मस्जिदहरुमा झण्डा राख्न किन लगाउँदैछ चीन ? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

मस्जिदहरुमा झण्डा राख्न किन लगाउँदैछ चीन ?




चीनमा झण्डै दुई करोड मुसलमानहरु बसोबास गर्दछन् र ३५ हजारको हाराहारीमा मस्जिदहरु छन् ।



चीनको मुसलमान धर्महरुको संगठन चाइना इस्लामिक एसोसिएसन (सीआइसी) ले चीनमा रहेका सबै मस्जिदहरुमा चीनको झण्डा फहराउनुपर्ने र समाजवादको सिद्धान्तसँगै चीनको संविधानको अध्ययन गर्नुपर्ने निर्णय गरेको छ । चीनियाँ सरकारको नैतिक तथा भौतिक समर्थन पाएको सीआइसीको यो निर्णयलाई असाधारण कदमको रुपमा हेरिएको छ । राष्ट्रको अवधारणाका साथै देशप्रेमको भावना जगाउन यी कार्यक्रमहरु विस्तार गर्न लागिएको सीआइसी बताउँछ । 


सरकारी पक्षका विद्वानहरुले सबैलाई समेटिने कदम भन्दै यस कदमको सराहना गरेका छन् । मुसलमानहरुको पवित्र महिना रामजानको समयमा आएकाले पनि यस निर्णयलाई विशेष महत्वका साथ हेरिएको छ । चीनियाँ पदाधिकारीहरु चीनियाँ मुसलमानसँगै बसेर इफतरहरुमा सहभागी भएकाले पनि यसलाई असाधारण कदम मानिएको हो । चीनको पश्चिमी क्षेत्रमा रहेका उइघुर मुसलमान अल्पसंख्यकहरुलाई यसअघि राज्यबाट नै विभेदकारी व्यवहारहरु हुने गर्दथे । 


यसमा जान्नैपर्ने कुरा अर्को के पनि छ भने, चीनको उइघुर समुदायले स्वतन्त्र राज्य माग गर्दै आइरहको छ । उनीहरु आपूmलाई पूर्वीय टुर्किस्तानका भन्न रुचाउँछन् र उनीहरुको धेरैजसो चालचलन र परम्परा पनि टर्कीसँग मिल्दोजुल्दो छ । राज्यले यो समुदायलाई यसअघिसम्म आइएसआइएस र तालिवानसँग मिलेर काम गर्ने आतंककारीको आरोप लगाउने गर्दथ्यो । धेरै उइघुरहरु सिरियामा आइएसआइएसको सेना र अफगानिस्तानमा तालिवानको युद्धहरुमा सामेल भएको पाइएको थियो । सन् २००७ मा केही उइघुर समुदायका आन्दोलनकारीहरु लाहोरको लाल मस्जिद कब्जामा परेका थिए । पर्वेज मुशरफको हस्तक्षेपपछि मात्र उनीहरुको पहिचान गरी चीनलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरणपछि उनीहरुलाई के भयो भन्नेबारे केही अत्तोपत्तो रहेन । उनीहरु चीनियाँ सरकारबाटै मारिए भनेर आंकलन गर्नेहरु पनि छन् । 


यो सब घटनाहरुलाई नियाल्दा चीनले उइघुर मुसलमानहरुमाथिको ज्यादती रोकेको छैन भन्ने देखिन्छ भने उनीहरुलाई सहयोगी हात बढाएको ढोंग अन्तर्राष्ट्रिय समुदायलाई चीनले मुसलमानहरुलाई पनि आदर गर्ने गरेको र कुनै विभेद नगरेको देखाउन मात्र गरेको जस्तो पनि देखिन्छ । सरकारी समर्थन पाएको सीआइसीले सरकारी विचार रट्ने नै भए । मुसलमान समुदायलाई संविधानका साथै कानुनहरु पनि अध्ययन गर्न दबाब दिइएको छ । चीनमा झण्डै दुई करोड मुसलमानहरु बसोबास गर्दछन् र ३५ हजारको हाराहारीमा मस्जिदहरु छन् ।
स्थानीय मुसलमानहरुले देशको झण्डा धार्मिक स्थल अझ विशेष गरी मस्जिदहरुमा राख्नु मुसलमानहरुको सिद्धान्त अन्तर्गत पर्दछन् र भन्दै संघको यस कदमको भत्सर्ना गरेका छन् । रामजान चलिरहेको समयमा संघको यस्तो निर्णयले अभैm हिंसात्मक र आक्रामक प्रतिक्रिया आउने देखिन्छ ।
चीनका केही सुरक्षासम्बन्धी विज्ञहरुका अनुसार संघको सहयोगमा सरकारी तवरबाटै आएको यस निर्णय खासमा पूर्वी तूर्किस्तान मुसलमान आन्दोलनका बढ्दो हिंसात्मक घटनाहरुलाई मध्यनजर गर्दै ल्याइएको बताउँछन् । घटनाक्रम कसरी विकास हुन्छ, यो त आगामी दिनहरुले नै देखाउँछ । भन्ने एक गर्ने एक चीनको दुईमुखी नीति बुझ्न हम्मेहम्मे नै पर्छ । यतातिर, आफ्नै माटोमा अल्पसंख्यकहरुमाथि भयभीत कदम चाल्न चीन पछि पर्दैन । अर्कोतिर, भारतीय र पाकिस्तानी भूमिमा आतंककारी हमलाका दोषी आतंकारी संगठन जेइएमका प्रमुख मसुद अझर र एलइटीका संस्थापक हफिज सइदलाई आतंककारी घोषणा गर्नबाट पछि हट्छ ।
चाखलाग्दो कुरा के छ भने, चीनले संयुक्त राष्ट्रसंघले गरेको यी आतंककारी संगठनहरुमाथि गरेको प्रतिबन्ध लगाउन समेत अस्वीकार गरेको छ । चीनले आफ्नो बानी नसुधारेसम्म अन्तर्राष्ट्रिय जगतबाट उइघुरको आतंककारी धम्कीमा समर्थन र सहानुभूति खोज्नु निरर्थक हुन्छ ।
अल्पसख्यक मुसलमानहरुलाई राज्यको मुलधारमा चीनले ल्याउन सक्नेछ, यहि कामना गरौं ।


हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.