क्यानडाका प्रधानमन्त्रीको भारत भ्रमणमा शुन्य स्वागत | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

क्यानडाका प्रधानमन्त्रीको भारत भ्रमणमा शुन्य स्वागत




यस अघि ईज्रायलका प्रधानमन्त्री बेन्जमीन नेतनयाहु आँउदा यसबर्ष जनवरी महिनामा मोदीले रेकर्ड नै तोड्ने ऐतिहासिक स्वागत गरेका थिए । अक्सर आफ्ना भावहरु अनि कुराहरु ट्वीटमा अभिव्यक्त गरिरहने मोदीले जस्टीनको आगमनलाई ट्वीटमा सम्म पनि स्वागत गरेनन् । केही भारतीय मिडीयाहरुले मोदीको यस अडानलाई समर्थन पनि गरेका छन् भने केहीले आलोचना गरेका छन् ।



फेब्रुअरी १७ तारिखमा भारत आएका क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडुलाई मोदी सरकारले यथोचित स्वागत नगरि चिसो आतिथ्य दिएको खबरले अहिले विश्वमा निकै चर्चा पाएको छ । अलजजिरा च्यानलको एउटा रिपोर्ट नेपालीमा प्रस्तुत गर्न चाहन्छौ, यस बिषयमा । जस्टीन ट्रुडुले आफ्ना भारत भ्रमणमा राजधानीबाट २०० कि.मी. परको आग्रा, गुजरात लगायतका मोफसलका ठाँउसम्म भ्रमण गरेका छन् । उत्तर अमेरिकाको विशालकाय समाजवाद राष्ट्रका प्रधानमन्त्री यसरी भारत भ्रमणका आएपनि उनको यथोचित आतिथ्य र स्वागत भने नभएको पाइएको छ । कुनैपनि राष्ट्रिय मन्त्री या कर्मचारीहरुले उनीसंग भेटवार्ता गरेको पाइएन । 

आखिर किन हो त भारत क्यानडासंग यति धेरै चिढिएको ? 


आफ्नी पत्नी र ३ बालबच्चा सहित भारत आएको प्रधानमन्त्री जस्टीनलाई एयरपोर्टमा स्वागत गर्न भारत सरकारका जुनीयर मन्त्री पुगेका बताइन्छ ।यस अघि ईज्रायलका प्रधानमन्त्री बेन्जमीन नेतनयाहु आँउदा यसबर्ष जनवरी महिनामा मोदीले रेकर्ड नै तोड्ने ऐतिहासिक स्वागत गरेका थिए । अक्सर आफ्ना भावहरु अनि कुराहरु ट्वीटमा अभिव्यक्त गरिरहने मोदीले जस्टीनको आगमनलाई ट्वीटमा सम्म पनि स्वागत गरेनन् । केही भारतीय मिडीयाहरुले मोदीको यस अडानलाई समर्थन पनि गरेका छन् भने केहीले आलोचना गरेका छन् ।

शिखहरुको अलग्ग प्रान्तको आन्दोलन
क्यानडामा भारतीय मुलका पन्जाबी शिखहरुको बाहुल्यता र बर्चस्व छ । क्यानडाको मन्त्रीमण्डलमा सम्म दुई भारतीय मुलका शिख मन्त्रीहरु छन् । क्यानडाको अहिलेको सरकारलाई भारतमा चलिरहेको खालिस्तानको आन्दोलनलाई समर्थन गरेको आरोप छ । यसै कारणले नै जस्टीनलाई भारतले चिसो स्वागत देखाएको मानिन्छ । गत वर्षको अप्रील महिनामा प्रधानमन्त्री जस्टीन स्वयम क्यानडामा रहेका भारतीय मुलका पन्जाबीहरुको खालिस्तान सर्मथनको आन्दोलनमा देखिएका थिए । स्मरण रहोस् अहिले विश्वभरिमै विश्व शिख संगठनका नाममा विभिन्न सहयोगहरु गैरसरकारी तवरबाट दिइने गरिन्छ । नेपाली भुकम्प पछि पनि साँखु, टुँडिखेल लगायतका ठाँउमा शिख संगठनकै सहयोगमा निशुल्क भोजन अनि कपडा वितरणका कार्य भएको थियो । विश्व मानचित्रमा अहिले शिखहरुको बड्दो उपस्थिती र पकड छ ।
विश्व शिख संगठनका बलप्रीत सिंहले यस पटकको भारतीय सरकारको क्यानडी प्रधानमन्त्रीप्रतिको उदासीनता क्यानडामा नोट गरिएको भनेका छन् । उता एकफेर जस्टीनले प्रेस अभिव्यक्तिमै मोदीको सरकारमा भन्दा आफ्नो सरकारमा शिखहरुको सख्याँ धेरै भएको छेडखानी पनि गरेका थिए ।
क्यानडाको कुल जनसख्याँको १ दशमलव ४ प्रतिशत शिखहरु छन् । क्यानडाको जनसख्याँ ३६ मिलीयन अर्थात ३ करोड ६० लाख छ । क्यानडाको संसदमा १७ जना शिख प्रतिनिधि छन् । क्यानडाका रक्षामन्त्री हरजीत सज्जन पनि खालिस्तान आन्दोलनका सर्मथक मानिन्छन् । पूर्व भारतीय प्रधानमन्त्री ईन्दिरा गान्धीलाई उनका शिख अगंरक्षकले हत्या गरेका थिए । शिखहरुको पवित्र स्थल गोल्डेन टेम्पलमा खालिस्तानको आन्दोलनमा अत्याधिक सेना परिचालन गरेको बिरोधमा उनको हत्या गरिएको थियो । त्यस ताका ३००० बढि शिखहरु मारिएका हुन् । सन् १९८५ मा भएको एयर ईन्डियाको प्लेनमा बम आक्रमणको आरोप पनि क्यानडामा भएका शिख समुदायलाई लगाइएको छ । यस आक्रमणमा ३२९ जना मारिएका थिए । पन्जाबका प्रभावशाली नेता अमरेन्द्र सिंहले भने फेब्रुअरी २१ मा जस्टीनलाई भेट्ने योजना छ । कुरा जे जस्तो होस्, क्यानडा र भारतको सम्बन्ध भने यसपालाको जस्टीनको भ्रमणले अझ चिसो बनाएकै हो । खालिस्तानका समर्थक शिखहरुले यस विषयमा सरकारलाई दोष लगाएका छन्, वाणिज्य अनि अर्थतन्त्रका लागि अत्यन्त उपयोगी जस्टीनको भ्रमण भारतीय सरकाले लज्जास्पद बनाएको उनीहरुको टीप्पणी छ । उता जस्टीनले भने भारत आएपछि अहमदावादको उनको भाषणमा आफूले सिंगो भारतको पक्षमा रहेको बताएका थिए । भर्खरै केही महिना अघि शिख समुदायले अष्ट्रेलिया, क्यानडा अनि अमेरिकामा रहेको गुरुद्वारामा भारतीय सरकारका प्रतिनिधिलाई रोक लगाएको छ ।
अधिकांश शिख समुदायले मोदीको साँघुरो हिन्दुत्व अनि जस्टीनको खुला विश्वबन्धुत्व भनि टीप्पण्ी पनि गरेका छन् ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.