ ? यी कुराहरु खरिद गर्न नेपलीहरूको हातमा कसरी पैसा आइ पुग्छ ? कसरी क्रयशक्ति कसरी ह्वात्तै वृद्धि हुन्छ ?
नेपालमा खास गरी साहित्यिक किताबहरू बिक्री हुँदैनन । स्कूल र केजलमा पढाइ हुने किताबहरू पनि जेनतेन बिक्री हुन्छन् । यदि परीक्षामा अनुतिर्ण हुने भय विद्यार्थीहरूमा नहुँदो हो त कोर्सका किताबहरू पनि विद्यार्थीहरूले किन्ने थिएनन् । कोर्सका किताबहरूको हालत पनि साहित्यिक किताबको जस्तो हुनेथियो ।
यस आलेखमा भने साहित्यिक किताबहरू किन बिक्री हुँदैनन, त्यस प्रश्नको उत्तर खोज्ने प्रयास गरिनेछ । नेपालमा साहित्यिक किताबहरू बिक्री नुहुनका मुख्य दुई कारणहरू छन । पहिलो, नेपालमा पठन-पाठन संस्कृतिको विकास नहुनु । दोस्रो, किताब-बिक्री व्यवसायका सम्बन्धित पक्षहरूबिच समन्वय नहुनु तथा उनीहरूले एकीकृत प्रयास नगर्नु वा एक पक्षले अर्को पक्षलाई बेवास्ता गर्नु । हामी दोस्रो कारणको चर्चा गराैं ।
कुनै एक किताबको प्रकाशनमा विभिन्न पक्षहरू संलग्न भएका हुन्छन। सर्वप्रथम लेखक संलग्न भएको हुन्छ। यसैगरी त्यो किताबको पाण्डुलिपि हेर्ने, टाइप गर्ने, प्रेसको कर्मचारी, प्रकाशक, बितरक, थोक बिक्रेता, खुद्रा बिक्रेतागरी अन्य विभिन्न पक्षहरू समाविष्ट भएका हुन्छन। कुनै एक किताबको प्रकाशन भएर बिक्री हुँदा त्यस किताबको बिक्री बाट आएको पैसा यी विभिन्न पक्षहरूको (विभिन्न परिमाणमा) हातमा पर्छ। यसरी एउटा किताबले केवल एक खुद्रा बिक्रेतालाई मात्र आम्दनी गराउँदैन साथै सम्बन्धित अनेक पक्षहरूलाई पनि आम्दानी गराउँछ। तर नेपालमा स्थिति दर्दनाक छ। मुख्यगरी साहित्यिक किताबहरूमा । कुनै एक साहित्यकारले साहित्यिक किताब प्रकाशित गर्छ त्यस अवस्थामा उसले प्रकाशनमा लाग्ने सम्पूर्ण खर्च स्वयम नै बेहोर्छ किनभने ज्यादै कम किताबहरू मात्र प्रकाशकको लगानीमा प्रकाशित हुने गरेको छ । त्यसरी केवल आफ्नो लगानीमा प्रकाशित गरेको किताब उक्त लेखकले “बिक्री सञ्जाल”को अभावमा बिक्री गर्न सक्तैन । र बिक्री सञ्जालले जानेर वा नजानेर सहयोग पनि गर्दैन । अर्कोतिर बिक्री नभएको कारणले उक्त लेखकले त्यो किताब घरमा लगेर, बोरामा कसेर, थन्क्याउँछ र पछि “खाली सिसी, पुरानो कागज”को क्रेतालाई बिक्री गर्छ वा हुन्छ । नेपालको नाम चलेको एक लेखकको एक पुस्तक एक चनाचटपटेको बिक्रेताले (त्यो पुस्तकलाई) च्यात्दै चना चटपटे बिक्री गरेको म स्वयंले देखेको छुँ।
कतिपय साहित्यकारहरूले घरको गहना बिक्री गरेर वा बन्धकी राखेर, ऋण लिएर, संकटकालीन अवस्थामा खर्च गर्ने बचत प्रयोग गरेर किताब प्रकाशित गरेको सुनिएको छ र यसरी अर्थ अभावमा पनि प्रकाशित गरेको किताब घरमा लगेर धन्क्याएको र केवल ऋण मात्र टाउकोमा थुपारेको पनि सुनिएको छ।
नेपालमा किताब बिक्री सञ्जालले साहित्यिक किताबको लेखकलाई किताब बिक्री गर्न पटक्कै सघाउँदैन। यसरी नसघाउने कार्य जानेर वा नजानेर गरेको हो, त्यो अझै प्रष्ट गरी ज्ञात हुन सकेको छैन।
किताब बिक्री सञ्जाल भन्नाले प्रकाशक, बितरक, थोक बिक्रेता, खुद्रा बिक्रेता, केन्द्रीय सरकार (सूचना विभाग वा शिक्षा मन्त्रालय), स्थानीय सरकार (नगरपालिका) आदिकोको समूह बुझ्नु पर्ने हुन्छ। यी विभिन्न पक्षहरूले किताब बिक्रीकालागि एकीकृत रुपमा कार्य गर्ने हुनाले नै यिनीहरूको समूह वा संयुक्त प्रयासलाई सञ्जाल भनिएको हो।
नेपालमा कुनै एक साहित्यकारले एक किताब प्रकाशित गरेपछि त्यसको प्रचार प्रसार प्रकाशकले गरिदिएको ज्यादै कम देख्न पाइन्छ। यसैगरी उक्त साहित्यकारको किताबको बितरक, थोक बिक्रेता वा खुद्रा बिक्रेताले प्रचार प्रसार गरिदिएको त झनै देख्न पाइँदैन। सरकारले गरिदिने त कुरै भएन। यस्तो किन भएको हो भने कुनै एक साहित्यकारले लेखेर बजारमा ल्याएको किताबलाई बितरक, थोक बिक्रेता र खुद्रा बिक्रेताहरूले आफ्नो व्यापार नै ठान्दैनन। त्यो किताबको बिक्री राम्रो भएमा त्यसबाट आफूहरूले राम्रो आम्दानी प्राप्त गर्ने तथ्यलाई बेवास्ता गर्छन। “अर्काको काममा किन टाउको दु:खाउने” भन्ने मनोविज्ञानबाट ग्रसित हुन पुग्छन् । जबकि कुनै एक कृतिकारको कृति राम्रो परिमाणाममा बिक्री भएमा बितरक, थोक बिक्रेता र खुद्रा बिक्रेताले आदिले त राम्रो आम्दानी प्राप्त गर्छन नै, साथै प्रेसका कर्मचारी, टाइप गर्ने व्यक्ति, प्रुफ रिडर, आदिले पनि रोजगारी पाउँछन।
किताबको बिक्रीबाट यति राम्रो आम्दानी हुने औसरलाई हामी त्यतिकै गुमाइरहेका छौ। यथार्थमा भन्ने हो भने हामीलाई व्यापार गर्न नै आउँदैन। व्यापारको अवसर पहिचान गर्न र त्यसबाट भरपुर फाइदा उठाउन नै आउँदैन । नेपाली समाजलाई मारवाडी समूदायले व्यापार नसिकाएको भए व्यापारको क्षेत्रमा नेपाल अझै पछाडि रहनेथियो होला । बिराटनगर, बीरगंज, काठमाण्डौ जस्ता नेपालका ठूला सहरहरूमा व्यापारिक गतिविधिहरूको विकास गर्नमा मारवाडी समूदायको ठूलो योगदान छ। अहिले पनि नेपालका ठूला व्यापारीहरूको चर्चा हुँदा मारवाडी व्यापारीहरुको नाम पहिले आउँछ, उदाहरणका लागि विनोद चौधरी। मारवाडी समुदाय पछि नेपालमा व्यापारिक गतिविधिको विकासमा नेवार समूदायको योगदान पनि महत्वपूर्ण रहेको देखिन्छ।
नेपाल, इतिहास कालदेखि नै व्यापारप्रति उदासीन रहँदै आएको देखिन्छ। व्यापारमा नेपालीहरूको सीपको विकास हुन सकेन र साथै सोंच पनि संकिर्ण नै रह्यो। भारतमा भने परापूर्व कालदेखि नै व्यापारको विकासमा जोड दिइएको पाइन्छ। प्राचीन कालमा भारतका व्यापारीहरू युरोपबाट आउने व्यापारीहरूलाई आफ्नो सामान बिक्री गर्न एवं उनीहरूबाट सामान किन्न मध्य पूर्व (पर्सिया- हालको इरान) पुग्थे। भारतमा इष्ट इण्डिया कम्पनीको आगमन भएपछि त्यहाँ ब्यापारिक गतिविधितले तिब्रता पायो।
नेपालले धेरै पछि मात्रा तिब्बतसँग व्यापार गर्न थालेको हो। त्यो पनि नेपाली व्यापारीहरू जो व्यापारमा कुसल थिए, उनीहरू तिब्ब पुगी त्यहाँ बसरे व्यापार गर्थे।
अहिले पनि हामी व्यापारको क्षेत्रमा निकै पछाडि छौ। यो कारणले गर्दा नै लाखौको संख्यामा नेपालीहरू अरब पुगेका छन। तर अचम्म! नेपालमा व्यापारको औसर पहिचान गर्न न सकेका नेपालीहरू अरब पुगेर व्यापारको औसर पहिचान गर्छन अनि नेपाल फर्केर उन्नत किसिमबाट तरकारी खेति गरेर, वा अन्य व्यवसाय गरेर, राम्रो आम्दानी प्राप्त गर्छन।
अरब वा विदेश पुगेर आएपछि मात्र व्यापारको औसर पहिचान गर्न सक्ने स्थितिले हामी नेपाली व्यापारको क्षेत्रमा धेरै पछाडि छौ भन्ने तथ्यको पुष्टि हुँदैन?
Liked by: