दशैं आयो , खाँउला पिँउला, कहाँबाट ल्याउला ? चोरी गरी ल्याउला, धत्त पापी म त छुट्टै बसौला भन्दा हाम्रो अरु औला भन्दा थोरै परतिर रहेको बुढी औलो अझ परतिर सार्दे दशैंको बेला सानाेछँदा रमाइलो गरिन्थ्यो, एउटा प्रि-दशैं इन्डोर गेम जस्तो । मलाई पर भएको बुढीऔलाको माया लाग्थ्यो, साँच्चै परतिर छुटिएर बसेको बुढीऔँला मानौँ एउटा छुटै ब्यक्ति हो जस्लाई अरु औलाहरुले हेला गरेर परतिर राखेका हुन् , तानेर नजिक ल्याउन खोज्ने प्रयास गर्दा पनि बुढी औलो परै बस्यो, बसिरह्यो।
यो दृष्टान्त फेरि दोहोरिदैछ , बुढीऔलाहरु जस्तै एउटा नेपालीजनको टुक्रा यस दशैंबाट विमुख हुँदैछ, तितो यर्थाथसँगै । भुगर्वविदहरुले सिस्मिक प्लेटहरुको चहलपहलले भुइचालो आयो भन्नेगर्दछन तर उनिहरुलाई शायद भुइचालो आउनु कुनै दैव लागेको हो, पिडा दिएर गयो त्यो पनि यति असह्य कि अब हरेक दशैं, तिहार, तिज अनि नयाँवर्षले त्यो पिडाको घाउलाई कोट्याइनै रहन्छ, एउटा समग्र पुस्ता त्यही पिडा सुमसुम्याउदै बाँच्नेछ अनि त्यो सुम्सुम्याईले अर्को भुइचालो ल्याउनेछ, हृदयभित्रको कम्पन । त्यस्मा वितेका आफन्तको यादले ल्याउने कम्पन, घरवार विहिन हुनुको कम्पन, दुइवर्षदेखि छत विहिन वस्नुको कम्पन, हिँउदको सिरेटो त्रिपालभित्र छिर्दाको कम्पन अनि पानीको बाछिटाले रुझँउदाको कम्पन् ।
ती लडेका घरहरुमा अब यादहरुको इतिहास छ अनि बाचेका मनहरुभित्र हरेक दिन आशाहरुको मलामी । सरकार मौन छ र शायद बाेलेकै छ भनेँ पनि यति सुष्म र जटिल भाषामा बाेलिदिएको छ कि त्यो बाेली बाटोमै हराएको छ ।
गएको वर्ष, छिमेकी, आफन्त, मित्रहरुको शोक थियो र त्यस्मा अरु शोक र भोक वढ्दैगए कहिले नाकाबन्धी त कहिले पराकम्पन, बाढी, हिमपात अनि बतासको स्वरुपमा ।
ह्याप्पी दशैंको ध्वनी हामीमाझ गुन्जिदै गर्दा ति गाँउहरुमा, ति ठाँउहरुमा चिहाएर हेर्नसक्ने आँट र तिन्का मुद्धाहरु अनि सन्नाटामयी दशैंहरुको हिसाब कस्ले राख्दैछ ? त्यहाँका नेपालीहरुको आङ्गमा नयाँ लुगा त परै जाओस, मासु त परै जाओस केवल खानमिल्ने गाँस, लाउन मिल्ने लुगा अनि बस्न मिल्ने छतसम्म पनि छन् या छैनन् ? ति चुल्हाहरु शायद चिसै छन कि ? सोच्ने फूर्सत कस्लाई छ ?
यो लेख तिनी नेपालीकालागी समर्पित जसलाइ केही प्याकेट चाउचाउ, केही ट्रक राहत अनि केही थान त्रिपालदिएर हामीले तिनै भिरपाखामा छाडेर विर्सियौँ । के दशैं आयो त त्यहाँ ? के अक्षता मुछ्नलाई सम्म चामलको जोहो छ त त्यहाँ ?
नेपालको इतिहासमै सभंवत सबैभन्दा धेरै नेपालीहरुको एकैदिनमा पर्नजाने मृत्यू तिथि वैशाख १२ मै हो, हामीले हजारौ नेपालीहरु गुमायौ तर दुई वर्ष भैसक्यो त, के यस्पाला त्यहाँ दशै आयो ? तिहार आँउछ ?
पक्कै आँउदैन र आएको पनि छैन । ति नेपालीहरु अघिका वुढीऔला जस्तै भए, हामीले परै पार्यौँ, हाम्रो संयन्त्र र सरकारले परै पार्यो । दशैं पछि हिँउद आँउछ अनि फेरि हामी पत्रिकामा पढ्नेछौ, बर्खाले चुहिएका छानाहरुको कथा अब चिस्यानले प्रहार गर्दैछ भन्ने । ल मौसम र प्रकृती त निर्दयी छन रे अनि हामी ?
१४ वटा जिल्लाका लाखौ पिडितहरुको कथा हो यो, र ति जिल्लामा पुग्न नसकेको दशैंको ब्यथा हो यो । बरु भयो मलाई फास्टट्रयाक चाहिदैन, मलाई नयाँ एयरपोर्ट चाहिदैन, सुपथ मुल्यका सरकारी पसलहरु चाँहिदैन र मलाई परक्यापिटा इन्कम राम्रो अकंको प्रतिब्यक्ति आय पनि चाँहिदैन । मलाई उत्तर अनि समस्याको हल चाहिन्छ, मेरो प्रश्न र जिज्ञासा त्यही हो, नेपालको ति ठाँउमा कहिले दशैं आँउछ ?
देश विकास हुँदैछ , अब यो बन्छ त्यो बन्छ, पूल बन्यो , बाटो बन्यो, गाडी पुग्यो, इन्टरनेट पुग्यो आदिजस्ता समाचारहरुमा दम नै लाग्दैन । दुख्ख त त्यतीवेला लाग्छ जब चार ट्वाबलेट औषधी पुग्न नसकेको ठाँउमा थरिथरिका देशी विदेशी मदिराहरु छ्यापछ्यापति पाँउछ, स्कूलका पाठ्यक्रमका पुस्तक नआँउदै त्रैमासीक परीक्षाको समय हुन्छ तर हातहातमा बाइवल पुगिसकेको हुन्छ अनि गाउलेहरुले आफ्नो मृगौला बेचेर घरका छानाहरुलाई जस्तापाताको छानामा अपग्रेड गर्दछन । मलाई बाइवल पुग्नु या मदिरा पुग्नुमा गुनासो छैन तर मेरो प्रश्न किताव किन पुग्नु र औषधी किन हराउनुसँग छ ।
यो विकास हो ? यदि हो भने विनाश कस्तो हुन्छ ? नागरीकलाई प्रोटेक्ट, प्रिजर्भ र प्रोमोट गर्ने अर्थात नागरीकको हक, अधिकार, सुरक्षा र संरक्षण अनि उनिहरुको चौतर्फी प्रवर्धन गर्ने कर्तब्य नै सरकारको आफ्नो नागरीकप्रतीको आधारभूत कर्तब्यका रुपमा आँउछ, खै कहाँ छ सरकार ?
यसपाली धेरै ठाँउमा दशैं आएन ।
Liked by: