कोलम्बियाको जनमत सङ्ग्रह: धूरीबाट कराएको 'पाप' | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / हाम्रो लेख

कोलम्बियाको जनमत सङ्ग्रह: धूरीबाट कराएको 'पाप'




   Bishwa Raj Adhikari - Oct 20 2016

विभिन्न गाउँ एवं सहरहरूबाट नागरिकहरूलाई अपहरण गर्ने, अपहरण-मुक्त गर्न ठूलो रकम फुरौति माग्ने, बन्दी बनाउने, कठोर यातना दिने, बलपूर्वक चन्दा असुली गर्ने, अपहरण गरिएकाहरूको हत्या समेत पनि गर्ने, मूठभेडको नाममा सामान्य नागरिकहरूको निर्मम किसिमले ज्यान लिने, विसौं वर्षौसम्म निर्दोष नागरिकहरूलाई बन्दी बनाउने, गैर कानूनी व्यापार गर्ने, वाल-शैनिक भर्ना गर्ने, गरिब मजदूर एवं किसानहरूलाई वलपूर्व लडाकू बनाउने, जस्ता अनेकौ जनविरोधी कार्यहरू फार्कका लडाकूहरूले गरेका थिए। फार्कका लडाकूहरूले सार्वजनिक स्थल (क्लव), तेलको पाइप लाइन, पुल, विजुली आपूर्ति व्यवस्था आदिमा बम विष्फोट गराउने जस्ता अमानवीय कार्यहरू गर्न समेत पनि बाँकि रखेको थिएनन्।



सरकार र सशस्त्र बिद्रोही सङ्गठन बीच भएको शान्ति सम्झौता जनताद्वारा अमान्य भएको घटना कमै सुन्ने गरिन्छ। हत्या, हिंसा, आतंकबाट थाकेको जनता जहिले पनि शान्तिको पक्षमा हुन्छ। सरकार र राज्यको बिरूद्धमा हतिहार उठाएर लाखौं नागरिकहरूको हत्या गरेता पनि भोलिका दिनहरूमा शान्ति स्थापित हुने आशमा जनताले बिद्रोही सङ्गठन, त्यसको नेता एवं सदस्यहरूलाई माफि दिने गरेको उदाहरण धेरै छ। यो कारणले गर्दा सरकार र बिद्रोही सङ्गठन बीच भएको शान्ति सम्झौता प्राय: हरेक देशमा जनताद्वारा अनुमोदित हुने गरेको छ।

तर दक्षिण अमेरिकी देश कोल्मबिया भने उल्टो भएको छ। त्यहाँ सरकार र बिद्रोही सङ्गठन बीच भएको शान्ति सम्झौता त्यहाँको जनताले अस्वीकार गरेको छ। सरकारको तर्फवाट कोलम्बियाको राष्ट्रपति हुआं मेनुअल सान्तोस र सशस्त्र बिद्रोही सङ्गठन फार्क (FARC: Fuerzas Armadas Revolucionarias de Colombia) का नेता टिमोलेन जिमनेज बीच लामो शसस्त्र संघर्ष समाप्त पार्न एक शान्ति सम्झौता २६ सेम्टेम्बर २०१६ मा भएको थियो। सो शान्ति सम्झौतामा ती दुई नेताहरूले हस्ताक्षर गरेका थिए। हस्ताक्षरको समयमा विश्वका ठूला ठूला नेताहरू कोलम्बिया पुग्नुका साथै सयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनको पनि सो औसरमा त्यहाँ उपस्थिति थियो। विश्वभरिका नागरिक एवं राजनीति विश्लेषकहरूले दक्षिण अमेरिकामा ५२ वर्षदेखि चलेको अति रक्तपातपूर्ण अनवरत संघर्ष, जसमा कोलम्बियाका समान्य र बिद्रोही गरी २ लाख ६० हजार नागरिकहरूको हत्या भएको थियो, ले सदाको लागि विश्राम लियो भन्ने ठानेका थिए। तर त्यस्तो हुन सकेन।

शान्ति सम्झौतामा उल्लेख भएको प्रावधान अनुरूप उक्त शान्ति सम्झौता कोल्मबियाको सरकारले जनताद्वारा अनुमोदन गराउनु पर्नै थियो। सोही अनुरूप सरकारले उक्त शान्ति सम्झौतालाई जनताद्वारा अनुमोदन गराउनका लागि जनमत सङ्ग्रहको व्यवस्था गर्यो। जनमत सङ्ग्रहमा जनतालाई उक्त शान्ति सम्झौताको पक्ष र विपक्षमा मत हाल्न अनुरोध गरिएको थियो। अक्टोबर २, २०१६ मा भएको सो जनमत सङ्ग्रहमा कोलम्बियाको जनताले उक्त शान्ति सम्झौताको विपक्षमा मत जाहेर गर्यो। ५०. २ प्रतिसत जनताले शान्ति सम्झौताको विपक्ष र ४९ .८ ले पक्षमा मत जाहेर गर्यो। यसरी सरकार र बिद्रोही सङ्गठन बीच भएको शान्ति सम्झौता जनताद्वारा अस्वीकृत भयो।

कस्तो सङ्गठन हो फार्क?
सामन्त एवं पुँजीवादको अन्त्य गरी देशको अर्थ व्यवस्थमा किसानहरूको भूमिकलाई महत्वपूर्ण तुल्याउने उद्देश्यका साथ सन् १९६४ मा स्थापित फार्क सङ्गठनले मार्क्सवादी एवं लेनिनवादी विचारधारामा विश्वास गर्दछ। सशस्त्र संघर्षद्वारा मात्र परिवर्तन आउँछ भन्ने कुरामा विश्वास गर्दछ। धेरै कृषियोग्य भूमिमा केही सीमित व्यक्तिहरूको मात्र स्वामित्व रहेकोमा सो असमानता समाप्त गरेर वास्तविक कृषकहरूलाई भूमिको मालिक तुल्याउने र मुलुकमा कम्युनिष्ट व्यवस्था लागू गर्ने यस सङ्गठनको उद्देश्य रहेको थियो। गुरिल्ला युद्धद्वारा कोलम्बियाका धेरै स्थानहरूमा नियन्त्रण कायम गर्न सफल यो हतियारधारी सङगठनले लाखौ नागरिकहरूलाई लडाकूको रूपमा भर्ना गरेको थियो पनि। तर अहिले आएर भने यो सङ्गठ्नको विश्वास ‘साम्यवाद’ बाट टुटेको जस्तो देखिएको छ।

जनताको मन र मत हतियार होइन, शान्ति र मतपत्रबाट जित्न सकिन्छ भन्ने यथार्थ ‘खूनी संघर्ष’ मा विश्वास गर्न यो सङ्गठनले ‘ठूलो राष्ट्रिय क्षति’ गरेपछि मात्र बुझे जस्तो छ, नेपालमा माओवादीहरूले बुझे झै। बजार अर्थतन्त्रको जमानामा ‘साम्यवाद’ को भविष्य समाप्त भएको स्वीकार गरेको छ। यो यथार्थ बुझेको र ५२ वर्षसम्म अनवरत सशस्त्र संघर्ष गरेता पनि साम्यवाद स्थापना हुन नसकेको हुनाले नै ‘हार खाएर’ यो सङ्गठनले सशस्त्र संघर्ष परित्याग गरी मूल धारको संसदीय प्रजातान्त्रिक राजनीतिमा आउने निर्णय गरेको हो। फार्कका नेता टिमोलेन जिमनेजले आफ्नो बिद्रोही सङ्गठनले धेरै जन विरोधी काम गरेको भनी स्वीकार गरेका छन् र साथै सो गलतिका लागि कोलम्बियाको जनतासँग माफी पनि मागेका छन्। तर माओवादीका नेता पुष्पकमल दहाल उर्फ प्रचण्डले आफू र आफ्नो दलले गरेको जघन्य अपराधका लागि कहिले पनि जनतासँग माफि मागेनन।

जनताले शान्ति सम्झौता किन मन पराएन?
गंभीर अपराध गरेका बिद्रोहीहरूमाथि मुद्दा चलाउने र त्यसका लागि विशेष अदालतको व्यवस्था गर्ने प्रावधान उक्त शान्ति सम्झौतमा भएता पनि जनताले मानवता विरोधी एवं जघन्य अपराध गर्ने बिद्रोहीहरूले केवल सानो सजाए पाएर ठूलो सजाएँबाट उन्मुक्ति पाउने भनी शंका व्यक्त गर्यो। यसैगरी सरकारले फार्क बिद्रोहीहरूलाई एक निश्चित रकम मासिक भत्ताको रूपमा दिने र व्यापार व्यवसाय सञ्चालन इच्छुकलाई आर्थिक सहयोग गर्ने सरकारी योजनालाई जनताले अपाराधीहरूलाई पैसा दिएर पुरस्कृत गर्ने र बिद्रोही-पीडितहरू लाई उल्टो आर्थिक संकटको अवस्थामा नै छाडिदिने भनी आलोचना गर्यो। सन् २०१८ र २०२२ मा हुने चुनावमा ‘कोलम्बियन कांग्रेस’ मा बिद्रोहीहरूलाई १० सिट दिने व्यवस्थालाई जनताले अपराधीहरूलाई पुरस्कृत गरेको प्रावधानको रूपमा बुझ्यो। यस्ता प्रावधानहरूले गर्दा बिद्रोहीहरू अपराध कर्मका लागि सजाएँको भागिदार हुने पर्नेमा उल्टो सम्मानित भएको जनताले विश्वास गर्यो। जेल भित्र हुनु पर्ने अपराध कर्मी फार्क लडाकूहरूले ससम्मान उन्मुक्ति पाउने स्थिति कोल्मबियाको जनतालाई मन परेन। धेरै कोलम्बियालीहरू शान्ति सम्झौताको पिपक्षमा उभिए।

फार्कका विगतका कार्यहरू कस्ता थिए?
शान्ति सम्झौतामा विद्रोही सङ्गठन- फार्क, यस सङ्गठनका नेता तथा लडाकूहरूलाई सरकारले दिएको छुट भन्दा पनि यो सङ्गठनले विगतमा गरेका जन-विरोधी कार्यहरुलाई जनताले राम्रो मानेन, क्षमा दिन चाहेन। विगतमा फार्कका धेरै लडाकूहरूले अनेक गम्भीर अपराधिक कार्यहरू गरेको थिए। मानवता विरोधी कार्यहरू गरेका थिए, नेपालमा माओवादीहरूले गरेझै। गरिब जनताको जीवनमा खुसहाली ल्याने उद्देश्य राखेको फार्कले जनताको जीवनलाई उल्टो त्राशपूर्ण र कष्टकर बनाउने कार्यहरू मात्र गरेको थियो। विभिन्न गाउँ एवं सहरहरूबाट नागरिकहरूलाई अपहरण गर्ने, अपहरण-मुक्त गर्न ठूलो रकम फुरौति माग्ने, बन्दी बनाउने, कठोर यातना दिने, बलपूर्वक चन्दा असुली गर्ने, अपहरण गरिएकाहरूको हत्या समेत पनि गर्ने, मूठभेडको नाममा सामान्य नागरिकहरूको निर्मम किसिमले ज्यान लिने, विसौं वर्षौसम्म निर्दोष नागरिकहरूलाई बन्दी बनाउने, गैर कानूनी व्यापार गर्ने, वाल-शैनिक भर्ना गर्ने, गरिब मजदूर एवं किसानहरूलाई वलपूर्व लडाकू बनाउने, जस्ता अनेकौ जनविरोधी कार्यहरू फार्कका लडाकूहरूले गरेका थिए। फार्कका लडाकूहरूले सार्वजनिक स्थल (क्लव), तेलको पाइप लाइन, पुल, विजुली आपूर्ति व्यवस्था आदिमा बम विष्फोट गराउने जस्ता अमानवीय कार्यहरू गर्न समेत पनि बाँकि रखेको थिएनन्। यति मात्र होइन, फार्कको केन्द्रिय नेतृत्वको संरक्षणमा यसका लडाकू एवं अन्य कृषकहरूले ‘कोकिन’ को उत्पादन एवं प्रसोधन गरेर, त्यसको बिक्रीबाट, राम्रो आम्दानी हात पार्न सफल भएका थिए। चन्दा, अपहरण फिरौति र कोकिनको व्यापारबाट फार्कले राम्रो परिमाणमा रकम जम्मा गरेको थियो। र सो रकम हतियार खरिदमा खर्च गर्थ्यो। विश्वका विभिन्न बिद्रोही लडाकू संगठनहरू मध्ये फार्कलाई अति धनी संगठन मान्ने गरिन्छ।

फार्कका नेता, लडाकू एवं कार्यकर्ताहरूले गरेका जघन्य अपराधहरूलाई जनताले भुल्न सकिरहेको छैन्। उनीहरूले गरेको अपराध कर्मको लागि सजाएँ पाएको जनताले देख्न चाहेको छ। यसैगरी राजनीतिको आवरणभित्र रहेर फार्कका नेताहरूले ‘कोकिन-व्यापार’ बाट धेरै पैसा कमाएका थिए। जनतालाई त्यो पनि मन परेको छैन। समग्रमा, कोलम्बियाको जनताले हतियारधारी बिद्रोही सङ्गठन फार्क र यसका नेता एवं लडाकूहरूलाई सजिले माफि वा उन्मुक्ति दिन चाहेको छैन र त्यो कारणले गर्दा नै जनताले सरकारद्वारा गरिएको शान्ति सम्झौता अस्वीकार गरेको छ। 

उता नोवेल पुरस्कार प्रदान गर्ने संस्थाले कोलम्बियाकमा चलेको लामो गृह युद्ध समाप्त पार्न उल्लेखनीय भूमिका खेलेको भन्दै यस वर्ष (सन् २०१६) को शान्तिका लगि नोवल पुरस्कार कोलम्बियाको राष्ट्रपति हुआं मेनुअल सान्तोसलाई दिने घोषणा गरेको छ।

नेपालमा माओवादी सशस्त्र-संघर्ष काल (२०६२-२०६२) मा यस सङ्गठनका धेरै नेता तथा कार्यकर्ताहरूले गम्भीर अपराध गरेका थिए। मानवता विरोधी कार्यहरू गरेका थिए। जन-कार्यवाहीको नाममा नागरिकहरूको निर्मम किसिमले हत्या गरेका थिए। तर त्यस्ता कार्यका लागि उनीहरूले सजाएँ त पाएनन् नै, उल्टो उच्च ओहदामा पुगेर शक्ति र साधनको आनन्द लिए।

नेपालमा माओवादी मात्र होइन, अन्य राजनैतिक सङ्गठनका नेता तथा कार्यकर्ताहरूले पनि गम्भीर अपराध गरेर एवं मानवताविरूद् कार्यमा संलग्न भएर पनि, सजाएँबाट उन्मुक्ति पाएका छन्। ‘राजनीति’ को पुच्छर समातेर ‘वैतरणी’ पार गरेका छन्। राजनितिको नाममा गम्भीर अपराध एवं मानवता विरूद्ध कार्य गर्ने राजनीति-कर्मीहरूले के बुझ्न जरूरी छ भने एक न एक दिन ‘पाप धूरीबाट कराउने छ’, अहिले कोलम्बिमा कराए झै।

-----
तपार्इहरू पनि यदि अाफ्ना नियमित लेख रचना पठाउन चाहनुहुन्छ र अाफ्ना विचार हाम्रा अादरणीय प्रयोगकर्ता, पाठक/श्रोतासम्म पुर्याउन चाहनुहुन्छ भने हामीलार्इ [email protected] मा अाजै इमेल पठाउनुहोस् । 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.